रमन वन ,हलेसी एफ एम ,
२३ बैशाख २०७७ खोटाङ, कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनका बाँकी खेलहरु आउँदो जुनमा सुरु गर्ने तयारीमा आयोजकहरु लागेका छन् ।स्पेनमा कोरोना भाइरसको महामारी कम हुँदै गएको र लकडाउनमा पनि केही छुट दिन थालिएको अवस्थामा आयोजकहरुले लिगका बाँकी खेल सुरु गर्ने सम्बन्धमा योजना बनाउन थालेका हुन् ।
यो हप्ता क्लबहरु प्रशिक्षणमा फर्किँदै छन् । स्पेनका शीर्ष दुई डिभिजनका खेलाडीहरुलाई व्यक्तिगत रुपमा प्रशिक्षणको व्यवस्था गरिएको छ । त्यसका लागि खेल तथा स्वास्थ्य अधिकारीसँगको परामर्शमा सुरक्षात्मक उपायहरु अपनाइने जनाइएको छ ।प्रशिक्षणमा फर्किनु पूर्व रहेक खेलाडीले परीक्षण गर्नु पर्ने छ । मार्चदेखि नै फुटबल गतिविधि स्पेनमा अनिश्चितकालका लागि स्थगित छ । ला लिगाले बाँकी खेल गर्नका लागि विस्तृत योजना बनाएको छ।
व्यक्तिगत प्रशिक्षणपछि सानो समूहमा प्रशिक्षण गर्ने र त्यसपछि मात्रै टिम प्रशिक्षणको योजना छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण हुँदै जाने क्रम जारी रहेमा खेल सुरु गर्नका लागि चार हप्ताको समय लाग्ने ला लिगाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
सो्रत, देश सञ्चार