रमन वन भाद्र २९ हलेसी एफएम खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ । जीएसएम र सीडीएमए टेलिफोनको टावरलाई केन्द्रीय विद्युत् प्रशारण लाइनमा जडान गरेपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको हो ।
गाउँपालिकाका उपाध्यक्ष हिरा कुमारी वन गिरीका अनुसार सम्बन्धित निकायमा पटक पटक अवरुद्ध सेवा सुचारुको लागि आग्रह गरेपश्चात विद्युत् अभावमा टेलिफोन गर्न दिउँसोको घाम पर्खिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान भएपछि अहिले जुनसुकै समयमा टेलिफोन सम्पर्क गर्न सकिने बताइएको छ ।
बाक्सिलास्थित धिर्नुडाँडाको करिब ५ महिना अघिदेखि अवरुद्ध टेलिफोन टावर सञ्चालनमा आएपछि जिल्लाको उत्तरी क्षेत्रका टेलिफोन सेवाग्राहीलाई सहजता भएको छ ।