हलेसी एफ एम,उमेश भुजेल,
२१ पौष,२०७६,खोटाङ्ग, खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीका दान बहादुर राईको घरमा आगोलागी भएको छ । आईतबार विहान अचानक आगोलागी भएपछि राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
ढुङगा, माटो र खरको छानोले बनेको घर जलेर नष्ट भएपछि अनुमानित ५ लाख बराबरको क्षति भएको वडाअध्यक्ष पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
स्थानीय वासीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका अन्नपात, लत्ता कपडा लगायतका सामग्रीहरु जलेर नष्ट भएको अध्यक्ष खड्काले बताउनु भएकोछ ।
यस्तै,आगोलागी पीडितलाई गाउँपालिकाबाट आर्थिक सहयोग समेत प्रदान गरिएको जानकारी प्राप्त भएको छ । घरमा आगोलागी भएर सर्वस्व गुमाएका राईको परिवारलाई तत्कालै गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईबाट रु २५ हजार आर्थिक सहयोग उपलव्ध भएको हो ।
चिसो मौसम रहेका कारण पीडितलाई थप समस्या हुन नदिन घटनास्थलमै गएर अध्यक्ष राईले तत्काल राहत उपलव्ध गराएको बताउनु भयो ।
आगोलागीको कारण भने खुलेको छैन ।