ताजा समाचार
आज विजया दशमीको महत्वपूर्ण दिन ,कोरोना कहरवीच नेपालीहरु आत्म || खोटाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी ः समुदायस्तरमा संक्रमण || आफ्नै घरमा दशै मनाउन पाउदा काशीको परिवारमा हर्षको लहर || दशैँको आठौँ दिन आज महाअष्टमी पर्व, कोरोनाका कारण छैन शक्तिपीठहरुमा || उज्यालो नगर अभियानको क्रममा राजापानीको भाडवेसी र मंसिरेमा धपक्कै वत्ति || रेडियो खोटाङको सञ्चालनसँगै खोटाङ मा अब तीन एफएमहरु सञ्चालनमा || खोटागं मा कोरोना संक्रमित संख्या ३१ पुग्यो ... || असोज २९ देखि खोटाङसहित तिन जिल्लामा विध्युत अवरुद्ध हुँदै, || पौडी खेल्ने क्रममा जुवु-खन्याखर्कका एक युवक वेपत्ता, || हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने || हिमाल मिडिया ग्रुपद्धारा वास्थलामा विविध कार्यक्रम सम्पन्न, || महेन्द्रोदोय माध्यामिक विध्यालय याम्खामा फोहोर मैला व्यवस्थापन कार्यक्रम || महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक वृद्धालाई आर्थिक संकलन गरी उपचारमा || ट्रयाक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृतु , एक गम्भिर || खोटाङमा थप दुई प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी, || दिप्रुङचुइचुम्मा गाउँपालिकाद्धारा घर विहिन एक महिलालाई आर्थिक सहयोग प्रदान, || केपिलासगढीमा एक वृद्धा मृत फेला, || सडकआश्रित महिलाको उद्धार || मकै जोन खोटाङले २ करोड १० लाखको कृषि कार्यक्रम सञ्चालन || शुनौलो टोलमा कृषक समुह गठन, || एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना , || सोलुखुम्बु : सोलुखुम्बुमा चिहान पनि उत्खनन हुन थाल्यो,कस्ले ग¥यो त || प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा भयो अनियमितता, १२ लाख बजेट || दुधकोशीको पानीबाट ७० मेघावट विद्युत् उत्पादनका लागि अनुमति प्राप्त, बर्खुघाटमा || “आँसु कविता” लेखक : सुस्मा बस्नेत [संयत ] || “मेरो देश”अहिले कता हिँड्दै छ ? || राष्ट्रीय मदरसा संघ नेपालद्वारा प्रहरी निरीक्षक पौडेललाई सम्मान सहित बिदाई || कोरोना संक्रमित मुक्त भयो खोटाङ, हालसम्म कुन स्थानिय तहमा कति || इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पौडेललाई प्रेस क्लबद्वारा बिदाई, || संयुक्त आवाज परिबर्तन समाजद्धारा बाँझेच्यानडाँडाका एक दम्पत्तिलाई आर्थिक सहयोग प्रदान, || नेता केसीले गाउँमा लगेको विद्युत पोल गाउँपालिका अध्यक्षद्धारा लुटियो, सर्बोच्चद्धारा || साउदी अरबको ९०औँ नेशनल डे को उपलक्ष्यमा मौलाना मशहूद र || वनगाँउमा राष्ट्रिय प्रसारण लाईनको विधुत विस्तार,स्थानिय भए खुशी, || काङ्ग्रेस सोलुखुम्बद्धारा थुलुङ दुधकोशी गाउपालिकाको आयव्याय अनुगमन गर्ने तयारी, || स्व :गणेशमान सिंहको २३ औं स्मृति दिवस धुमधामका साथ मनाए || सरकारको काम जनताको विचमा नेकपा महराजगंज पुर्याउने । || कपिलवस्तुमा राष्ट्रिय दलित पत्रकार संघ समिति गठन , || उदयपुरमा चार वर्षिय बालिकामाथि बलात्कार, || सोल्मामा गोठ सुधार सम्बन्धि कार्यक्रम कार्यान्वयनमा आयो, || मन्दिरको बजेट मनोमानी रूपमा अन्तै गाभेको प्रति हिन्दू महासंघको आपत्ति, ||

नेता केसीले गाउँमा लगेको विद्युत पोल गाउँपालिका अध्यक्षद्धारा लुटियो, सर्बोच्चद्धारा

आश्वीन १०, २०७७, Necha



रमन वन १० आश्विन हलेसी एफएम खोटाङ-सर्बोच्च अदालतले हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका लागि भनी नेपाली कांग्रेसका नेता एवं पूर्बमन्त्री बलबहादुर केसीले आफ्नै पहलमा किनेका १५० थान विद्युत पोल अहिले जुन अबस्थामा छन् त्यहि अबस्थामा राख्नु भनी बिपक्षीका नाममा आदेश जारी गरेको छ।

वर्षौदेखि विद्युत पोल अभाबमा अध्यारोमा परेका गाउँलाई उज्यालो बनाउन व्यक्तिगत पहलमा किनेर लैजादै गरेका १५० थान पोल प्रशासनसँगको मिलेमतोमा नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलासहितको समूहले लुटेर आफूखुसी बाड्न लागेपछि व्यक्तिगत सम्पत्ति अहिले जुन अबस्थामा छ त्यहि अबस्थामा राखी पाउँ भनी कांग्रेस नेता केसीले असोज ४ गते दायर गरेको मुद्धाको सुनुवाई गर्दै सर्बोच्चले अन्तरिम आदेश जारी गरेको हो।

गाउँपालिकाको पत्रका आधारमा पछिल्लो समय भदौ ४ गते प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय, गाउँपालिका कार्यालयसमेत मिली नेकपा कार्यकर्ताको मिलेमतोमा गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको अगुवाईमा कार्यालयले बिभिन्न व्यक्ति तथा निकायलाई रोहबरमा पोल बितरण गर्ने निर्णय गरेपछि आफूले लिखित वा मौखिक रुपमा ती पोल कसैलाई पनि प्रयोग गर्न अनुमति नदिएकोले सो निर्णय बदर गरी पाउँ भनी उनी ४ असोजमा सर्बोच्च गएका हुन्।

 नेता केसीले गाउपालिका र प्रहरी प्रशासनको मिलेमतोमा सामान कहाँ राखिएको छ, र ती सामान आफ्नो सहमति बिना कसैलाई नदिनु भन्दै परमादेश जारी गरी पाउँ भनी निबेदन दिएका थिए।

गाउँहरु अध्यारो भएपछि २०७४ मंसिर ८ गते नेपाल यन्त्रशाला इनर्जी नामक कम्पनीसँग निजी पहलमा विद्युत पोल खरिद गरेर केसीले सदरमुकाम सल्लेरीमा राखेका थिए।

 पछिल्लो समय कोरोना भाइरसपछि लकडाउनका बेला घर जाँदा जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर दुईवटा ट्याक्टरमा लैजादै गर्दा नेचा सल्यान गापा १ मा प्रहरी र गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको नेतृत्वमा गएको नेकपा कार्यकर्ताको १०, १२ जनाको समूह र प्रहरीको मिलेमतोमा ट्याक्टर रोकेर तोडफोड गरेको केसीको उजुरीमा उल्लेख छ ।

पछाडिको गाडीमा जाँदै गर्दा आफूमाथि ढुुंगामुढा हुँदा पनि प्रहरी प्रशासनले सुनुवाई नगरेको केसीले बताए।गाउँपालिका अध्यक्षसहित सुहरी ढुंगाना, केशर राई, कृष्णप्रसाद गौतम लगायतका नेकपा कार्यकर्ताले गुण्डागर्दी शैलीमा आफूमाथि प्रहार गर्दा पनि शान्ति सुरक्षा कायम गर्न बसेको प्रहरी मुकदर्शक भएर बसेको केसीको भनाई छ।

नेता केसीले पोलका बारेमा प्रहरीसँग थप कुरा गर्दा प्रहरी चौकी र इप्रका प्रहरी कार्यालयले ती पोल कहाँबाट ल्याएको हो पत्र देखाउनुस् भनेपछि २०७७ असार ८ गते पत्र लिएर उनी गएका थिए। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीले प्रहरी प्रमुखलाई बोलाई सोधपुछ गर्दा पनि पोल फिर्ता गरिएन।

यसअघि गत बैशाख ७ गते गाउँपािलका अध्यक्ष डुफकुमारले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी कोरोनाका कारण बाटो बन्द भएकोले पोल ढुवानी गर्न नदिनु भन्दै सरकारी छाप दुरुपयोग गरेका थिए।

 केसीले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु,, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, इलाका प्रहरी कार्यालय बिहिबारे नेचा, दोदी प्रहरी चौकी नेचा र नेचा सल्यान गाउँपालिकालाई बिपक्षी बनाई सर्बोच्चमा मुद्धा दायर गरेका थिए।मुद्धाको सुनुवाई गर्दै सर्बोच्चले निबेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो? 

माग बमोजिमको आदेश जारी हुनु पर्ने कुनै आधार, कारण र प्रमाण भए प्रमाणित भए म्याद सूचना तामेल भएका मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न उत्प्रेषण दिएको छ।

 केसीका तर्फबाट सो मुद्धामा बरिष्ठ अधिवक्ता शेरबहादुर केसी, अधिवक्ताद्धय रामचन्द्र पौडेल र प्रकाश बस्नेतले बहस गरेका थिए।

Reporter : रमन वन

२०७७ कार्तिक १०, हलेसीन्युज डेस्क, २०७७ कार्तिक १० गते सोमवार...

२०७७ कार्तिक १०, हलेसी न्युजडेस्क, खोटाङ जिल्लामा थप ३ जनामा...

२०७७ कार्तिक ९, हलेसीन्युजडेस्क, हलेसीतुवाचुङ नगरपालिका वडा नं. ४ वडहरेका एक...

२०७७ कार्तिक ८, हलेसीन्युजडेस्क । हिन्दू धर्माबलम्बीको महान् पर्व बडा दसैंको...

२०७७ कार्तिक ८, हलेसी न्युजडेस्क, हलेसीतुवाचुङ । हलेसी तुवाचुङ नगरपालिकाको...

२०७७ कातिक ७, हलेसी एफएम न्युजडेस्क । खोटाङ जिल्लामा...

. खोटाङ जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको श्रोतले जनाएको...

रमन वन खोटाङ । खोटाङ सहित तिन जिल्लामा विध्युत अवरुद्ध...

रमन वन सोलुखुम्बु । पौडी खेल्ने क्रममा दुधकोशी नदिले बगाउँदा...

रमन वन खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत...

रमन वन खोटाङ-हिमाल मिडिया ग्रुपले खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका ६ वास्थलामा...

साङ्केतिक तस्विर : रमन वन खोटाङ,खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका १ याम्खामा विद्यालय...

रमन वन खोटाङ-आर्थिक अभाव हुँदा महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक...

रमन वन खोटाङ। खोटाङमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान...

रमन वन खोटाङ । खोटाङमा दुई प्रहरी जवानलाई कोरोना संक्रमण...

रमन वन खोटाङ। खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले एक पिँडित महिलालाई आर्थिक...

रमन वन खोटाङ। खोटाङमा एक वृद्धा मृत अवस्थामा फेला परेकी...

रमन वन विराटनगर ।प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज एक...

दमन राई खोटाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई...

रमन वन खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८...