हलेसी एफ एफ, उमेश भुजेल,
१८ माघ २०७६, खोटाङ, समाजसेवी एवम् गायक धर्मराज पोखरेलले खोटाङको सामुदायिक रेडियो हलेसीे एफ. एम.लाई विधुतीय सामग्री कम्प्युटर सहयोग गर्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १५ विजयखर्कका पोखरेलले शनिबार रेडियोलाई डेक्सटप कम्प्युटर सहयोग गर्नुभएको हो । ईन्जिनियर पेशालाई अंगालेर विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएका बहुप्रतिभाका धनी पोखरेलले ८२ हजार बराबर रुपैयाँको एक थान डेक्सटप कम्प्युटर सामुदायिक रेडियो हलेसीे एफ. एम को सञ्चालक सस्थना सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष विष्णु आभुषणलाई हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रमा बोल्दै पोखरेलले “मोफसलमा रहेर सूचना तथा समाचारमा निरन्तर लागि परेको रेडियोको प्रोत्साहन स्वरुप कम्प्युटर हस्तान्तरण गरेको र आगामी दिनमा रेडियोलाई प्रर्वधन गर्नको निम्ति थप सहयोग गर्ने प्रतिबद्धता गर्ने” समेत जनाउँनु भयो ।
सोही क्रममा सस्थाका अध्यक्ष विष्णु आभुषणले “सञ्चार संस्थाहरुलाई आन्तरीक पर्यटन प्रर्वधनका निम्ती पनि उपयोग गर्न सकिने बताउँदै त्यसका निम्ती सञ्चार भ्युटावर र सञ्चार पार्क जस्ता भौतिक संरचना निर्माणको सम्बन्धमा स्थानिय सरकारहरुसँग छलफल गरिरहेको” बताउँनुभयो ।
हस्तानतरण कार्यक्रममा खोटाङका वरिष्ट पत्रकार कृष्ण आचार्य, प्रेस युनियनका पुर्व अध्यक्ष दिलीप खत्री, प्रेस युनियनका सचिप चिसाङ्ग सेर्पा , लोक गायक हर्क गदाल , जेष्ठ नागरीक उजिर सिंह केसी समाजसेवी गोविन्द पोखरेल लगाएतको उपस्थिति हुनु भएको थियो ।