ताजा समाचार
प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब सम्पन्न || खोटाङ कांग्रेसले पौष २५ गते हरमटार र खोटाङवजारमा संसद || सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह || संसद विघटन विरुद्ध दिक्तेलवजारमा नेकपा (प्रचण्ड- माधव समूह) को वृहत || संसद विघटनका विरुद्धमा खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || ओली पक्षीय नेकपाले पनि गर्यो मोटरसाइकल र्याली || प्रतिनिधि सभा विघटनको असर अब प्रदेश सरकारहरुमा / प्रदेश || संसद विघटनविरुद्ध १३ गते देशभर कांग्रेसले प्रदर्शन गर्ने || झापा, मोरंग र सुनसरीमा २५३ जनाको उद्धार || विप्रेषण सदुपयोग सम्बन्धि ज्ञान दिदै कृषि सामाग्री वितरण || हलेसीतुवाचुङको मंगलटारमा महिला सहकारी सदस्यहरुलाई सहकारी वारेमा अनुशिक्षण दिइयो || खोटाङमा संसद विघटनको विरुद्धमा जसपाको विरोध प्रदर्शन || रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार लगाउने || नेपाली राजनीतिमा निष्ठा र त्यागको सग्लो सगरमाथा सन्त नेता स्व.कृष्णप्रसाद || आफ्नै कोठाभित्र मृत अवस्थामा एक युवती || संसद विघटन असंवैधानिक भन्दै सर्वोच्चमा तीन रिट || वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च खोटाङको जिल्ला समिति गठन || प्रधानमन्त्रि ओलीद्धारा संसद विघटनको सिफारिस || प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए || तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने || साकेलास्थित तावाभन्ज्याङबाट मुन्दुम पदमार्गको निर्माण शुभारम्भ || प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए || मन्त्री त्रिपाठी र भट्ट आन्दोलनरत उखु किसानलाई भेट्न पुगे माइतीघर || रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला || दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको काम अब आफ्नै भवनबाट शुरु || प्रहरीले छापा मार्दा खोटाङमा विप्लवका एक कार्यकर्ता पक्राउ || हलेसी तुवाचङ नगरपालिकाले गर्यो एकैदिन सडक उद्घाटन र पुल शिलन्यास || इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न || मनको आकाशभरि सधैँ सम्झनाको दिप बनेर चम्किरहने नारायण गोपालप्रति श्रद्धासुमन || फोहोर मैला व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राख्यो || अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएको सामाजिक विकास मन्त्री घिमिरेको || प्रदेश १ मा २८७ कोरोना संक्रमित थपिए || कांग्रेसका वरिष्ठ नेता पौडेलद्धारा बुल्दीखोलाको मोटरेवल पुल आज उद्घाटन || कोविड १९का कारण जुम्ला प्रशासन कार्यालय सिल || कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित सबै रिहा/ नेता पौडेललाई || साकेला वडा नं.४ मात्तिममा मंसिर १८ बाट विध्यालय संचालन || त्रिधार्मिक स्थल हलेसी महादेव मन्दिर आजबाट भक्तजनहरुका लागि प्रवेश खुला || खोटाङमा आजै तीन पालिकाहरुमा १५ शैय्या र एक पालिकामा १० || जिल्लास्तरबाट पाइने विशेषज्ञ स्वास्थ्य सेवा अब पालिकाबाट उपलव्ध गराउन सरकारको || ४--प्रधानमन्त्रि तथा नेकपा का अध्यक्ष केपी शर्मा ओलीको ५३ वुँदे ||

‘समृद्धि ल्याउन पूर्वाधारको गति बढाउनुपर्छ’

  • halesikhabar

त्रिभुवन विश्वविद्यालय र थाइल्याण्डको थामासात विश्वविद्यालयबाट अर्थशास्त्रमै स्नातकोत्तर गरेका गुरुप्रसाद न्यौपाने ऊर्जाका ज्ञाता हुन । ३० वर्ष नेपाल राष्ट्रबैंकमा काम गरेका न्यौपानेले राष्ट्रिय वाणिज्य बैंकको महाप्रबन्धक, राष्ट्रिय योजना आयोगका सल्लाहकारसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । उनले आफ्नो करियरलाई ऊर्जा क्षेत्रमा धकेलेको पनि २० वर्ष भइसकेको छ । २०५४ सालमा पाँचजनाले स्थापना गरेको अरुणभ्याली हाइड्रोपावर कम्पनीका तत्कालीन एक संस्थापक सदस्य न्यौपाने क्रियाशील ऊर्जा उत्पादक कम्पनीअन्तर्गत अपी पावर, रिडी हाइड्रो, रैराङ हाइड्रो, सिद्धकाली पावर लिमिटेडसहितका कम्पनी रहेका छन् । अहिले एक लाखभन्दा बढी सेयर होल्डर अरुण भ्यालीमा पुगेका छन् । ऊर्जा क्षेत्रका क्रियाशील न्यौपानेसँग पूर्वाधारका क्षेत्रमा भएको काम र यसको भूमिकामा केन्द्रित रहेर अन्नपूर्ण संवाददाता राजु बास्कोटाले गरेको कुराकानी:

सबै क्षेत्रमा देखिएको कमजोरी सरकारी नै हो नि ?

सरकारको माइन्ड सेट नै भएन । सरकारले कुन आयोजना बनाउने, कति समयमा बनाउने, कुन मोडेल अपनाउने, कसलाई प्राथमिकता दिने भन्ने विषय पनि तय गर्नुपर्छ । राजस्वको पैसा बैंकमा थुपारेर राख्ने अनि खर्च गर्न नसक्ने सरकारले त्यसको उपयुक्त विकल्प त दिन सक्नुपर्छ नि ।

सीएनआईएको पूर्वाधार समिटको उद्देश्य केमा केन्द्रित हुँदै छ त ?

हामीले सहजीकरण गर्ने र सरकारलाई असहजता भएको अवस्थामा सहज बनाउने हो । अघिल्लो पटकको पूर्वाधार समिटको निरन्तरता नै यो वर्षको हो । हामीले गर्ने भनेकै पूर्वाधार निर्माणको अनुभूति नै हो । अबको बाटो के हो त भन्ने नै हो । हामीले धेरै लामो समयसम्म जोखना हेरेर बस्ने हैन । कसले के के गर्न सकिन्छ, त्यो गर्दै जाऔं भन्ने हो । निरन्तर हाम्रो वकालत यही नै हो ।

त्यसो त ठूला पूर्वाधारमा निजी क्षेत्रको आँट किन देखिँदैन ?

अहिलेसम्म एउटै पनि पूर्वाधारको उल्लेख्य काम निजी क्षेत्रबाट किन भएन भन्ने पनि हाम्रो सरोकारको विषय हो । नेपाल सरकारले गर्ने भन्दै वर्षौंसम्म काम नै नगर्ने होइन । तराईमा अहिले रेलमार्ग निर्माणको विषय निकै अगाडि बढेको छ । त्यसमा नेपालीकै लगानीले बनाउने भन्ने विषयमा किन सोचिँदैन । विदेशीले बनाइदिने भनेर वर्षौंसम्म अल्झाइरहनुपर्ने कारण के ? यसको मतलब नेपाल सरकारले सबै प्रोजेक्ट बनाउन सम्भव छैन ।

पूर्वाधार केलाई मान्ने त ?

स्वास्थ्य, शिक्षा, यातायात, विमानस्थल, रेलमार्ग, सञ्चार, ऊर्जा, शहरी विकाससहितका अत्यावश्यक विषय पूर्वाधार हो । यसैलाई सहजीकरण गर्ने, निर्माण गर्दै जाने र सरकारले नीतिगत सहजता दिने भन्ने नै हो । जुन क्षेत्रको विकासले राज्य समृद्ध हुन सक्छ, त्यसैलाई पूर्वाधारको आधार मान्ने र निर्माण गर्दै पनि जानुपर्छ ।

नेपालको पूर्वाधारको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?

सडकबाहेक अरू पूर्वाधार बन्न सकिरहेको छैन । नेपालमा पूर्वाधार निर्माणको अवस्था नै कमजोर छ । नेपाल सरकारकै बजेटबाट पूर्वाधार बनाउनुपर्छ भन्ने सोचाइ नै गलत छ । राष्ट्रिय प्राथमिकताका योजना बनाउने काम सरकारी बजेटबाटै बनाउनुपर्छ भन्ने अहिलेको सोचाइ नै ठीक भएन । यसले त कहिले बन्छ भन्ने पनि छैन । देशमा समृद्धि ल्याउने हो भने पूर्वाधारमा गति बढाउनै पर्छ ।

पूर्वाधार विकासमा कमजोरी कसको ?

हामीले सक्ने काम मात्रै गर्नुपर्छ । राज्य होस् वा व्यक्ति, स्रोतको सीमितता हुन्छ । सरकारले आफैंले पनि ग्रहण गर्न सक्नेभन्दा बढीको क्षमता खोज्नु भएन । नेपालमा सरकारको भूमिका नै स्पष्ट भएन । सरकार सडक खन्न जाने, रोड बनाउन जाने, हाइड्रो बनाउन जाने होइन । सरकारले त नीति नियम बनाउने हो । मेरो मतलब इच्छाशक्ति सरकारकै हुनुपर्छ । जस्तो काठमाडौं–तराई द्रुतमार्ग आर्थिक हिसाबले हेर्ने हो भने सहज नहोला तर सामाजिक रूपमा त यसको आवश्यकता छ । यसका लागि काम गर्न लगाउने र त्यसको लाभ हेर्ने होइन । यसको लाभ व्यक्तिलाई नहोला तर राज्यले हेर्ने हो भने निकै उपभोगी हुन्छ । डिजेल, टायर, समयको बचतबाट हेर्ने हो भने यो नगरी नहुने प्रोजेक्ट हो । यसको मतलब राज्यले एक्लै काम गर्छु भनेर पनि हुँदैन । उपयुक्त विकल्प पनि दिएर जानुपर्छ । पूर्वाधार विकासमा राज्यले सशक्तिकरण गराउने हो । आफैं गर्नै पर्दैन ।

महानगर, नगर, क्षेत्र, गाउँलाई नै जिम्मा दिनुपर्छ । सार्वजनिक निजी साझेदार (पीपीपी)मा जानुपर्छ । पीपीपीमा पूर्वाधार बनाउन दिँदा पनि रोजगारी हुन्छ, राज्यलाई तिर्ने विभिन्न दस्तुर, कर, रोजगारीले तिर्ने सेवा शुल्कसहितको फन्ड राज्यकै कोषमा आउँछ । लगानी निजीले गर्छ । यसो हुँदा राज्यले काम लगाउने र काम गर्नेको बीचमा राम्रो सम्बन्ध पनि हुन्छ । यसको मतलब सरकारले ड्राइभ गर्ने, काम निजी क्षेत्रलाई लगाउने गर्नुपर्छ । यो विधिबाट सरकारले स्वास्थ्य, शिक्षा, ऊर्जा, सडक सबै क्षेत्रमा काम गर्न सक्छ ।

ऊर्जा क्षेत्रमा तपाईंको कम्पनीको कामको अवस्था कस्तो छ ?

अहिले हामीले चारवटा प्रोजेक्टमा विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका छौं । संखुवासभामा तीन मेगावाटको पिलुवा खोला, दुई दशमलव चार मेगावाटको रिडिखोला, धादिङको रैराङ पाँच सय किलोवाट, दार्चुलाको नाउँघाट आठ दशमलव पाँच मेगावाट अहिले सञ्चालनमा छ । हामीले अहिले १३ हजार नौ सय किलोवाट बिजुली उत्पादन गरेर नेशनल ग्रीडमा बेचिसकेका छौं । यी सञ्चालनमा भएको प्रोजेक्ट बाहेक निर्माणाधीन योजना तीनवटा छन् । कावेली २५ मेगावाट, रैराङ पाँच सय किलोवाट, इवाखोला १० मेगावाट, अपरखोला आठ मेगावाट गरी ४३ दशमल पाँच मेगावाट निर्माणाधीन अवस्थामा छन् । त्रिशूली गल्छीमा पनि हामीले काम गरिरहेका छौं । अपर चमेली पनि आउँदै छ । सबै गरेर हाम्रो समूहसँग करिब केही समयपछि तीनदेखि चार सय मेगावाट बिजुली पुग्छ ।

ऊर्जामा पनि पीपीपीको विषय आएको त थियो नि त ?

ऊर्जामा त सरकारको ध्यानै पुग्न सकेको छैन । बिजुली उत्पादनको काम भइरहेको छ, ट्रान्समिसन लाइन सुरु भएकै छैन । देशैभर ट्रान्समिसन लाइन नै नभईकन कसरी आउँछ बिजुली ? निर्माण गर्ने निकाय जम्मा एउट नेपाल विद्युत् प्राधिकरण मात्रै छ । यसले पनि आवश्यक ठाउँमा समेत काम गर्न सकेको छैन । यसमा पनि नेपालीलाई नदिने र विदेशीलाई निर्माण गर्न दिएर कमिसन खाने नेपालीको साँघुरो सोचाइका कारण २० औं वर्षसम्म पनि आयोजना पूरा नभएको अवस्था छ ।

प्रधानमन्त्रीले भर्खरै उद्घाटन गरेको खिम्ती ढल्केबर प्रसार लाइनको उद्घाटन गरे । खिम्तीबाट भक्तपुरसम्म १३२ केबीको सिंगल सर्किटसम्म त आउन सक्छ । भक्तपुरबाट प्रसार लाइन नै नभएका कारण यो बत्ती काठमाडौं आउने अवस्था भने छैन । दार्चुलाबाट अत्तरियासम्मको डबल सर्किट लाइन पनि १० वर्ष भइसक्यो अझै बनेको छैन । ट्रान्समिसन लाइनलाई पनि पूर्वाधार मानेर अगाडि जानुपर्छ । सरकारले आयोजनालाई होल्ड गरेर राख्ने होइन, जसको क्षमता छ उसैलाई दिनुपर्छ ।

सोलारमा पनि काम गर्दै हुनुहुन्छ नि ?

सोलारमा पनि काम गर्दै छौं । यो ग्रीड कनेक्टेड सोलार हो । हामीले नेपाल विद्युत् प्राधिकरणले गरेको टेण्डरमा आवेदन दिएरै काम सुरु गरेका छौं । हामीले पाएको सोलारको काम अहिले २८ मेगावाटको हो । आठवटा सब स्टेशनमा जोड्ने गरी काम हुँदै छ । यसका लागि पीपीए हुन बाँकी छ । पीपीए हुनासाथ निर्माणको काम पनि अगाडि बढ्छ । अबको ९० दिनमै काम सुरु हुने र नौ महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना छ ।

सोलार प्लान्ट जलविद्युत्भन्दा कत्तिको महँगो हुने रहेछ ?

जलविद्युत्भन्दा निर्माण गर्दा सोलार महँगो हुन्छ । यसको विद्युत् उत्पादन पनि आधा कम हुन्छ । राति र साँझ चल्दैन । सूर्यको प्रकाश हुँदा मात्रै राम्रोसँग चल्छ । यसको उद्देश्य दिउँसो सञ्चालन गर्ने र कार्यालय चलाउने हो । सोलार सञ्चालन भएका बेला जलविद्युत्को पानी जोगाउने र रातिका लागि प्रयोग गर्न सकिने नै यसको अवधारणा हो । अहिलेको सोलार नयाँ प्रविधिको हो । यसका लागि सरकारले नै जग्गा दिने हो भने पनि निकै राम्रोसँग काम गर्न सकिन्छ । एक मेगावाटको सोलार राख्न करिब साढे चार बिघा जग्गा आवश्यक पर्छ ।अन्न्पूर्ण दैनिकबाट साभार

२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क, ...

२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क // नेपाली कांग्रेस जिल्ला कार्य...

२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क // प्रेस काउन्सिल नेपालले सभ्य,...

२०७७ पौष १४, हलेसीन्युजडेस्क // संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...

२०७७ पौष १३, हलेसीन्यज डेस्क // संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...

२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क, प्रतिनिधि...

२०७७ पौष १२/हलेसीन्युजडेस्क, प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...

२०७७ पौष ११,हलेसीन्युजडेस्क // संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // प्रदेश १ को तीन जिल्लाबाट...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...

२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // गत पौष ५ गते प्रधानमन्त्रि...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // खोटाङको रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // आज नेपाली राजनीतिका त्याग र निष्ठाका...

२०७७ पौष ६, हलेसीन्युजडेस्क // खोटाङमा एक महिलाको शब फेला परेको...

२०७७ पौष ६ , हलेसीन्युजडेस्क // प्रधानमन्त्रि केपी ओलीले प्रतिनिधिसभा विघटनको...

२०७७ पौष ५ (वेलुकी ७ वजे हलेसीखवरमा प्रशारित) हलेसीन्युजडेस्क // खोटाङमा...

२०७७ पौष ५, हलेसीन्युजडेस्क // केपी शर्मा ओलीले संसद...

२०७७ पौष ४, हलेसीन्युजडेस्क // पछिल्लो २४ घण्टामा प्रदेश १...

२०७७ पौष ४ , हलेसीन्युजडेस्क // प्रदेश १ सरकारले तीन...