हलेसी एफ एम,खोटाङ ।
खोटाङमा हुन लागेको वालविवाह प्रहरीले रोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा कानुन विपरीत हुन लागेको वालविवाह रोकिएको हो ।
त्यहाँ वालविवाह हुन लागेको भनेर प्रहरीलाई खबर आएपछि प्रहरी टोली नपुग्दै भोजपुरवाट आएका जन्ती भागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए । कानुन विपरीत विवाह हुन लागेको सूचना आएपछि सोमबार राती मण्डपमै विवाह रोकिएको हो ।
पारिवारिक सहमतिमा समेत महिलाको उमेर न्यूनतम १८ र पुरुषको उमेर २० वर्ष नपुगी विवाह गर्न नपाइने कानुनी प्रावधान छ ।