कार्तिक १६ २०७६
खोटाङ्ग , काठण्डौ बाट सोलुखुम्बुको लागी छुटेको बुलेरो जिप दुर्घटना हुदा दुइजना घाइते भ्नएका छन् । सिन्धुलीमा सुमो जिप दुर्घटना हुदा दुइ जना घाइते भएका छन् । शनिबार काठण्डौ बाट सोलुखुम्बुको लागी छुटेको ना १ ज ८३३१ नम्बरको जिप सिन्धुलीको गोलन्जोर गाउपालीका १ कँडुलेमा दुर्घटना हुँदा दुइजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
दुर्घटनामा परी सोलुखुम्बुको माप्यदुकोसी गउपालीका १ का २८ बर्षीय रामकुमारी घिमिरे र सिन्धुपाल्चोक मेलन्ची नगरपालीका ६ की १६ बर्षीय विन्दुमाया तामाङ्ग रहेका छन् । उनिहरुको सिन्धुलीका खुर्काट सामुदयी अस्पतालमा उपचार भइरहेको छ । तामाङ्गको कुममा र घिमिरेको दुबै हातखुट्टामा गहिरो चोट लागेको छ ।
जिपमा कतिजना यात्रु थिय भन्ने खुल्नसकेको छैन् । चालकलाइ प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय
सिन्धुलीले जानकारी दिएको छ ।