ताराचन्द्र बस्नेत हलेसी एफएम । खोटाङ काँग्रेसका एक हस्ती अम्बरबहादुर रायको निधन भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका वडा नं ९ लिच्कीराम्चे चौकीबारीमा पिता रुद्रबहादुर र माता देबमाया को कोखबाट १९९२ साल बैशाख २१ गते जन्मीएका राय २००७ सालमा भएको राणा शासन विरुद्धको जनक्रान्तीमा सहभागी हुनुभएको थियो भने २०१४ सालमा संविधान सभाको माग गर्दै नेपाली काँग्रसले गरेको भद्र आन्दोलनमा समेत उहाँले भोजपुरबाट सक्रिय सहभागिता जनाउनु भएको थियो । २०२५ सालमा विपि कोईराला जेलरिहा भई प्रवाशमा बस्न थालेपछि पटकपटक विपिसँग सम्पर्कमा रहनुभएको थियो । २०३६ सालको जनमत संग्रह ताका बहुदलको पक्षमा उहाँले सक्रियताका साथ प्रचारप्रसार गर्नुभएको थियो । २०४६ साल पछि पनि नेपाली काँग्रेसको क्रियाशिल सदस्य भएर विपिको विचार अनुरुप काम गर्दै आउनु भएको थियो ।बिगत केहि समय यता दम रोगका कारण असक्त बनेका रायको हिजो शनिबार आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो ।