प्रेमीप्रेमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । यस अबसरमा खासगरी फूल तथा अन्य उपहारहरु साटासाट गरीने चलन बढ्दो छ । नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई बिशेष महत्वको रुपमा मनाउने गर्दछन् । बिशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भिड लाग्ने गरेको छ । ईसापूर्व २ सय ७० मा रोमका राजा क्लाउडियस द्धितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए । तर पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रअरी फोर्टीनमा मृत्युदण्ड दिईएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेब्रअरी फोर्टीनलार्ई ‘भ्यालेन्टाईन डे’ अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिन्छ ।