रमन वन हलेसी एफ एम
१६ फागुन, २०७६ खोटाङ, खोटाङको साकेला गाउँपालिका वडा नं. २ रतन्छामा हिजोबाट स्थानिय तह स्तरिय राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । साकेला माध्यामिक विध्यालय रतन्छाको आयोजनामा रतन्छा स्थित दारुलाटार खेलमैदानमा हिजोे भएको मावीस्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रदेशसभा सदस्य राम कुमार राई पासाङले उद्घाटन गर्नुभएको थियो । हिजोको खेलमा राधाकृष्ण मा. वि . बाँझे , साकेला मा. वि .रतन्छा , शिद्धेश्वरी मा. वि खिदिमा , बालबालिका मा. वि . नौलाखर्क र सरस्वती मावि मात्तिम वीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सरस्वती मा .वि . मात्तिम प्रथम , बालबालिका मा. वि . नौलाखर्क द्धितिय, र साकेला मा. वि .रतन्छाले तृतीय स्थान ओगट्न सफल भएका थिए ।आज बिहान ८ बजेदेखि पा्ररम्भ भएको महिला भलिबल प्रतियोगितामा सरस्वति मावि मात्तिम र साकेला
मा. वि .रतन्छावीच भएको क्वाटर फाइनल खेलमा साकेला मा. वि .ले सरस्वती माविलाई पछाडि पारेको छ भने यतिखेर शिद्धेश्वरी मा. वि . खिदिमा र बालबालिका मा. वि . नौलाखर्कको
वीचमासेमिफाइनलको प्रतिस्पर्धा भैरहेको साकेला मा वि का शिक्षक प्रकाश राईले बताउँनुभयो । स्थानीय तह स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिताका लागि साकेला गाउँपालिकाबाट रु १ लाख रुपैयाँ आर्थिक सहयोग पा्रप्त भएको जनाइएको छ ।
(२०७६ फाल्गुण १६ गते शुक्रबार विहान १० वजेको हलेसी वुलेटिनमा प्रशारित )