हलेसी एफ एम, उमेश भुजेल,
२४ मंसीर २०७६, खोटाङ्ग, छैटौं मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ शाखा खोटाङ्गका अध्यक्ष दमन राईलाई प्रदान गरिएको छ । इलामस्थित मानवअधिकार मञ्च नेपालले हरेक वर्ष विश्व मानवअधिकार दिवस अवसरमा प्रदान गरिने १ नम्बर प्रदेशस्तरीय पुरस्कार यो वर्ष पत्रकार महासंघ खोटाङ्गका अध्यक्ष राईलाई प्रदान गरिएको हो ।
मानवअधिकार संरक्षणमा कलम चलाए वापत राईलाई मंगलबार इलाम सदरमुकाममा आयोजित एक समारोहमा पुरस्कार प्रदान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेत र प्रमुख जिल्ला अधिकारी सीताराम कार्की लगायतको उपस्थितिमा राईलाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।
२०७० सालदेखि नागरिक दैनिकमा समेत आवद्ध रहदै आउनुभएका राईको हलेसीतुवाचुङ्ग नगरपालिका ३ च्यास्मिटारमा जन्म भई २०६३ सालबाट नेपाली पत्रकारितामा कलम चलाउदै आउनु भएको छ ।