हलेसी एफ एम, उमेश भुजेल
१३ पुस २०७६, खोटाङ्ग, खोटाङ्गमा जारी प्रथम शुक्र रानाको स्मृतिमा सञ्चालन भएको भलिबलको उपाधि आयोजक ए ले हात पारेको छ । जिल्लाको बाराहापोखरी गाउँपालिका वडा नं २ सुन्तलेमा संचालन भएको शुक्र रानामगरको स्मृतिमा खुल्ल वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गत ९ गते बाट सञ्चालन भएको थियो । प्रतियोगितामा उपविजेताको उपाधि भने त्रियुगा नगरपालिका वडा नं. १५ ले हात पारेका छ । त्यस्तै तृतिय उपाधि फाक्टाङ्ग ए ले हात पारेको आयोजकले बताएको छ । प्रतियोगिताको प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश नगद रु. ३० हजार, २० हजार र १० हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । आज भएको समापन कार्यक्रमका प्रमुख अतिथि बाराहापोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा र विशेष अतिथि पालिका उपाध्यक्ष गोमा मगरले बिजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।
शुक्र रानामगर खोटाङ्ग जिल्ला स्तरीय खेलाडी थिए भने उनको २०७५ साल पुस २४ गते आफ्नै घरमा ज्वरोको कारण निधन भएको थियो ।
उनको स्मृतिमा लोकदोहोरी कार्यक्रमको पनि आयोजना भएको थियो ।