हलेसी एफ एम, उमेश भुजेल,
८ पौष २०७६ ,खोटाङ, खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ तालखर्कमा अस्थायी प्रहरी चौकीको ३ कोठे कच्चि भवन को आज एक कार्यक्रम वीच उद्घाटन भएको छ । गत अशोजबाट स्थानीय समुदायहरु मिलेर आर्थिक सहयोग जुटाउँदै निर्माण शुरु गरिएको प्रहरी चौकी भवन ३ महिनामै निर्माण सम्पन्न भएको छ । उक्त चौकी भवन निर्माणका लागि दिक्तेलरुपाकोटमझुवागढी नगरपालिकाबाट रु ६,३५००० रकम उपलब्ध भएको थियो भने स्थानीय समुदायबाट रु ६,८८,७९२ रुपैयाँ बरावरको जनश्रमदान जुटी कुल १३,६९,७०२ रुपैयाँमा सो भवन को निर्माण सम्पन्न भएको थियो ।
आज निर्माण उपभोक्ता समिति का अध्यक्ष पदमबहादुर पुरीको अध्यक्षतामा भएको चौकी भवन उदघाटन कार्यक्रममा नगर प्रमुख दिपनारायाण रिजालले भवनको उद्घाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रममा नगर उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक वामदेव गौतम , सशस्त्र प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भोला गीरिको समेत उपस्थिति रहेको उपभोक्ता समितिका अध्यक्ष पुरीले जानकारी दिनुभयो । २०६४ सालमा अस्थायी प्रहरी चौकीको रुपमा तालखर्कमा स्थापना भएको सो चौकी आफ्नै भवन नहँुदा स्थानीय दिलमाया शेर्पाको घरमा भाडामा रहँदै आएको थियो ।