रमन वन हलेसी एफएम २३ भाद्र खोटाङ, बहुउद्धेश्यीय भवन निर्माणको लागि मंगलबार दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका दिक्तेलले अन्तरक्रियात्मक छलफल गरेको छ ।
सदरमुकाम दिक्तेलस्थित सरस्वती मावीमा भएको छलफलमा सरस्वती नमुना माध्यामिक बिध्यालय दिक्तेलको नमूना बिध्यालय मापदण्ड २०७४ संशोधित निर्देशिका २०७६ अनुसार पूर्बाधार विकास शिर्षक अन्तर्गत विनियोजित बजेट खर्च गर्नुपर्ने भएकोले सरोकारवालाहरुका वीच नमूना बिध्यालय बिकास गुरुयोजना निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
छलफलमा नगरप्रमुख दिपनारायण रिजाल तथा उपप्रमुख वणादेवी राई, वडाध्यक्ष टंकप्रसाद आचार्य, विव्यास लगायतको उपस्थिति रहेको नगरपालिकाका राजैतिक सल्लाहकार कमल ढकालले जानकारी दिनुभयो ।
साथै छलफलको निष्कर्षबाट पुर्बाधार बिकास अन्तरगत रु १ करोड ५० लाख रकम बहुउद्धेश्यीय भवन निर्माणको लागि खर्च हुने जनाइएको छ । यस्तै भौतिक तथा शैक्षिक क्षेत्रको बिकास गर्नका लागि नेपाल सरकारबाट स्थानीय सरकारले बजेट कार्यान्वयन गर्नेगरी लगातार ५ बर्षसम्म आवश्यक रकम उपलब्ध गराउने छ ।