ताजा समाचार
हाडनाता करणीमा दोषी ठहर भएका शेर्पा कारागार चलान || दिहँुखोला लिच्कीराम्चे खानेपानी आयोजनाको लागि पर्याप्त वजेट विनियोजनका लागि पहल || झोलुङ्गे पुल उद्घाटनमा नौटङ्की नाटक मन्चन............... ताराचन्द्र बस्नेत,हलेसी एफएम || खोटाङमा पहिलोपल्ट अत्याधुनिक मेसिनबाट बेकरी उद्योग || दुम्सी मार्ने क्रममा एकजना महिलाको ज्यान गयो दुई घाईते || गायक पोखरेलद्वारा जिल्लाका दुई रेडियोलाई सहयोग || खोटाङका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती ................ || खोटाङमा २ हजार ८९ जनाले एसईई परिक्षा दिदै || केपीलासगढी गाउँपालिकाले चालू आर्थिक वर्ष २०७४÷०७५ मा ९१ प्रतिशत बजेट || बराहपोखरी गाउँपालिकामा फोनको चरम समस्या || सिम्पानी कात्तिकेका दुई बालिका उदयपुर खाँबुमा भेटिए बाम्राङका प्रदिप || अझै भेटिएनन् हराएका बालबालिका || खोटाङ बतासेकी प्रबृति बनिन् भिजन आईडल फस्ट रनरअप || इन्द्रेणीपोखरी मुस्मुसाका अशोक तामाङ सहित साउदीअरबमा अलपत्र ३८ नेपालीलाई अन्यत्र || खोटाङकोे ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ का लागि २८ करोड || नेतृ दुर्गाजयन्ती राईलाई लैंगीक हिंसा विरुद्धको प्रोत्साहन पुरस्कार प्रदान || नेपाली कांग्रेस खोटेहाङ गाउँपालिकाले || माध्यमिक शिक्षा परीक्षा (एसईई )को नतिजा आज || खोटेहाङ गाउँपालिकाद्वारा वडागत बजेट बाँडफाँट । || जिल्लाको दक्षिणी भेगबाट दिक्तेलसम्म आइपुग्ने छोटो दुरीको मोटरबाटो तयार || मास हिस्टेरियाले छात्रालाई सताएपछि खोटाङमा विद्यालय बन्द || फरक विवरणले काम गर्न अप्ठ््यारो || एक गाग्रो पनीका लागी पधेरोमै बास, एक ट््याक्टर पानीको दुई || दुईवर्षे वारेन्टीका सौर्य सडक बत्ती एक वर्ष नपुग्दै बिग्रीयो || सी बी आर बिराटनगर को आयोजना अपाङसंघ खोटाङको || खोटाङको खोटेहाङ गाउँपालिकाले कृषि सडक निर्माणको काम सुरु गरेको छ || सी बी आर बिराटनगर को आयोजना अपाङसंघ खोटाङको व्यावस्थापन || खोटाङको अल्छेढुंगामा मृत पुरुष फेला || प्रदेश प्रमुख र अस्थायी मुकाम नतोकी सकियो मन्त्रिपरिषद् बैठक || शुक्रबार प्रदेश प्रमुख मनोयन हुने, अस्थायी केन्द्र तोक्न अलमल || कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मालाई मनोनयन || ‘फैसलाको आलोचना अदालतको अवहेलना होइन’ || बिहान ७ः३० को नतिजा || रतन्छाबासी अन्धकारमा बस्नुको मुख्य कारक माओवादी हो : विष्णु राई || तीन मुद्धाको छिनोफानो मंसिर १० गते जनताले गर्नेछन् : || महिलाहरुको नेतृत्व विकासका लागि उम्मेद्वार बनेको हुँ : वजिमय || दुई दिनमा सक्यो खोटाङ कांग्रेसले चुनावी प्रचार चुनावमा एक ढिक्का || कांग्रेस सभापतिलाई महिला नेतृको चुनौती || चुनाव कांग्रेसको पक्षमा अनुकुल बन्दै गइरहेको छ : खोटाङ प्रदेश || हलेसी तुवाचुङ नगरपालिकाको बजेट ४१ करोड भन्दा बढी विनीयोजन । ||

विश्वका खतरनाक ठाउँ जहाँ प्रकृतिले लिनसक्छ तपाईंको ज्यान

फाल्गुन ४, २०७३, Khotang



हामी सबै मौसमको चपेटामा परेका छौँ । चाहे त्यो झरीमा रुझेको होस् या चर्को घामले डढेको होस् । तर, विश्वमा यस्ता ठाउँहरु पनि छन् जहाँ प्रकृति योभन्दा पनि निर्दयी बन्ने गर्छ र हाम्रो ज्यान लिन पनि पछि पर्दैन । खतरनाक आँधेवेरीदेखि ज्वालमुखी विस्फोटनसम्म, हामीलाई त्यहाँ खतरा रहिरहन्छ । विश्वमा भएका यस्ता खतरनाक क्षेत्रहरु मध्ये हामीलाई सबैभन्दा चुनौतीपूर्ण कुन छ त ?

यो पत्ता लगाउन हामी यसलाई पृथ्वीका चार तत्वहरुमा विभाजन गर्नेछौँ ।

जल
पानी हाम्रो जीवनका जति आवश्यक छ, यो हाम्रो लागि त्यतिनै खतरायुक्त पनि छ । किनभने हामी पानीमा बाँच्न सक्दैनौँ । हामीले डुंगा, नाउ वा जहाज नबनाएका पनि हैनौँ तर, इन्टरनेसनल मेरिटाइम अर्गनाइजेसनले सन् २०१२ मा जारी गरेको रिपोर्टमा समुद्रमा त्यो वर्ष मात्र १ हजार ५१ जनाले ज्यान गुमाएका थिए ।

भूगर्भको अवस्था अनुसार केही ठाउँहरुमा पानी अन्य ठाउँहरुको तुलनामा खतरनाक हुने गर्छन् । उदाहरणका लागि नर्वेमा रहेको साल्टस्ट्राउमेन स्ट्रेटमा विश्वकै सबैभन्दा तीव्र पानीको धार पाइन्छ । तर, विश्वकै सबैभन्दा शक्तिशाली भुमरी भएको यो क्षेत्रबारे यति धेरै अध्ययन भएको छ कि अब त्यहाँबारे जानकारको नेतृत्वमा पर्यटकले रबरले बनेको डुंगामा समेत त्यसलाई सजिलै पार गर्न सक्छन् ।

पानीमै भन्दा पनि जमिनमा यो बढी खतरनाक हुने गर्दछ । विशेष गरेर तटीय क्षेत्रमा बसिरहेकाहरुका लागि पानीको डुबान ठूलो जोखिमको रुपमा रहेको छ ।

हिन्द महासागरमा रहेको माल्दिभ्स, जो स–साना टापुहरुले बनेको छ, लाई ‘द एफिमेरल आयलस्’ पनि भनिन्छ, किनभने यो बढ्दो समुद्री सतहबाट हुने डुबानको खतरामा रहेको छ । जलवायु परिवर्तनको कारण यो जोखिम हरेक वर्ष बढीरहेको छ । सुनामी वा आँधीका दौरान एक्कासी समुद्री सतह बढ्दा यो खतरा झनै बढेर जान्छ ।

सुनामी भन्नाले पानीको सतहमा आकस्मिक परिवर्तन भन्ने बुझिन्छ जसले समुद्रमा ठूलाठूला छालहरु बन्ने गर्छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार विश्वका सुनामीहरुमध्ये अधिकांश, लगभग ७१ प्रतिशत, प्रशान्त महासागरमा हुनेगर्छ । तर, भूकम्पका दौरान यो जुन पनि क्षेत्रमा आउन सक्ने युनेस्कोमा सुनामी युनिटका प्रमुख रहेका थोरकिल्न आरुप बताउँछन् ।

अहिले भने सुनामीको कहरबाट जोगिन पूर्वसूचना दिने व्यवस्था गरिएको छ । तर, प्रविधिमा पहुँच नभएका केही क्षेत्रमा यो पूर्वसूचना सुनामी आउनभन्दा २० मिनेट अगाडी मात्र दिइने गरिन्छ । जसले गर्दा अहिले पनि सुनामीले धेरैको ज्यान लिने गरेका छन् ।

सन् २००४ मा इन्डोनेसियाको सुमात्रा नजिकै गएको शक्तिशाली भूकम्पका कारण सृजना भएको सबैभन्दा विध्वंशक सुनामीका कारण १५ देशहरुमा २ लाख ८० हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।

यो संख्या आफैमा ठूलो छ । तर, नदीहरुमा आउने बाढीहरुबाट योभन्दा पनि धेरै संख्यामा मानिसहरुले प्रत्येक वर्ष ज्यान गुमाउने गरेका छन् । सन् १९३१ मा चीनको याङ्त्जे नदीमा आएको भीषण बाढीबाट लाखौँले ज्यान गुमाएको बताइन्छ । तर, आधिकारीक तथ्यांकमा भने हताहतीको संख्या कम रहेको देखाइएको छ । त्यो वर्ष त्यस क्षेत्रमा धेरै हिमपात भएको थियो भने त्यसपछि अप्रत्यासितरुपमा ठूलो वर्षा हुँदा अहिलेसम्मकै ठूलो प्राकृतिक विपदा त्यहाँ घटेको थियो ।

आज पनि चीनका ठूला नदीहरुको छेउमा लाखौँ जनसंख्या बसोबास गर्ने गरेका छन् । जलवायु परिवर्तनका कारण बद्लिँदो मौसमले गर्दा यी क्षेत्रका मानिसहरु निकै ठूलो जोखिममा रहेका छन् ।

वायु

विश्वका धेरै ‘हत्यारा ताल’ हरु अफ्रिकामा पाइन्छ । तर, त्यहाँ चिन्ता गर्नुपर्ने उनीहरुको पानी भने होइन । क्यामरुनमा रहेको न्याओस ताल र डेमोक्राटिक रिपब्लिक अफ कङ्गो र रुवान्डाको सीमा रहेको किभु तालमा अदृश्य खतरा रहेको छ । यी तालहरु धेरै ज्वालामुखी विस्फोट हुने क्षेत्रमा रहेका छन् । जहाँ जमिनमूनीबाट कार्वोन डायोअक्साड निस्कने गर्छन् ।


‘लिम्निक’ विस्फोटनका दौरान तालको फेदबाट कार्वोन्डायोअक्साइड निक्केर बादल बन्ने गर्छ । यो ग्यास हावाभन्दा भारी हुने हुँदा बादल आकाशमा नपुगेर जमिनको सतह छेउमा आइपुग्छ । यसो गर्दा उक्त बादलले त्यहाँ रहेको अक्सिजनलाई धपाउँछ । जसले गर्दा अक्सिजन नपाएर धेरैले निस्सासिएर ज्यान गुमाउने गर्छन् । सन् १९८० ताका भएको दुईवटा यस्तै विस्फोटले क्यामरुनमा १७ सय मानिस तथा ३५ सयभन्दा बढी जनावारहरुले ज्यान गुमाएका थिए ।

त्यस घटना पछि भने विशेषज्ञहरुले तालको मुनी रहेका त्यस्ता ग्यासहरुलाई पाइप र सिफोनको मद्दतले निकाल्ने उपायहरु अपनाइरहेका छन् । किभु तालको फेदमा त झन् मिथेन ग्यास पनि पाइएको थियो । अहिले त्यहाँ रहेको ग्यासलाई प्रयोग गरेर लाखौँ जनताका लागि विद्युत उत्पादन गर्ने परियोजना शुरु भइसकेको छ ।

तर, हाम्रो लागि विषालु ग्यासमात्र खतरायुक्त हुँदैन । हावा तीव्र गतिमा चल्ने हो भने त्यो पनि हाम्रो लागि त्यतिनै खतरा हुनेगर्छ । अन्टार्टिकामा रहेको केप डेनिसनलाई विश्वकै सबैभन्दा तीव्र गतिमा हावा चल्ने ठाउँ भनेर चिनिन्छ । तर, त्यहाँ मानिसहरु भने बस्दैनन् ।

भूमध्य रेखा छेउछाउमा रहेको समुद्री क्षेत्रमा वायुमण्डलको चापमा आउने परिवर्तनका कारण समुद्री आँधी, चक्रवत आदि आउने गर्छन् ।

यस्ता, क्यारेबियनमा रहेको टापु हाइटी निकै संवेदनशील क्षेत्रमा रहेको छ । हाइटी समुद्री आँधीको बाटोमा मात्र पर्दैन, यो एक गरिब राष्ट्र पनि हुँदा त्यसबाट बच्ने उपायहरु त्यहाँका मानिसहरुसँग छैन । त्यसमाथि मानिसहरुले बाढी आउन सक्ने नदीको तटहरुमा बस्ती बसाएका छन् । गरिब राष्ट्र भएका कारण उनीहरुसँग बाढीबारे पूर्व सूचना दिने प्रविधि छैन । त्यही भएर समुद्री आँधीका कारण त्यहाँ धेरैले ज्यान गुमाउने गरेका छन् ।

जमर्नीको सुटुटगार्ट विश्वविद्यालयमा प्राकृति विपदाबारे विशेषज्ञ जार्न विर्कमानका अनुसार समुद्री आँधीहरु निकै खतरनाक हुन्छन् किनभने उनीहरुबारे सजिलै पुर्वानुमान गर्न सकिँदैन । ‘समुद्री आँधी थोरै आउने वा आउँदै नआउने क्षेत्रमा पनि कहिलेकाहीँ आउने गर्छ । त्यस्ता क्षेत्रका मानिसहरुले यसबारे तयार हुँदैनन् र कसरी आफूलाई सुरक्षित राख्ने भन्ने बारेमा पनि जानकार हुँदैनन् । त्यही भएर त्यस्ता क्षेत्रका मानिसहरु बढी जोखिममा रहन्छन्,’ विर्कमान भन्छन् ।

विर्कमान हरेक वर्ष संयुक्त राष्ट्रसंघ विश्व विद्यालयले प्रकाशन गर्ने वल्र्ड रिस्क रिपोर्ट तयार गर्ने टोलीको सदस्य पनि हुन् । उक्त रिपोर्टमा प्राकृतिक विपदाबाट खतरामा रहेका देशहरुको सूची पनि समावेश हुन्छ ।

सन् २०१६ मा यो रिपोर्टमा भानुआटु टापु शीर्ष स्थानमा रहेको थियो । रिपोर्टका अनुसार यो टापुको एक तिहाई जनसंख्या हरेक वर्ष प्राकृतिक विपदाको चपेटामा पर्ने गरेका छन् । सन् २०१५ मा भानुआटु केही हप्ताको अन्तरालमा भूकम्प, ज्वालामुखी विस्फोटन र समुद्री आँधीको चपेटामा परेको थियो । त्यतिबेला ११ जनाले ज्यान गुमाएका थिए । त्यहाँको संरचना यस्ता प्राकृतिक विपदाबाट बच्नका लागि तयार गरिएको हुँदा भानुआटुमा मर्नेहरुको संख्या निकै कम रहेको छ । यता, सन् १९७० मा बंगलादेशमा आएको भोला आँधीमा परी ५ लाख जनाले ज्यान गुमाएका थिए ।

जमिन

हाम्रो पृथ्वीको जमिन विभन्न प्लेटहरु मिलेर बनेको छ, जुन चलायमान पनि छ । उनीहरु एकअर्कामाथि ठोक्किरहेका हुन्छन् र चढिरहेका हुन्छन् । जब त्यो शक्ति बाहिरन्छ, पृथ्वीको सतहमा भूकम्प जाने गर्छ ।

सन् १५५६ मा चीनको साङ्छी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ८ लाखभन्दा धेरैले ज्यान गुमाएका थिए । भूकम्पको कारण सुनामी पनि आउने हुँदा विश्वकै खतरनाक प्राकृतिक विपदामा यसले बाढीलाई पनि टक्कर दिने गर्छ ।

प्यासिफिक प्लेट र नर्थ अमेरिक प्लेट चलायमान रहेको सान आन्द्रेस फल्ट अमेरिकाको क्यालिफोर्निया सहरमा रहेको छ । त्यही भएर हलिवुडले यसैमा आधारित रहेर सान आन्द्रेस नामक चलचित्र समेत बनाएको थियो । तर, भूकम्पको जोखिममा रहेका लस एन्जलिस र टोक्यो जस्ता सहरहरुमा भूकम्प प्रतिरोधी भवनहरु बनाइएका छन् । जसले गर्दा भूकम्प गए पनि त्यहाँ थोरैले मात्र ज्यान गुमाउने गरेका छन् । तर, विश्वका ८१ प्रतिशत ठूला भूकम्पहरु जाने प्यासिफक रिङ्ग अफ फायरमा रहेका सबै देशहरुले भने यस्ता संरचनाहरु तयार गर्न सक्दैनन् । सन् २०१५ मा प्रकाशित न्याचुरल हजार्ड रिस्क एट्लासमा प्राकृतिक विपदाको जोखिममा रहेका विश्वमा १० शहरहरुमध्ये ८ वटा फिलिपिन्समा रहेका छन् । रिङ् आफ फायरमा रहनुको साथै यो समुद्री आँधीको क्षेत्रमा पनि रहेको छ ।

आगो

प्लेटहरु एक आपसमा ठोक्किँदा भूकम्प आउँछ भने उनीहरु एक आपसबाट टाढिँदा त्यो खाली ठाउँ भर्न जमिनमुनी रहेको तातो माग्मा पृथ्वीको सतहमा आउने गर्छ । यसलाई हामी ज्वालामुखी विस्फोटन भन्छौँ ।

विश्वकै सबैभन्दा निर्दयी स्थान भनेर चिनिने इथोपियाको डानाकिल डिप्रेसन तीनवटा यस्ता प्लेटहरुको मिलनविन्दु रहेको स्थानमा अवस्थित छ । त्यही भएर त्यहाँ धेरै ज्वालामुखीहरु विस्फोट हुने गर्छन् ।

त्यहाँको वार्षिक औसत तापक्रम ३४.४ डिग्री सेल्सियस रहेको छ । यो विश्वकै सबैभन्दा गर्मी ठाउँहरु मध्येमा पर्दछ । त्यसमा पनि निकै कम पानी गर्ने र ज्वालामुखीले चिरा परेको जमिन र नुनको खानीले गर्दा त्यहाँ जीवनयापन गर्न निकै कठिन छ । तर, अफर जातीका लागि भने यो नै घर हो ।

वास्तवमा मानिसहरुले यस्तै अस्थिर भौगर्भिक स्थानहरुमा बसोवास गर्दै आएका छन् । उदाहरणका लागि पोम्पे सहरलाई नै लिऔँ । माउन्ट भेसुभियसमा भएको ज्वालामुखी विस्फोट हुँदा इटालीको यो प्राचिन सहर तातो लाभाको तल पुरिएको थियो । अहिले पनि धेरै सहरहरु ज्वालामुखी नजिकै बसालिएको छ । जस्तै, नापेल्स सहर माउन्ट भेसुभियसबाट मात्र ६ माइलको दुरीमा रहेको छ भने मेक्सिको सिटी पोपो काटेपेटल ज्वालामुखीबाट ४३ माइल टाढामात्र रहेको छ ।

सन् २०१५ मा प्रकाशित ग्लोबल भोल्कानो मोडल नेटवर्कमा प्रकाशित एक अध्ययन रिपोर्टमा पछिल्ला ४ सय वर्षमा ज्वालामुखीको प्रत्यक्ष चपेटामा परेर २ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । यो टोलीले ज्वालामुखीको सबैभन्दा धेरै जोखिममा रहेको देशमा इन्डोनेसियालाई राखेको थियो ।

सन् १८१५ मा सुमबावा टापुमा माउन्ट टामबोरा विस्फोट हुँदा ७० हजारले ज्यान गुमाएका थिए । जसले गर्दा त्यो वर्षमा उत्तरी गोलार्दमा गर्मी मौसम नै देख्न पाइएन । ज्वलामुखी विस्फोटनका कारण अस्थायीरुपमा मौसम नै बदलिएको थियो । जसले गर्दा भएको भोकमारी र रोगका कारण अझै धेरैले ज्यान गुमाए ।

सन् २०१० मा मात्र माउन्ट मेरापी विस्फोट हुँदा ३५० भन्दा बढीले ज्यान गुमाएका थिए । धेरैलाई विस्फोट अघि नै सुरक्षित स्थानमा सारिसकिएको हुँदा ठूलो हताहती हुन पाएन ।

तातो लाभा मात्र नभएर तातो मौसम पनि मानिसहरुका लागि त्यतिनै खतराको रुपमा रहेको छ । सन् २००३ मा तातो हावा र गर्मीका कारण युरोपमा ७० हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।

बिबिसी अर्थबाट

Reporter : हलेसी एफ.एम खोटाङ
Comment Box

ताराचन्द्र बस्नेत हलेसी एफएम , खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका...

खोटाङको बराहपोखरी गाउँपालिका र उदयपुरको चौडण्डिगढी नगरपालिकाबीचमा पर्ने सुनकोसी...

ताराचन्द्र बस्नेत, हलेसी एफएम भाद्र २ । खोटाङमा पहिलोपल्ट अत्याधुनिक...

ताराचन्द्र बस्नेत हलेसी एफएम खोटाङ ,चर्चित गायक धर्मराज पोखरेलले खोटाङका...

ताराचन्द्र बस्नेत,हलेसी एफएम न्युज डेस्क साउन २२ । २०७४ सालमा...

हलेसी एफएम संवाददाता ,खोटाङको बराहपोखरी गाउँपालिकामा फोनको अत्याधिक समस्या रहेको...

ताराचन्द्र बस्नेत हलेसी एफएम, श्रावन १८ । खोटाङमा हराईरहेका दुइ...

ताराचन्द्र बस्नेत हलेसी एफएम साउन ३,खोटाङ । खोटाङकी प्रबृत्ति राई ओखलढुंगामा...

ताराचन्द्र बस्नेत असार २७ खोटाङ । खोटाङकोे ऐसेलुखर्क गाउँपालिकाले आर्थिक...

२५ असार खोटाङ । खोटाङकी नेतृ दुर्गाजयन्ती राईलाई लैंगीक हिंसा...

नेपाली कांग्रेस खोटेहाङ गाउँपालिकाले १३ बुंदे मागपत्र गाउँपालिकामा...

ताराचन्द्र बस्नेत , असार ४ खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले...

ताराचन्द्र बस्नेत,खोटाड जेठ २९ ।जिल्लाको दक्षिणी भेगबाट दिक्तेलसम्म आइपुग्ने छोटो...

ताराचन्द्र बस्नेत, जेठ २१, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकालाई अर्थ मन्त्रालयले...

ओखलढुंगाको सुनकोशी गाउँपालिका १ स्थित भीरगाउँमा खानेपानीको हाहाकार मच्चिएको छ...

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले उपभोक्ताको साझेदारीमा बजार क्षेत्रमा जडान गरेका अधिकांश...

सी बी आर बिराटनगर को आयोजना अपाङसंघ खोटाङको व्यावस्थापन र...

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुंगामा एक पुरुष मृत फेला...

मन्त्रिपरिषद्को बैठक सकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले...

काठमाडौं- सरकारले आगामी शुक्रबार सातवटै प्रदेशमा प्रमुखको मनोयन गर्ने तयारी...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवक्तामा विश्व प्रकाश...

अदालतको अवहेलना अभियोग लगाइएका प्राडा गोविन्द केसीसँग मंगलबार बयान लिइएको...

खोटाङ, ४ मंसिर : नेपाली कांग्रेस खोटाङ प्रदेश (ख) का...

खोटाङ, नेपाली कांग्रेस खोटाङका नेता तथा प्रदेश ‘ख’ का उम्मेद्वार...

नेपाली कांग्रेसको चुनावी अभियानको क्रममा प्रतिनिधि सभाकी उम्मेद्वार सरस्वति वजिमयले...

कार्तिक २०, २०७४(झापा २ मा कांग्रेसका सभापति उद्धव थापाका लागि...

प्रदेश नम्बर १ अन्तर्गतको खोटाङ जिल्लाको प्रदेश ख मा नेपाली...