खोटाङमा जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगिता आगामी पुस ११
कार्तिक २५, २०७५, Khotang
ताराचन्द्र बस्नेत हलेसी एफएम ।
खोटाङमा आगामी पुस ११ गतेदेखी १३ गतेसम्म जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । १ नम्बर प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागिता जनाउनका लागि विभिन्न ११ विधामा खेलाडी छनौट हुने भएको हो ।
टिम व्यवस्थापक र प्रशिक्षक सहित करातेमा २३, फुटबलमा ३४, उसुमा ३, ब्याडमिन्टनमा ६, टेवल टेनिसमा ५, बक्सिङमा ४, भलिबलमा २२,कबड्डठीमा २०, एथ्लेटिक्समा १६, तेक्वान्दोमा १८ र बुद्धिचाल (चेस)मा २ जना खेलाडी छनौट गरिनेछ ।
तीन दिवसीय छनौट प्रतियोगिता अन्तरगत केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा तेक्वान्दो, भलिबल, एथ्लेटिक्स ,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा टेवल टेनिस र अन्य बाँकी सबै खेलहरु दिक्तेलस्थित रत्नपार्कमा रहेको माटिकोरे खेलमैदानमा आयोजना गरिनेछ । खोटाङबाट छनौट भएर गएका खेलाडीहरुले पुनः माघ १० गतेदेखि हुने १ नम्बर प्रदेश स्तरीय प्रतियोगितामा खेल्नुपर्नेछ । प्रदेश स्तरीय प्रतियोगितामा समेत छनौट भएका खेलाडीले मात्रै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्न पाउनेछन् । प्रदेश स्तरीय खेलको स्थान भने हाल सम्म तोकिएको छैन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता माघ २५ देखी फागुन ३ गते सम्म हुने जिल्ला खेलकुद विकास समिति खोटाङका कार्यालय प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो ।
२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क //
नेपाली कांग्रेस जिल्ला कार्य...
२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क //
प्रेस काउन्सिल नेपालले सभ्य,...
२०७७ पौष १४, हलेसीन्युजडेस्क //
संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...
२०७७ पौष १३, हलेसीन्यज डेस्क //
संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...
२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क,
प्रतिनिधि...
२०७७ पौष १२/हलेसीन्युजडेस्क,
प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...
२०७७ पौष ११,हलेसीन्युजडेस्क //
संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
प्रदेश १ को तीन जिल्लाबाट...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...
२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
गत पौष ५ गते प्रधानमन्त्रि...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
खोटाङको रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
आज नेपाली राजनीतिका त्याग र निष्ठाका...
२०७७ पौष ६, हलेसीन्युजडेस्क //
खोटाङमा एक महिलाको शब फेला परेको...
२०७७ पौष ६ , हलेसीन्युजडेस्क //
प्रधानमन्त्रि केपी ओलीले प्रतिनिधिसभा विघटनको...
२०७७ पौष ५ (वेलुकी ७ वजे हलेसीखवरमा प्रशारित) हलेसीन्युजडेस्क //
खोटाङमा...
२०७७ पौष ५, हलेसीन्युजडेस्क //
केपी शर्मा ओलीले संसद...
२०७७ पौष ४, हलेसीन्युजडेस्क //
पछिल्लो २४ घण्टामा प्रदेश १...
२०७७ पौष ४ , हलेसीन्युजडेस्क //
प्रदेश १ सरकारले तीन...
२०७७ पौष ४, हलेसीन्युजडेस्क //
खोटाङ र भोजपुरको सिमाना हुदै मुन्द्धुम...