रमन वन Bhadra-22-हलेसी एफएम खोटाङ“स्वच्छ र सक्षम निजामती प्रशासनःसमृद्धि र सुशासन” भन्ने मुल नाराका साथ खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले १७ औ निजामाती सेवा दिवस २०७७ सामाजिक दुरी कायम गर्दै मनाएको छ ।
गाउपालिका अध्यक्ष भुपेन्द्र राईको प्रमुख आतिथ्यतामा तथा उपाध्यक्ष सपना राईको विशिष्ट आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद दाहालले गर्नुभएको थियो।
पानसमा वत्ति बालेर कार्यक्रमको उद्धाटन गरिएको जनाइएको छ । सोमबार नै सोही दिवसको अवसरमा गाउँपालिकाको स्थापना काल देखी नै स्वास्थ्य संयोजकको रूपमा कार्यरत मुस्ताक अहमद मन्सुरीलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गर्दै निजामति दिवश मनाइएको गाउपालिकाको सुचना अधिकृत मणिचन्द्र राईले जानकारी दिनुभयो।
गाउँपालिकाको समृद्धि, विकास र अग्रगमनको लागि कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा अतुलनीय योगदान पु¥याएको तथा कोभिड(१९ को महामारी र बढ्दो संक्रमण नियन्त्रणका लागि गाउँपालिकाले संचालन गरेका कार्यक्रमहरूलाई सफल बनाउन सकृय रूपमा खटिनु भएकोमा मन्सुरीलाई नगद रु. १० हजारका साथमा प्रशंसापत्र प्रदान गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताउनुभयो ।
कार्यक्रममा वडा कार्यलयका कर्मचारी, स्वास्थ्य कार्यालयका कर्मचारीहरु लगायत गाउपालिकामा कार्यरत कर्मचारीहरुहरुको उपस्थिति रहेको थियो । भविस्यमा अझ स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवाको अपेक्षा सहित गाउँपालिकाले मंसुरीको उत्तरोत्तर प्रगतीको कामना समेत गरेको पालिका उपाध्यक्ष सपना राईले बताउनुभयो ।