हलेसी एफ एम, उमेश भुजेल,
१२ पुस, २०७६, खोटाङ, खोटाङमा कृषकलाई आधुनिक कृषि पेशाप्रति प्रोत्साहन गर्न साकेला गाउँपालिकामा दुई दिने कृषि मेला प्रदर्शनी गरिएको छ । गाउँपालिकाको लगानीमा मात्तिमस्थित मानेभञ्ज्याङमा सञ्चालन गरिएको प्रथम कृषि मेला प्रदर्शनीमा विभिन्न प्रकारका ११ कक्ष राखिएको थियो ।
गाउँपालिका भरका १ सय २५ कृषकले प्रदर्शनीमा आ आफ्नो कृषि उपज दर्ता गरेका थिए । जस मध्ये पाँच जना कृषकहरुलाई उत्कृष्ट रुपमा सम्मान गरिएको छ । र अन्य सहभागी कृषकहरुलाई पनि नगद तथा प्रमाण पत्रद्धारा सम्मान गरिएको साकेला गाउँपालिका कृषि शाखा प्रमुख गणेश राईले बताउनु भयो । कार्यक्रम गएको बुधवार र विहिवार २ दिन संचालन भएको थियो ।