हलेसी एफ एम, उमेश भुजेल,
६ माघ २०७६, खोटाङ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी खोटाङको आयोजनामा ‘अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता आजबाट शुरु भएको छ । भलिवल खेलको बिकास गरी उच्च स्तरको खेलाडी उत्पादन तथा भलिवल खेललाई व्यवसायिकता दिने उद्देश्यले मदन भण्डारी स्पोर्ट्स एकेडेमी खोटाङले पाँच दिवसीय प्रतियोगिताको शुरुवात गरेको हो ।
प्रतियोगिता आजदेखि दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुईपाको राजाबास खेलमैदानमा हुदैछ । सोमबार प्रतिनिधि सभा सदस्य विशाल भट्टराईको प्रमुख अतिथ्यतामा उद्घाटन भएको छ । प्रतियोगिताको लागि आठ टिमले सहभागीता जनाएका छन् । आज सोमबार उद्घानको दिन एक खेल भएको छ । जसमा हलेसी तुवाचुङ्ग नगरपालिका र रावाबेसी गाउँपालिका वि समुह विच चएको खेलमा, रावाबेसी गाउँपालिका बि ले आफ्नो यात्रालाई अगढी बढाएको छ ।
प्रतिगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ११ हजार १११, दोस्रो टिमले रु. ७७ हजार ७ सय ७७, तेस्रो टिमले रु. ५५ हजार ५ सय ५५ र चौथो टिमले रु.३३ हजार ३ सय ३३ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका सचिव रोशन राईले बताउनु भयो । विधागत उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र र सम्मान पत्र प्रदान गरिने पनि जनाइएको छ । खेलकुदको प्रवद्र्धन र विकासको माध्यमबाट जिल्लालाई परिचित गराई आन्तरिक पर्यटनलाई समेत सहयोग पु¥याउने उद्धेश्य आयोजकको रहेको एकेडेमीका अध्यक्ष दिनेश साम्पाङले बताउनु भयो । प्रतियोगिता अवधिमा अनुमानित १३ लाख खर्च हुने बताइएको छ ।