उमेश भुजेल, हलेसी एफ एम,
६ मंसीर २०७६,खोटाङ्ग ः खोटाङमा मंसिर १८ गतेदेखि तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता हुने भएको छ । खोटाङ फूटबल एकेडेमीको आयोजनामा तेश्रो अन्तर मावि स्तरिय केए फए छात्र फूटबल प्रतियाेिगता हुन लागेको हो ।
विहीबार पत्रकार सम्मेलन गरी आयोजक खोटाङ फूटबल एकेडेमीले दिक्तेलको माटिकोरे खेलमैदानमा प्रतियोगिता मंसिर २१ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः २५ हजार र १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खोटाङ फूटबल एकेडेमीका अध्यक्ष नुरकाजी सैंजूले बताउनु भयो ।कक्षा १ देखी १० सम्मका छात्र मात्र सम्मेलीत हुन पाउने प्रतियाेिगताका उत्कृष्ट ६ जना खेलाडीलाई प्रिमियर कलेज काठ्माण्डौंले कक्षा ११ र १२ अध्ययनका लागि निःशुल्क छात्रवृत्ति प्रदान गर्ने छ तर प्रिमियर कलेजको छात्रवृत्ति प्राप्त गर्नका लागि खेलाडीले एसइईमा कम्तीमा ‘बी प्लस’ ग्रेड ल्याउनुपर्ने छ ।
खेलमा उत्कृष्ट ११ खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) को उमेर समुह राष्ट्रिय खेलाडी छनौट प्रतियोगीतामा सहभागीताको अवशर पाउने आयोजकले जानकारी दिएको छ ।