ताजा समाचार
खोटाङमा दुर्लभ रातो माछा निकालिरहेका दुई जना पक्राउ, || साकेला गाउपालिकाका ४ युवाद्धारा ड्रागन फ्रुटको खेती सुरु, || एकल महिला तथा आमा समुहलाई बाखा् वितरण, || वन्यजन्तुपीडित १६ जना किसानले पाए आर्थिक राहत || गाईघाट बजार डुबान , स्थानीयमा छायो त्रास, || दलित संघर्ष समितिको दिक्तेलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न , || देम्बा डांडामा मुक्ति मण्डल गुम्बा चैत्य निर्माण हुदै, || खोटाङमा विध्युत अवरुद्ध, सेवाग्राहीहरुको काम प्रभावित, || लिफ्टिङ प्रविधिको प्रयोगबाट भण्डारेघाटमा आइपुग्यो सुनकोशीको पानी, || दिप्लुङ निगालबासमा भयो पहिलोपटक केन्द्रिय विद्युत उद्घाटन, स्थानिय भए हर्षित, || बाकाचोलमा स्थानियसँग समन्वय नगरी आयोजना सञ्चालन गर्न खोज्दा स्थानियहरु उत्रिए || खोलामा बाढी आउदा उदयपुरको मैङ्खुमा धानबालीमा पुग्यो क्षेति, || नेपाली कांग्रेसको प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला तदर्थ १७ सदस्य समिति || देम्बाडाँडा पुग्ने पदमार्ग निर्माण कार्य सम्पन्न || दिप्रुङ चुइचुम्मा गाउपालिकामा प्रत्येक विद्यालयको कार्य तालिका निर्माण गर्ने तयारी, || केपिलासगढी गाउपालिकाले विपन्न,ज्येष्ठ नागरिक र दलितलाई कम्बलसँगै आर्थिक सहयोग प्रदान || लिखु गाउँपालिकाका एक युवक कोरोनामुक्त, जिल्लामा संक्रमितको संख्या ४ पुग्यो, || पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परे || याम्खामा बाँदरको आतंकबाट किसानहरु हैरान, ७ घर विस्तापित, || उदयपुरमा जंगली हात्तिको आतंक, || सोलुखुम्बु :ढोका छोएको निहुँमा दलित बालक कुटपिट गरेको कसुरमा दुई || दिप्रुङ गाउपालिकाले मासिक १ हजारका दरले पोषण भत्ता वितरण गर्दै, || खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान, || ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन सेवा ठप्प, स्थानिय सेवाग्राही बन्दै || दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा आप्रवासीहरुको सञ्जाल गठन, || त्रिधार्मिक स्थल हलेसी गुफाको थप संरक्षण गर्ने तयारी, || खोटाङको दुइ स्थानिय तहका १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, || खोटेहाङमा जडिबुटीे परिचयात्मक कार्यक्रम सम्पन्न, || पत्रकार दमन राईले पाएको खेलकुद पुरस्कार ,राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग || खोटाङ प्राकृतिक प्रकोप सहयोगकोषद्धारा अग्नि पिडितलाई आर्थिक सहयोग प्रदान, || दिक्तेलमा १० बेडको‘होल्डिङ’ सेन्टर बनाइयो, || खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण, १० जनामा कारोना पुष्टि, || सोलुखुम्बु :रेडक्रस सोलुखुम्बुको एम्बुलेन्स २ बर्ष देखि बेबारिसे । || उदयपुर वोक्सेका एक वद्ध दुइहप्तादेखि वेपत्ता , परिवार चिन्तित, || सोलुखुम्बु:ढोका छोएको निहूँमा कुटपिट गर्नेलाई पक्राउ गर्न दलित अगुवाको माग || दिक्तेलको थप एक महिलामा कोरोना पुष्टि, संक्रमित रहेको क्षेत्र शिल, || आज असार १५ तथा राष्ट्रिय धान दिवस, सांकेतिक रुपमा मनाइँदै, || आज असार १५ तथा राष्ट्रिय धान दिवस, सांकेतिक रुपमा मनाइँदै, || खोटाङमा थप ४ जनामा कोरोना संक्रमण देखियो, || खोटाङमा पनि देखियो सलह किरा, यसको नियन्त्रण कसरी गर्ने त ||

खोटाङमा पनि देखियो सलह किरा, यसको नियन्त्रण कसरी गर्ने त

०, ०, Khotang



हलेसी एफ एम रमन वन असार १४ खोटाङ।भारतबाट तराई प्रवेश गरेको सलह किरा खोटाङका विभिन्न स्थानमा पनि देखिएको छ। ठूलो समूहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा फाट्ट–फुट्ट मात्रामा देखिएको हो।  शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ।   वर्षा भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माल्खुमा घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो। 

यस्तै, जिल्लाको प्रमुख व्यापारीक केन्द्र दिक्तेलको पशल, विद्यालय, साथै बुइपा लगायतका स्थानहरुमा  सलह किरा फेला परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत धर्मेन्द्र कलौनीले जानकारी दिनुभयो ।
परिचय
मरुभूमिमा पाइने सलह शिश्टोसर्का ग्रीगारिया, एक्रिडिडे परिवारको छोटो एन्टेना भएको फट्यांग्राको एक प्रजाति हो । यो जीवन बृद्धिको अवधिभरमा अण्डा, निम्फ (होपर) र वयस्क गरी तीन अवस्थाबाट गुज्रिन्छ । यस कीराका दुई भिन्न प्रवृत्ति हुन्छन् । कीराहरु थोरै संख्यामा भएकोबेलामा यिनीहरु एकल प्रवृत्तिका हुन्छन भने यिनीहरुको संख्यामा बृद्धि र आहारा कम हुँदै जाँदा एकिकृत हुँदै गएर झुण्डमा परिचालन हुने प्रवृत्तिमापरिर्वतित हुन्छन् । यसरी यिनीहरुको प्रवृत्तिमा परिवर्तन हुन केही पुस्ता लाग्दछ ।

नेपालमा मरुभूमिको सलहको एकल प्रवृत्तिको वयस्क सन् १९६२ मा गोदावरी र काठमाण्डौबाट संकलन गरी आधिकारीक पहिचान गरिएको थियो ।त्यसैबर्ष काभ्रेको पनौतीमा लगाइएको मकैबालीमा यस सलहको प्रकोप देखापरेको थियो ।

अहिलेको सन्दर्भमा यस सलहको सन् २०१८ मा अरेबियनप्रायद्वीपमा गर्मी मौसममा शुरु भएको बंशबृद्धीबाट २०१९ को पूर्वार्धमा यमन, साउदी अरेबीया र इरान हुँदै उत्तरार्धमा भारत र पाकिस्तान सीमाक्षेत्रमाप्रवेश गरी यस बर्षको बसन्तमा अनुकुल मौसमका कारण उक्त स्थानमा विभिन्न अन्तरालमा पुनः बंशवृद्धि भई बिशाल झुण्डहरु तयार भएको हो ।

झुण्ड निहीत अपरिपक्व वयस्कहरु पूर्वतर्फबाट राजस्थानमा प्रवेश गरेको र हालैको अम्फान आँधी पछिको पश्चिमी वायुको सहारामा मध्य प्रदेश रमहाराष्ट्रको पूर्वी भाग हुँदै अगाडि बढिरहेको छ ।

राजस्थानमा जूलाइ महिनासम्म पटक पटक यसको नयाँ झुण्डहरु आइरहने र यसबाट भारतको बिहारर उडिसासम्म आक्रमण हुन सक्ने अनुमान गरिएको छ । तर मनसुनको शुरुआत सँगै पूर्वबाट पश्चिमतर्फ बहने मनसुनी हावाले गर्दा यी झुण्डहरु पुनःराजस्थानतर्फ मोडिइ गर्मी मौसमको बंशबृद्धी शुरु गर्ने पूर्वानुमान रहेको छ ।

 सलह विज्ञ डा. किथ क्रिसम्यानका अनुसार उक्त सलहको हूलउत्तर बाट दक्षिण तर्फ आउने क्रममा विखण्डित भई साना साना सलहका हूलहरु भारतका अन्यत्र भाग तर्फ मोडिएकोले हाल नेपाल भित्रिने सम्भावनान्यून भएको बुझिएको छ ।

तथापि यसको स्थानान्तरणमा महादेशीय हावाको प्रभाव पर्नेे भएकोले नेपालमा मरुभूमिको सलहको प्रवेश सम्भावनाकोसन्दर्भमा तत्सम्बन्धित पूर्वाअनुमान वैज्ञानिक आँकलन, अनुगमन र अध्ययन गर्नुपर्ने देखिन्छ ।
पहिचान तथा स्वभाव.
यस कीराको अवस्था, यसको एकल र झुण्डमा रहने प्रवृत्ति अनुसार रड्ड पनि फरक फरक हुन्छन् । झुण्डमा रहने प्रवृत्तिका सलहको पहिलो अवस्थाकोनिम्फ कालो हुन्छ भने दोस्रो देखि पाँचौ अवस्थाको निम्फ कालो÷पँहेलो रड्डका हुन्छन् ।

अपरिपक्व वयस्क गुलाबी हुन्छ र परिपक्व बयस्क पँहेलो रड्डकोहुन्छ भने एकल प्रवृतिका सलहको वयस्कको रड्ड खैरो हुन्छ । परिपक्व अवस्थाको बयस्क झण्डै चोर औंला जत्रो लामो हुन्छ । सलहको झुण्डहरु दिनकोसमयमा हावाको वहावसँगै प्रतिदिन १५० किलोमीटर टाढासम्म उड्न हूलवनाएर सक्दछन् ।

सूर्यास्त हुँदा सलहले रुख बिरुवा लगायतका स्थानहरुमाआश्रय लिन्छन् र बिहान सूर्योदय पछि १–२ घण्टा घाम तापेर त्यसपछि सकृयभई नजिकैको आहारा (कुनैपनि हरियो वस्तु खान्छन् । त्यसपछि मात्रपुनः लामो उडानमा लाग्दछन् ।

नेपालमा पाइने अन्य प्रजातीका फट्यांग्राहरु,
एकल प्रवृत्तिको बयस्क अवस्था झुण्ड प्रवृत्तिको अपरिपक्व बयस्क अवस्था झुण्ड प्रवृत्तिको परिपक्व बयस्क अवस्थाक्षतिदिनमा एउटा कीराले आफ्नो औसत शरीरको तौल बरावरको करिब २ ग्राम खान्छ ।

। औसतमा एउटा सानो सलहको झुण्ड (एकटन बराबरकोले एक दिनमा बढिमा १० हात्ती वा २५०० मानिसले खाने आहारा बराबरको वनस्पतिहरु नष्ट गर्दछन् ।
जीवन चक्रः
मरुभूमिमा यसले उपयुक्त चिस्यान भएको नरम वालुवामासतहभन्दा ५—१५ स.े मी. भित्र पर्नेगरी अण्डा पार्छ ।

यसलेचामलको दानाको आकारका अण्डा समुहमा पारी कोसा बनाउछ ।झुण्ड बनाउने प्रवृतिको पोथीले एउटा कोसामा बढीमा ८० र
एकल प्रबृतिका पोथीले ९०—१६० सम्म अण्डाहरु पार्दछन् ।

साधारणतया एउटा पोथीले ६ देखि ११ दिनको फरकमा तीनपटकसम्म अण्डा पार्दछ । नेपालमा सलहको बंशवृद्धिका लागिमरुभूमिको जस्तो उपयुक्त वातावरण नभएकोले बंशवृद्धि गर्नसक्दैन । तर नेपालमा देखिएको एकल प्रवृत्तिको सलहलेसामान्य फट्याङ्ग्रा जस्तै वंशवृद्धि गर्न सक्दछ ।झुण्डमा रहने सलहको अण्डाबाट बच्चा निस्कनको लागि सरदर दुइ हप्ता लाग्दछ । अण्डाबाट निस्केको बच्चालाइ निम्फ (होपर) भनिन्छ ।

निम्फहरु
सरदर ६ हप्ताको समयमा ५ देखि ६ पटक काँचुली फेरी बयस्क हुन्छन् । अपरिपक्व वयस्क अवस्था नै यस कीराको सबैभन्दा हानिकारक अवस्था
हो र यो धेरै लामो दुरीसम्म उड्न सक्छ । बयस्कलाई अण्डा पार्नको लागि परिपक्व हुन साधारणतया ४ हप्ता लाग्दछ । यसरी सरदर ३ महिनामा
यसको जीवन चक्र पुरा हुने गर्दछ ।
मरुभूमि सलहका विभिन्न अबस्थाहरु
व्यवस्थापन
यसको प्रकोप भएको अवस्थामा सफल व्यवस्थापनको लागि रणनैतिक कार्यंयोजनाहरु जस्तैः एकीकृत व्यवस्थापन, आर्थिक समन्वय, अनुसन्धान,संस्थागत कार्य विभाजन, प्रभावकारी श्रोत साधनको उपयोग र अन्तरराष्ट्रिय सहयोगको आवश्यकता पर्दछ ।

यस कीराको नियन्त्रणको लागि प्रकोपकोविगविगि भएका क्षेत्रहरु जस्तै अफ्रिका तथा दक्षिण पूर्वी एशियाका देशहरुमा आन्तरिक तथा अन्तरदेशीय संस्थाहरु तथा खाद्य तथा कृषि संगठन ९ँब्इ०लगायतका अन्र्तराष्ट्रिय संस्थाहरुसँगको सहकार्यमा यसको स्थानान्तरणको अनुगमन र नियन्त्रणहरुबारे व्यापक रुपमा काम हुने गरेको छ ।

यस कीराकोआगमनको जोखिम र सम्भावित फैलावट हेरी नेपालमा पनि यस्ता संस्थाहरुको सहकार्यमा यो कीराको अध्ययन र अनुसन्धान कार्य गर्नु पर्ने हुन्छ ।तथ्यगत पूर्वानुमानको आधारमा यसको नियन्त्रणको तयारी गर्नु पर्ने भएकोले पूर्वानुमान गर्ने क्षमताको विकास गर्न र नियन्त्रणका पूर्वाधारहरुको विकासगर्न पनि जरुरी देखिन्छ ।

तत्काल यस कीराको बारेमा जनमानसमा यथार्थ जानकारी गराउने, चेतना जगाउने, अन्य फट्यांग्रा र यस कीराको फरक
छुट्याउन सक्ने क्षमता विकास गर्नु पर्ने तथा भ्रमित र आतंकित नभई सजग हुनुपर्ने जरुरी देखिन्छ ।
तत्कालीन नियन्त्रण
मानवको पहुँच भन्दा धेरै टाढा मरुभूमिमा मात्र वंशवृद्धि गर्ने, अत्यन्त चलायमान र वयस्कको विखन्डित झुण्डको रुपमा मात्र नेपाल आउने सम्भावना
भएकोले एकीकृत व्यवस्थापनको विधि हाम्रो परिप्रेक्षमा सान्दर्भिक छैन । सलहको झुण्ड नेपालमा प्रवेश गरेको अवस्थामा तत्काल यसको नियन्त्रणका
लागि बिषादीको प्रयोग बाहेक अन्य धेरै विकल्पहरु छैनन् ।
भौतिक नियन्त्रणः
á सलह धेरै पोषिलो युक्त कीरा भएकोले जालोको पासोमा संकलन गरी दाना बनाउनका लागि प्रयोग गर्न सकिन्छ ।
á सलह आउँदै गरेको अवस्थामा कुनै पनि माध्यम जस्तै आवाज, धुवाँ, आदिको प्रयोगबाट बस्न वाधा पु¥याइ झुण्डलाइ अन्यत्रै मोडिदिने ।
á नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल वा जालीले छोपेर पनि बाली जोगाउन सकिन्छ ।
á प्लाष्टिक घर भित्रको बालीलाइ वरिपरिबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ ।
विषादीे प्रयोगबाट नियन्त्रणः
बयस्क अवस्थामा एकाएक स्थानान्तरण गर्दै आउने भएकोले सलह नियन्त्रणको प्रभावकारी उपाय बिषादीको प्रयोग नै हो । तत्काल असर गर्ने
किसिमको विषादीे र छर्कदा स्पे्रयरबाट मिहिन थोपा प्रवाह गर्न सक्ने एटोमाइजरको प्रयोग यसको लागि प्रभावकारी हुन्छ । विषादी प्रयोग गरी सलहको
झुण्डलाई प्रभावकारी तरीकाले नियन्त्रण गर्न सबभन्दा उपयुक्त समय भनेकै विहान सूर्योदय पश्चात केही समय (१ देखि २ घण्टा) घाम तापेर बसेको
अवस्था हो । यसरी विषादी प्रयोग गर्दा कीराको शरीरमा पर्ने गरी छर्कनु पर्दछ । हाल सम्मको जानकारी अनुसार सलहमा बिषादी पचाउन सक्ने
क्षमताको विकास भएको छैन ।सलह नियन्त्रणका लागि एकै पटक धेरै क्षेत्रफलमा बिषादीको प्रयोग गर्नुपर्ने भएकोले पानी मिसाउन नपर्ने ग्ीख् ९ग्तिचब ीयध ख्यगिmभ० संविन्यास को
बिषादी प्रयोग गर्ने गरिन्छ । यो संबिन्यासको प्रयोग गर्दा १ हेक्टर (२० रोपनी) क्षेत्रफलमा ०.५ लिटर देखि ५ लिटर बिषादीको आवश्यक पर्दछ । यसका
लागि एटोमाइजर जडित बिशेष किसिमको नोजल भएको स्प्रेयर प्रयोग गर्नुपर्दछ । व्यापक क्षेत्रमा बिषादी प्रयोग गर्न मोटर गाडी, ड्रोन, हेलीकप्टर वा
जहाजको प्रयोग गर्नुपर्ने हुन्छ ।
हामीकहाँ यस प्रकारका उपकरण र ग्ीख् संविन्यासको बिषादी तत्काल उपलब्ध नभएकोले सलहको प्रकोप भएमा संस्थागत एवं सामुहीक रुपमा
अन्य प्रकारका संविन्यासित विषादीहरुको प्रयोगबाट यसको व्यवस्थापन गर्नु पर्दछ । यसका लागि निम्न तालिका बमोजमका बिषादीहरु मध्ये कुनै एक
लाई उल्लेखित परिमाणमा छर्नु पर्दछ ।

विषादीको सामान्य नाम खास विष÷हेक्टर विषादी÷लिटर पानी विषादी÷हेक्टर तयारी झोल÷हेक्टर
मालाथियन ५०५ ई. सी. ९२५ ग्राम ३ मि.ली. १८५० मि.ली. ६०० लिटर
ल्याम्डा साइहेलोथ्रीन ५५ ई.सी. २० ग्राम ०.७० मि.ली. ४०० मि.ली. ६०० लिटर
क्लोरपाइरिफोस २०५ इ.सी. २२५ ग्राम १.८८ मि.ली. ११२५ मि.ली. ६०० लिटर
डेल्टामेथ्रीन २.८५ ई.सी. १२.५ ग्राम ०.७५ मि.ली. ४५० मि.ली. ६०० लिटर
डेल्टामेथ्रीन ११५ ई.सी. १२.५ ग्राम ०.२० मि.ली. १२० मि.ली. ६०० लिटर

नोटः बिषादी प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरनको प्रयोग गर्नुका साथै बिषादीको सूचकपत्रमा भएका निर्देशनहरु अनिवार्य रुपमा पालना
गर्नुपर्दछ । व्यापक रुपमा बिषादी प्रयोग गर्नुपर्ने भएकोले वालवालिका र पशुवस्तु लगायतको सुरक्षणका लागि विशेष सावधानी अपनाउनु पर्दछ । विषादी
प्रयोग पछि सलहहरु खाना तथा दानाको रुपमा प्रयोग गर्नु हुदैन ।

थप जानकारीको लागि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन, केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवन वा कीट विज्ञान महाशाखा,
राष्टिय कृषि अनुसन्धान प्रतिष्ठान, खुमलटार, ललितपुरमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Reporter : रमन वन
Comment Box

रमन वन असार २८ खोटाङ ,खोटाङको धार्मिक तथा पर्यटकीय स्थल...

रमन वन असार २८ खोटाङ-खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले...

रमन वन असार २७ खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एकल महिला...

रमन वन असार २७ ओखलढुङ्गा, ओखलढुंगाका वन्यजन्तुपीडित १६ जना किसानले...

रमन वन असार २७ उदयपुर, बर्खामास सुरु भएसँगै लगतारको पानीले...

रमन वन असार २७ खोटाङ,खोटाङको दिक्तेल बजारमा दलित संघर्ष समितिले...

दावा जाङ्बु शेर्पा असार २७ खिजीदेम्बा-सय पर्यटकीय गन्तव्य सूचिमा परेको...

रमन वन असार २७ खोटाङ, खोटाङमा विध्युत अवरुद्ध भएको छ...

रमन वन असार- २६ खोटाङ-सुनकोशीको पानी लिफ्टिङ प्रविधिबाट बतासेको भण्डारेघाटको...

जिवन चाम्लिङ राई असार २६ खोटाङ, खोटाङको जन्तेढुंगा गाउपालिकास्थित...

रमन वन असार २६ खोटाङ,खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बादेलस्थित बिस्काम खोलाको...

रमन वन -असार २५ खोटाङ, मनसुन सक्रियभएसँगै दिन रात...

जिबन चाम्लिङ राई असार २५ खोटाङ,खोटाङमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था...

दावा जाङ्बु शेर्पा- असार २३-ओखलढुङ्गा -खिजीदेम्बा नेपाल सरकाले घोषणा...

रमन वन असार २३ खोटाङ, खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिकाले शिक्षा क्षेत्रलाई...

रमन वन हलेसी एफ एम असार २३ खोटाङ, खोटाङको केपिलासगढी...

रमन वन असार २३ ओखलढुंगा, ओखलढुंगाको लिखु गाउँपालिकाका एक...

रमन वन असार २३ उदयपुर,नेत्र बिक्रम चन्द ‘बिप्लव’ समूहका पूर्व...

रमन वन असार २३ खोटाङ, खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान...

रमन वन असार २३ उदयपुर, उदयपुरमा जंगली हात्तिको आतंक बढेको...

सुबास दर्नाल, असार २२-सोलुखुम्बु - छुवाछुत कसुरमा सोलुदुधकुण्ड नगरपालिका ९...

रमन वन असार २२ खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाले शिशु...

रमन वन असार २२ खोटाङ, खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान...

रमन वन असार २२ खोटाङ,खोटाङको ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन ...

रमन वन असार २० -खोटाङ,खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाबाट रोजगारीका लागि...

रमन वन असार २० खोटाङ,विश्वप्रशिद्ध त्रिधार्मिक स्थलको रुपमा परिचित हलेसी...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउपालिकामा ९ जनाको...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकामा स्थानिय...

रमन वन असार २० खोटाङ, खोटाङका पत्रकार दमन राईले पुरस्कार...

रमन वन, असार २० खोटाङ,खोटाङको खोटेहाङ गाउँपालिकाका एक अग्नि पिडितलाई...

सुनिल विष्ट असार २० खोटाङ,खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परिक्षणको रिपोर्ट...

रमन वन,असार १८ खोटाङ-खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण गरिएको...

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु, नेपाल रेड क्रस सोसाईटी...

रमन वन असार १७ खोटाङ,उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं....

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु- सोलुखुम्बुका दलित समुदायका अगुवाहरुले...

हलेसी एफ एम रमन वन असार १६ खोटाङ,खोटाङको दिक्तेल रुपाकोट...

रमन वन -असार १५ हलेसी एफ एम- खोटाङ, आज राष्ट्रिय...

रमन वन असार १५ हलेसी एफ एम खोटाङ, आज राष्ट्रिय...

रमन वन हलेसी एफ एम असार १४ खोटाङ, खोटाङमा चार...

हलेसी एफ एम रमन वन असार १४ खोटाङ। भारतबाट तराई...