रमन वन ६ आश्विन खोटाङ-खोटाङको ऐसेलुखर्क गाउँपालिका ५ रिब्दुङ वनगाँउमा राष्ट्रिय प्रसारण लाईनको विधुत उद्घाटन गरिएको छ ।
आज एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य बिशाल भट्टराईले रिबन काटेर बत्तीको स्विच अन गरी राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।
लामो समयदेखि अन्धकारको सामना गरिरहेका सो स्थानका स्थानियहरुलाई मध्यनजर गर्दै नेपाल बिधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रको लागतमा गाँउपालिकाको समन्वय मार्फत विद्युत विस्तार गरिएको गाउपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा माननिय भट्टराई सहित, गाँउपालिकाका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष उष्पकला भुजेल र खोटाङ जिल्लाको पुर्व सभासद दुर्गा जयन्ती राईको उपस्थिती रहेको स्थानिय खगेन्द्र वनले जानकारी दिनु भयो । साथै घर घरमा विद्युत बल्न थालेपछि स्थानियमा खुशी छाएको छ ।