तीर्थराज भट्टराई
नेपाली राजनीतिका सिद्धहस्त व्यक्तित्व हुनुहुन्थ्यो सुशील कोइराला । लामो संघर्ष पूर्ण राजनीतिक यात्रा, उत्तार चढाव, जेल नेल, दुःख सुखका पर्यायी हुनुहुन्थ्यो उहाँ । धनी–गरीब, उच–निच, महिला–पुरुष, हाकिम–वडाहाकीम, कार्यालय सहयोगी– डाक्टर सवैसँग समान व्यवहार गर्नुहुन्थ्यो कहिल्यै बिभेद भएन उहाँवाट ।
काठमाण्डौको बुद्धनगरमा भान्जा रमेश शर्माको घरमा लामो समय बस्नुभयो । घरको तल्लो तलामा भेटघाट र दोश्रो तलामा शयन कक्ष । डेलिगेशन र औपचारिक भेट भएमा मात्र तल झर्नुहन्थ्यो । प्रायः पार्टीका अधिकांश नेता कार्यकर्ता शयन कक्षमा नै पुग्ने गर्थे । लामो कोठा थियो । एउटा कुनामा ओछ्यान लगाएर बस्नुहुन्थ्यो । सुत्ने–बस्ने एकै ठाउँ । आगन्तुकको लागि भूईमा चकटी राखिएको थियो । सबैलाई समान, एउटै व्यवहार हुन्थ्यो त्यहाँ । सोफ–कुर्सीको व्यवस्था थिएन । वास्तव भै व्यवहार मै समाजवादी । असमान भाव जागृत नै भएन । सबै प्रति समान व्यवहार समान दृष्टि । वी.पी. कोइरालाको समाजवादलाई व्यवहारमा लागु गर्ने एकमात्र नेता सुशील कोइराला हुनुहन्थ्यो ।
सुशील ‘दा’ बोलीमा भन्दा काममा विश्वास गर्नुहुन्थ्यो । केहि आलोचकले कोठे राजनीति गर्छ, बोल्न पनि जान्दैन भन्थे तर व्यवहार त्यस्ते लाग्दैनथ्यो । आफु कम बोल्ने अरुका कुरा धेरै सुन्नुहन्थ्यो । मुस्कुराई रहने उज्यालो अनुहार । मैले सानै उमेरदेखि भारतको गोरखपुरमा पढेें । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री दुण्डिराज शास्त्री पनि गोरखपुर बस्नुहुन्थ्यो २०४५÷०४६ सम्म । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उप–कुलपती पूर्णचन्द्र उपाध्याय र पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता खुमबहादुर खड्काका मित भाइ नारायण योगीसंगको उठ् वसले म नेविसंघमा आवद्ध भएछु थाहा नै नपाई ।
२०४६ सालको जन आन्दोलनलाई सफल पार्न नेविसंघका प्रतिनिधि नारायण नेपाल र श्रीराम नेपाल गोरखपुर आई नेविसंघ गठन गर्दा शाखा सचिब भएपछि पो थाहा पाउँ मैले नेविसंघ भएको । २०५१ सालमा भारतको हरिद्वारमा नेविसंघ विदेश क्षेत्र केन्द्रीय समितिको सम्मेलन सम्पन्न भयो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई आउने कार्यक्रम तय भएको थियो तर उहाँको स्वास्थ्यमा खरावी आएपछि तत्कालिन नेविसंघ केन्द्रीय अध्यक्ष एन. पी. सावद लगायत १ दर्जन विद्यार्थी नेताको उपस्थितिमा सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनवाट भारत स्तरीय समितिको अध्यक्षमा कमान सिं खड्का र उपाध्यक्षमा म निर्वाचित भएँ । संगठन निर्माण र नेपालमा पार्टीसंग समन्वय गर्ने जिम्मा हरिद्वारको बैठकले मलाई दियो । म पहिलो पटक २०४८ साल र २०५३ सालमा संगठनको कामले दोश्रो पटक काठमाण्डौ आएको थिएँ ।
तत्कालिन समयमा गिरिजाप्रसाद कोइराला पार्टीको सभापति हुनुहन्थ्यो । उहाँको निवास महाराजगंजमा भेट गर्न गएँ । सुरक्षाकर्मीले भेटगर्न नमिल्ने जवाफ दिए । मेरो यहाँ आउनको उद्देश्य बताउँदै पटक–पटक आग्रह गरेपछि महिला नेतृ नोना कोइरालालाई भेट गराई दिए । उहाँसँग आधा घण्टा प्रवासको राजनीतिको वारेमा छलफल गरें । उहाँले मलाई गिरिजाबाबुको सयन कक्षमा पु¥याउनु भयो दिउसोको अन्दाजी ३ बजे । ८ जना नेताहरु सुशील कोइराला, डा. रामवरण यादव, बलदेव शर्मा मजगैया, लक्ष्मण घिमिरे, वियनध्वज चन्द, गोपाल पहाडी, दिलवहादुर घर्ती, सुनिल भण्डारी, रेवती भुषाल हुनुहुँदो रहेछ । खोटाङ जिल्लाका आर.पी. आचार्य संग पनि पहिलो पटक त्यहीँ चिनजान भयो । संयोग भनौ या मेरो सौभाग्य पार्टीका शिर्षस्थ नेताहरुको कुरा करिव २ घण्टा संगै बसेर सुन्ने र बुझ्ने अवसर पाएँ ।
त्यहि बीचमा पार्टी नेतृ शैलजा आचार्य, खुमबहादुर खड्का र पुष्करनाथ ओझा पनि आई पुग्नु भयो । पार्टी भित्रका आन्तरिक वाद विवादका कुरा चरिहेको थियो । शैलजा दिदि आएपछि सन्नाटा छायो । गिरिजाबाबु बस्नु भएको खाटमा संगै बस्नु भयो । अरु सबै भूइमा ।
शैलजा दिदिले पार्टी भित्रका केहि विषयहरु राख्नु भयो । गिरिजाबाबुले टाउको हल्लाउदै एकोहोरो उहाका कुरा सुनिरहनु भयो । दिदि घरी घरी इतिहासमा आफुले पार्टीमा खेलेको भूमिका स्मरण गराउँदै भावविह्वल बनाउनु हुन्थ्यो । सबै नतमस्तक । गिरिजाबावुले शैलु तिमी नरिसाउ । काम गर्दै जाँदा त्रुटी भई गयो । सच्याउँदै जानु पर्छ । रिसाएर समस्या समाधान हुँदैन । तिमी अहिले जाउ म सबै मिलाउँछु । गिरिजाबाबु भर्खरै पार्टीको सभापति निर्वाचित भए पछि केन्द्रीय समिति गठन गरेको विषय रहेछ । शैलजा दिदि विदा भएर निक्लिनु भयो । उहाँसँगै खुमबहादुर खड्का र पुष्कर ओझा पनि ।
पार्टी भित्रको असमझदारी र विविध विषय सुन्दा म छक्क परे । जीवनमा पहिलो पटक त्यो तहका नेतासँग सँगै बसेर त्यति धेरै कुरा सुन्ने अवसर पाएको थिएँ । कता कता अप्ठ्यारो महशुस भई रहेको थियो भने संगैमा निराशा पनि । आर.पी. दाई र म यो सबै विषय सुनि रहेका थियौ । वस्दा बस्दा गोडा निदाए छ । आ.पी. दाई र म बाहिर निक्लिएर आधार धण्टा पछि पुनः सोहि स्थानमा छि¥यौ ।
हामी पुग्दा सुशील ‘दा’ झोक्कीरहेको हुनुहुन्थ्यो । जहिले मलाई दोष लगाउने । सबै काम तपाई कै आदेशमा हुने । मलाई विवादित बनाउने । अव आइन्दा यस्ता कुनै काम म गर्दिन । को संग गराउने गराउनुस् । तपाईको खुशी भन्दै सुशील ‘दा’ कोठावाट बाहिरिनु भयो । म अलमलमा परे । पार्टी भित्रको बस्तुस्थिती नबुझेको सानो कार्यकर्ता । नेताहरु बीच भएको मनमुटानको छेउ टुप्पो बुझिन मैले ।
सुशील ‘दा’ बाहिरिएपछि गिरिजाबाबुले तिमीहरु जाउ म एक छिन आराम गर्छु भन्नुभयो । अन्य नेता र हामी पनि निक्लियाँै । सुशील ‘दा’ तल गफगरेर बसी रहनु भएको रहेछ । मलाई देख्ने साथ हिन्दुस्थानमा नेविसंघ र नेपाली जन सम्पर्क समितिको सांगठानिक अवस्थाको बारेमा जिज्ञासा राख्नुभयो । मैले बुझेको सबै विषय सुनाएँ ।
बनारसबाट वरिष्ठ अधिवक्ता सागर सिंह, कांग्रेस आई वाट बनारस जिल्लाका वर्तमान सांसद सुरेन्द्र पताप सिंह र वामपन्थी नेता मल्लिकले लेख्नु भएको पत्र सुशील ‘दा’ लाई दिएँ । तीनै जनाले सुशील ‘दा’ र शैलजा दिदिलाई पत्र पठाउनु भएको थियो म मार्फत । पत्र खोलेर पढ्नु भयो । करिव ३ पटक पत्र ओहोर दोहोर गरे मैले उहाँहरु बिच । २ पटक म र बासुदेव कोइराला ( कान्तिपुर टेलिभिजनमा धार्मिक कार्यक्रम सञ्चालक बास्तुशास्त्री हाल डा. वासदेव शरण शास्त्रीको नामवाट सु.परिचित) ले संगै पत्र बुझेका थियौ ।
सुशील ‘दा’ ले कहिले जाने मसंग सोद्धनु भयो । ३–४ दिन सम्म नेविसंघ र पार्टीको काम पुरा गरेर फर्किन्छु भने । तपाई काठमाण्डौमा नयाँ मान्छे आर.पी. जीेलाई लिएर आउनु भन्दै इङ्गित गर्नुभयो ।
वलदेव शर्मा मजगैया नेविसंघ भारतको संस्थापक अध्यक्ष । मेरो पहिलो पटक भेट भएको थियो उहाँहरु सवैसंग । नजिकवाट चिनजान गर्ने अवसर पाएको थिएँ मैले ।
बलदेव दाईले नेविसंघ भारतमा गठन गर्दाको परिस्थिति र इतिहास वताउनु भयो । प्रवासमा हुने हरेक गतिविधि र कार्यक्रममा आफ्नु तर्फवाट सबै प्रकारको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो म संग कुरा गर्दा ।
२ दिन पछाडी म र आर.पी. दाई बुद्धनगर स्थित निवासमा गयांै । करिव ३ घण्टासंगै बसेर कुरा गर्ने अवसर मिल्यो । वनारसको विषय उठेपछि सुशील ‘दा’ पुलकित हुनुभयो । विगतलाई खोतल्न थाल्नु भो । २०४६ साल अगाडी नेपाली राजनीतिको मूल केन्द्र बनारस थियो । २००३ सालमा पिताजी कृष्ण प्रसाद कोइराला देश निकाला भएर बनारस पुग्नु भएदेखि २०४६ सालसम्म बनारसमा नेपाली राजनीतिलाई केन्द्रमा राखेर रणनीति बन्थे । अर्काे तर्फ “न्याय नपाए गोरखा जानु विद्या नपाए काशी जानु” भनिए झैं शिक्षा दिक्षाको समेत केन्द्र बिन्दु थियो बनारस ।
२०१७ सालमा वी.पी. कोइरालालाई जेल चलान गरेपछि वी.पी. का छोरा÷छोरी सानै थिए । पढाई लेखाई गर्नु पर्ने । वी.पी. पत्नी सुशीला कोइराला छटपटाई रहनु भएको रहेछ । नावालक केटाकेटीमा नकारात्मक असर पर्छ, कता पढाउने, के गर्ने चिन्तित अवस्थामा । सुशील ‘दा’ ले ढाढस दिँदै बनारस गएर पढाउने, बस्ने आर्थिक व्यवस्थापन म गर्छु भन्नु भएछ । सल्लाह अनुसार वनारसमा गएर बस्नथाल्नु भो । आय श्रोत केहि छैन । सुशील ‘दा’ वनारसवाट ३०किलो मिटर दाढा मुगलसराय भन्ने ठाउँमा उद्योगमा काम गर्न साइकलमा जानुहुन्थ्यो रे । मासिक तलब त्यो समयमा जम्मा १५ रुपैया ।
उक्त रकमले बनारसमा घर भाडा, पढाई लेखाई, खान पान तथा अन्य सम्पूर्ण बन्दोबस्त गर्नु पर्ने । वनारसमा बसी रहेका कांग्रेसका अन्य नेता कार्यकर्तालाई समेत खाना खुवाउनु पर्ने । सरदर २५ रुपैयाले महिना दिन टथ्र्याे रे । प्रति महिना १० रुपैया ऋणको व्ययभार हुन्थ्यो । डा. शर्शाक सानोमा असाध्यै चन्चले र तिक्ष्ण बुद्धिको । जति दियो त्यति खाने । झगडा कहिल्यै नगर्ने । सुशील ‘दा’ बजार जाँदा जहिल्यै शशांक बजार जान खोज्ने । वजारमा गएपछि पेडा खान हुरुक्कै हुने । पिडा किन्यो भने मासिक खर्च टार्न गा¥हो पर्ने भएकोले साइकलको अगाडी बस्ने बजारमा केहि नकिन्ने शर्तमा लैजानु हुन्थ्यो रे । हिन्दीमा “वनारसका पेडा जो खाया वो भी पस्ताया जो नहिं खाया वो भी पस्ताया” भने झै शशांकलाई एउटा पेडा किनी दिनु पर्ने । पेडा खाएको दिन सधैं पेट लाग्ने । त्यसैले कहिले काहिं मात्रै लैजानु हुन्थ्यो रे । त्यतिवेलाका अनगिन्ती कथा, कहानी, दुःख सुखका विषय हामीलाई सुनाउनु भयो । त्यो समय सुशील ‘दा’ सँग आर पी दाई, रमेश दाइ र म ३ घण्टा बस्यौं । उहाँले भन्नु भएका केहि महत्वपूर्ण अंशलाई कागज र मन मस्तिस्कमा उतारें र वेलुकी दैनिकीमा धेरै विषय टिपोट गरेको थिएँ ।
मैले २०५३ साल देखि कोइराला परिवासंग निकट हुने अवसर पाएँ । डा. शशांक, डा. शेखर, सुजाता कोइराला, सिद्धार्थ उहाँहरु सबैसंग राम्रै चिनजान छ । यसको सूत्रधार सुशील ‘दा’ नै हुनुहुन्थ्यो । गिरिजाबाबुवाट त मैले धेरै ठुलो माया र सद्भाव पाएको थिए जेठो छोरा अध्यायन भट्टराई अस्वस्थ हुँदा २०६४ सालमा ।
जबदेखि सुशील ‘दा’ संग संवन्ध स्थापित भयो निरन्तर सम्पर्कमा रहें । धेरै माया गर्नु हुन्थ्यो । उहाँलाई भेट्दा अविभावक भेटेको महशुस गर्थें । धेरै पार्टीका साथी भाइले तँ नामर्द रहिछस् सुशील कोइराला यत्रो पावरमा हुँदा पनि केहि फाइदा लिन सकिनस् भन्नुहुन्थ्यो तर मेरो मन कहिल्यै त्यता तिर वहकिएन । ठीक भयो वा वेठिक आफ्नै ठाउँमा छ – म पूर्ण सन्तुष्ट छु । मन नवहकाएकोमा पछुतो छैन सन्तुष्टी छ ।
त्यसैले सुशील कोइराला प्रतिको मेरो श्रद्धा आस्था रहि रहेको छ । रमेश दाई र भान्जे बुहारी प्रभा भाउजुलाई थहा छ मलाई कति माया र सद्भाव राख्नु हुन्थ्यो भन्ने । हुनत म जस्ता हजारौं कार्यकर्तालाई त्यस्तै अनूभूति गराउन सफल हुनुभएको थियो । सुशील कोइराला नेपाली कांग्रेसको मात्र होइन देशको नेता हुन सफल हुनुभयो । २०६४ साल पछाडी बनेका ४ वटा प्रधानमन्त्री असफल भएको काम सुशील कोइरालाले आफु प्रधानमन्त्री भएको डेढ बर्षमा संविधान घोषणा गर्नुभयो । इतिहासमै कसैले नसकेको काम सम्पन्न गर्न सफल हुनुभयो जनताद्वारा निर्वाचित संविधान सभावाट संविधान घोषण गर्न । ९० प्रतिशत जनताको समर्थनमा संविधान घोषणा गर्ने संविधान का पिता सुशील कोइरालालाई नेपाली जनताले सधै स्मरण गरी रहने छन् ।
लेखक नेपाली काँग्रेसका क्षत्र नम्बर २ का क्षत्रिय सभापति हुन ।