लेखक : रमन वन । आज देश कोरोनाको महामारिले गर्दा व्याप्त बन्न पुगेको छ । हामी करिब ,करिब यो ८—१० महिनाको समयअवधिसम्म आईपुग्दा कोरोनाले हामिलाई थुप्रै प्रकारको पाठहरु सिकाएको छ ।
चिनको बुहानबाट सुरु भएको कोरोना हाल नेपाल प्रवेश गरेको पनि लामो समय बितिसकेको छ ।
यो समयसम्म आईपुग्दा नेपालमा कोरोनाले ७० हजार बढि मानिसमा संक्रमण गर्न सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै हालको समयसम्म आइपुग्दा ४ सय बढी मानिसको ज्यान गएको पनि पुष्टि भएको छ ।यसैबीच सरकारले अहिले भन्दै छ । अब फेरि २५ हजार भन्दा बढी सक्रिय संक्रमण दर पुगेमा फेरि लकडाउन गर्नुपर्छ ।
यसरी सरकारले पटक पटक जनतालाई तड्पायर राखिरहेको छ । अब लकडाउन भयो भने दशैँ, तिहार र छठलगायतका चाडपर्वको हालत पनि यसअघिका चाडपर्वजस्तै हुने पक्का छ ।
कोरोना र लकडाउनले बिथोलिएको मानसिकतालाई दशैँ, तिहारलगायतका चाडपर्वले केही शान्त पार्नेछ भन्ने धेरैको आशा छ ।
तर सरकारका केही अङ्ग यो आशामा तुषरापात गर्न खोज्दैछन् ।
लकडाउन हुने स्वास्थ मन्त्रालयको धम्की सुनेका दिनदेखि कलङ्की, कोटेश्वर र बल्खुमा उपत्यका छाड्नेको भिड लागेको छ भने सुदूरपश्चिमका सीमा नाकामा देश छाड्नेको भिड बढेको छ ।
हाल देशमा सक्रिय संक्रमण १८ हजार भन्दा माथी २० हजार भन्दा मुनी रहेको पाइएको छ ।दैनिक रुपमा कोरोना को दर बढ्दै जादा सर्वसाधारण स्थानीयमा पनि निराशा अनि चिन्ताको भारी थपिदै गएको छ ।
तर मेरो विचारमा कतिपय प्रयोगशालाहरुले त कोरोना नभए पनि कोरोना देखाएको पो हो कि जस्तो पनि लाग्छ । यो बिचार सबै नेपालिको मनमा नै उब्जिएको बिचार हो ।
कोरोनको नाम मा अहिले यति धेरै भ्रष्टाचार , अनियमिता, अन्याय , ब्याबिचार, भैरहेको छ भन्ने धेरैलाई थाहा पनि छैन तर कतिपयलाई त जानकारी पनि छ ।
हुन त खै ?जानकारी भएर नै पो के गर्ने ? देश उबो लाग्ने भन्दा पनि उदो लाग्ने गति तिर लम्कि रहेको छ । कोरोना फैलिनुको मुख्य कारण सिमा नाकामा कडाई नगरिनु पनि एक हो ।
हामी कुनै पनि काम आफू कहिल्यै गर्दैनौँ । उस्ले गरे हुने , तेल्ले गरि हाल्छ नि भन्ने सोच भएका छौँ ।तेस्तै हाम्रो देशको सरकार पनि आफू नगर्ने अनि पछि पर्ने अनि अरुले गरेको काममा रमाउने ,नगरेको काममा मैले नै गरेको हो भनेर जिकिर गर्ने स्वभावको छ ।
जस्तै उदाहरणको लागि हाम्रो देश नेपालले छिमेकी देश चीन ,भारत लगायतका देशको भर पर्नुपर्ने बाध्यता छ । यो बाध्यतालाई आधुनिक युग तिर धकेलिदा पनि हटाउन सकिएको छैन।
नेपाली समाजमा एउटा उखान छ नी, बूढो गोरुले वर गोरुलाई ओगटेको ,भने जस्तै हाम्रो देशको सरकारले आफू पनि केही गरिहाल्न नसक्ने ,म गर्छु भन्नेलाई पनि गर्न नदिने स्वभावले देशले राम्रो गति लिन नसकेको हुन सक्ने मेरो बुझाई छ ।
कोरोना त एउटा बाहाना बाजि मात्र हो कोरोनाको नाममा बिनियोजित बजेट गाउँघरतिर टाउके भनेर चिनिनेहरु तथा माथिल्ला ओहदामा रहेकाहरु मिलेर झ्वाम त पारेका छैनन ।
त्येस्ता काला कर्तुत गर्नेहरुलाई कारबाहीको दायरामा नल्याउँदा पनि यस्तो गतिविधि हिमाल चढिरहेको छ । हाम्रो देश नेपालमा लामो समयसम्म निर्मला हत्याकण्ड भनेर केही वर्ष देशव्यापी हल्ला पिटे ,
देशका विभिन्न सञ्चार माध्यामबाट,पत्रपत्रिका ,टेलिभिजन,रेडियो लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुले केही समय चियोचर्चो गरेपनि त्यसको रहस्य पत्ता लाग्न सकेन ।
बुझु बुझी बुच पचाए भने जस्तै केही थाहा भएर पनि सकेसम्म आलटाल गर्न खोजिएको स्थानियहरुले बताउने गरेका छन्। अनि देशमा एक प्रकारका यस्ता नेता पाईन्छन् कि ?
भुक्ने कुकुरले टोक्दैन भने जस्तै काम भन्दा भासण बढी गर्नेहरु पनि तेस्तै हुन । ति प्रकारका व्यक्तिहरुको भाषण भाषण मै सिमित हुन्छ ।
यहि देशमा दैनिक बालिका बलात्कार हुन्छ । यहि देशका नारी माथि एसिड प्रहार हुन्छ । खै उनिहरुलाई न्याय। खै कारबाही कहाँ लुक्ख कानुन तेसबेला दुख पर्दा लुक्ने सुख देख्दा बाहिरने कानुनको खासै औचित्य रहन्न ।
कोरोनाको जोखिम र सङ्क्रमित बढिरहेको बेला सरकारले चैत ११ गते लगाएको लकडाउन साउन ६ गते खुकुलो बनायो । त्यसपछि लकडाउन वा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिइयो ।
यस अवधिमा काठमाण्डौ र अरु जिल्लामा पनि निषेधाज्ञा लागू गरियो, तर सङ्क्रमण रोकिएन । निषेधाज्ञाकै अवधिमा र निषेधाज्ञा हटिसकेपछि पनि काठमाण्डौलगायत देशभर सङ्क्रमितको सङ्ख्यामा धेरै ठूलो तलवितल परेको छैन ।
लकडाउन र निषेधाज्ञाले मात्रै कोरोना नियन्त्रणमा हुने रहेनछ भन्ने कुरा यस अवधिमा स्पष्ट भइसकेको छ । साथै लकडाउन वा निशेषाज्ञाले स्वास्थ मन्त्रालय र सीसीएमसीका हर्ताकर्तालाई हाइसन्चो हुने कुरा पनि घाम जत्तिकै छर्लङ्ग भइसकेको छ ।
असोज १ गतदेखि निषेधाज्ञा हटेसँगै लामो दुरीका गाडी, आन्तरिक हवाई उडान, होटल, रेस्टुरेन्ट र सबै खाले बजार पसल खुलेका छन् ।
केही बाहेक उद्योग र व्यवसायका धेरै क्षेत्र खुला हुँदा असामान्य अवस्थामा पनि अर्थतन्त्र सामान्य अवस्थामा जाने आशा पलाएको छ ।
अहिलेको लागि सरकार र नागरिकको एउटै लक्ष्य हुनुपर्छ, असामान्य अवस्थामा जान थालेका आर्थिक गतिविधिलाई सामान्य लयमा फर्काउने।
कोरोनाको सङ्क्रमणसँगै नागरिक आफ्नो दैनिकीलाई निरन्तरता दिन तयार छन् भने २५ हजारको हाउगुजी देखाउन आवश्यक छैन ।
त्यसको साटो कोरोनाको डर घटाउँदै जनजीवनलाई चलायमान बनाउनुपर्छ ।
स्वास्थ्य मापदण्ड अपनाउँदै चाडपर्व मनाउन र भविष्यको आशामा रमाउन पाउनु नागरिकको अधिकार हो ।
लेखक :रमन वन
हलेसी एफएममा समाचार शाखा प्रमुखमा कार्यरत