रमन वन श्रावन ११ खोटाङ, अधिक रक्तश्राव भएपछि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलीकोप्टरमार्फत उद्धार गरेर काठ्माण्डौं लगिएको छ ।
बर्थिङ सेन्टरमा जुम्ल्याहा बच्चालाई जन्म दिए पनि रक्तश्राव नरोकिएकाले गाउँपालिकाको वडा नं. ५ सछितापोखरीकी रेनुका वन गिरीलाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरबाट काठ्माण्डौं पठाइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।
शनिबार सछितापोखरी बर्थिङ सेन्टरमा जुम्ल्यहा बच्चालाई जन्म दिएकी रेनुकाको अधिक रक्तश्रावका कारण शारीरिक अवस्था नाजुक बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलीकोप्टरबाट उद्धार गरिएको हो ।
हाल दुई बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मीको भनाई छ ।