हलेशी एफ एम वैशाख १९ ः १७ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा खोटाङका एक युवक वैशाख १९ गते पक्राउ परेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका २१ वर्षीय जीवन जोगीलाई बिहीबार ९आज० प्रहरीले उनको घरबाटै पक्राउ गरेको हो ।
जोगीले यही वैशाख ७ गते शनिबार किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले प्रहरीलाई बुधबार बेलुका सूचना दिएको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो । पक्राउ परेका जोगीलाई बिहीबार ९आज० नै जिल्ला अदालत खोटाङमा हाजिर गराइ म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका जोगीलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएको छ । हिरासतमा राखिएका जोगी विरुद्ध थप अनुसन्धान गरेर मात्र कारबाहीको प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।