हलेसी एफ एम, उमेश भुजेल,
२३ मंसीर २०७६,खोटाङ, खोटाङको त्रिधार्मिक स्थल हलेसी क्षेत्रमा बन्न लागेको धर्मशाला आजा वैदिक विधिअनुसार शिलान्यास गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा नेपाल आयल निगमको आर्थिक सहयोगमा दुई बर्ष भित्र बन्ने धर्मशालाको शिलान्यास गरिएको हो ।
धर्मशाला बन्ने १६ रोपनी जग्गामा भएको वैदिक विधिअनुसार शिलान्यासमा नगरपालिकाका मेयर ईवन राई र नेपाल आयल निगमका ट्रेड यूनियन अध्यक्ष बाबुराम न्यौपानेले वैदिक विधिअनुसार पुजाआराधना गरी शिलान्यास भएको छ ।
आयल निगमको सामाजिक उत्तरदायित्व अन्तरगतको करिब ५ करोड र नगरपालिकाको सहभागितामा धर्मशाला बन्नेछ । ‘मेरै कार्यकालमा हलेसीमा धर्मशाला निर्माण हुन्छ, यो ऐतिहासिक विकासले विश्वभरिका दर्शनार्थीलाई सहज हुनेछ’ र धार्मिक पर्यटनमा ठूलो टेवा पुग्ने छ मेयर राइले बताउनु भयो