हलेसी एफ एम,उमेश भुजेल,
१४ पौष २०७६,खोटाङ्ग, खोटाङ्गमा एक दिने बाली उपचार शिविर सञ्चालन भएको छ । किसानहरुले लगाएको बालीहरुमा लागेका रोग अथवा किराहरुको पहिचान गरी न्युनिकरण गर्ने उदेश्यले बाली उपचार शिविर सञ्चालन भएको हो । जिल्लाको दिप्रङ्गचुइचुइम्मा गाउँपालिका वडा नं १ याम्खामा कृषि ज्ञान केन्द्र खोटाङको आयोजनामा आईतबार शिविर सञ्चालन भएको थियो ।
आईतबार भएको बाली उपचार शिविरमा ५२ वटा तरकारी, फलफूल, खाद्यान्न बाली तथा नगदे बालीको नमूना माइक्रोस्कोपबाट परिक्षण गरिएको थियो । कार्यक्रम गाउँपलिका अध्यक्ष भुपेन्द्र राईको प्रमुख आतिथ्यतामा सञ्चालन भएकोे थियो । शिविर कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख राईले सवै रोगहरुको पहिचान भइसकेकाले तत्काललिन समयमा किसानले विषादिको व्यबस्थापन गर्नु पर्ने र केहि समय पछि त्यसको गाउँपालिकाले व्यबस्थापन गर्ने बताउनु भयो ।