रमन वन हलेसी एफएम १० भाद्र खोटाङ -खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङलाई ‘शिल’ गरिएको छ ।जिल्ला अस्पतालले भदौ ४ गते रेफर गरेपछि पाटन अस्पताल पु¥याइएकी १६ वर्षीय बालिकालाई कोरोना संक्रमण भएको पूष्टि भएपछि अर्को व्यवस्था नभएसम्मका लागि वडालाई ‘शिल’ गरिएको हो ।
ज्वरोबाट बिरामी परेकी बालिकालाई भदौ ८ गते कोरोना पोजिटिभ देखिएपछि संक्रमित बालिकाको परिवारका सदस्य, घुलमिल भएका छिमेकी, बिरामी ओसार–पसारमा सहयोग गरेका आफन्त तथा शिक्षक लगायत १७ जनाको पिसिआर परिक्षणका लागि बुधबार नमूना संकलन गरिएको र सो को रिपोर्ट नआएसम्मका लागि बुधबारदेखि वडालाई ‘शिल’ गर्ने निर्णय गरिएको जनाइएको छ ।