हलेसी एफ एम, उमेश भुजेल,
१२ पुस, २०७६, खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ जाल्पामा करिव ७१ लाख लगानीमा वृहत खानेपानी योजना सञ्चालन भैरहेको छ । गोर्खाज वेलफेयर ट्रस्ट र स्थानीय समुदायको जनश्रमदानबाट गत मंसिर ८ गतेदेखि शुरु भैरहेको जालपास्थित खरवारी घलेगाउँ खानेपानी योजना र कुडर.खरवारी खानेपानी तथा सरसफाई योजना निर्माण शुरु भएको ३ महिना भित्र सम्पन्न गरिसक्ने लक्ष्यका साथ मंसिर ८ गते देखि तिव्र गतिमा काम भैरहेको हो । ३ वटा मुहानबाट स्वच्छ, शुद्ध र व्यवस्थित खानेपानी १ घर १ धाराका रुपमा १०४ घरधुरीलाई २० वर्ष सम्मको जनसंख्यालाई पु¥याउने रणनीति बमोजिम सञ्चालन भै रहेको उक्त खानेपानी तथा सरसफाई योजनाका लागि गोर्खाज वेलफेयर ट्रस्टले आर्थिक तथा प्रविधिक सहयोग उपलव्ध गराईरहेको छ ।
खरवारी घलेगाउ खानेपानी तथा सरसफाई योजनाका लागि गोर्खाज वेलफेयर बाट रु २८,८०,५२४ रुपैया ७९ पैसा वजेट उपलव्ध गराउनेछ भने स्थानीय उपभोक्ता समिति बाट १५, ९८,९२९ रुपैया ५० पैसा बरावर जनश्रमदान जुटाउनेछ । त्यस्तै कुडर खरवारी खानेपानी योजनाका लागि गोर्खा वेलफेयर बाट रु १६,७३,७०७ रुपैया वजेट उपलव्ध गराउनेछ भने उपभोक्ता समितिबाट ९,३०,२६६ रुपैया ४० पैसा वरावर जनश्रमदान जुटाउनेछ । यो योजनाले घलेगाउ, खरवारी गाउका प्रत्येक घरलाई एक धारा उपलव्ध गराउने लक्ष्य रहेको साथै हाल १०४ घरधुरिका जनतालाई शुद्ध र व्यवस्थित पिउने पानीको व्यवस्था गरिने गोर्खा वेलफेयर ट्रष्टका तर्फबाट प्रोजेक्ट सुपरभाइजरका रुपमा योजना हेरिरहनु भएका नरेश राई ले बताउनुभयो ।
त्यस्तै यो योजना खरवारी, घलेगाउका जनताको लागि ठूलो उपलव्धि भएको र यसको निर्माणमा सबै उपभोक्ताहरु उत्साहका साथ जुटिरहेको उपभोक्ता समितिका सदस्य सार्जन राई भन्नुहुन्छ ।