मकवानपुर : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ । मुटुको नियमित परीक्षणका लागि काठमाण्डौको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आईतबार भर्ना हुनुभएको हो ।
अस्पतालका विषेशज्ञ चिकित्सकरुको टोलीले उहाँको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।
अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्री पौडेलका प्रेश संयोजक प्रकाश दाहालले बताउनुभयो ।
-उज्यालो अनलाइनबाट
२०७६ जेठ २० गते बिहान ९ः१५ बजे प्रकाशित