ताजा समाचार
आज विजया दशमीको महत्वपूर्ण दिन ,कोरोना कहरवीच नेपालीहरु आत्म || खोटाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी ः समुदायस्तरमा संक्रमण || आफ्नै घरमा दशै मनाउन पाउदा काशीको परिवारमा हर्षको लहर || दशैँको आठौँ दिन आज महाअष्टमी पर्व, कोरोनाका कारण छैन शक्तिपीठहरुमा || उज्यालो नगर अभियानको क्रममा राजापानीको भाडवेसी र मंसिरेमा धपक्कै वत्ति || रेडियो खोटाङको सञ्चालनसँगै खोटाङ मा अब तीन एफएमहरु सञ्चालनमा || खोटागं मा कोरोना संक्रमित संख्या ३१ पुग्यो ... || असोज २९ देखि खोटाङसहित तिन जिल्लामा विध्युत अवरुद्ध हुँदै, || पौडी खेल्ने क्रममा जुवु-खन्याखर्कका एक युवक वेपत्ता, || हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने || हिमाल मिडिया ग्रुपद्धारा वास्थलामा विविध कार्यक्रम सम्पन्न, || महेन्द्रोदोय माध्यामिक विध्यालय याम्खामा फोहोर मैला व्यवस्थापन कार्यक्रम || महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक वृद्धालाई आर्थिक संकलन गरी उपचारमा || ट्रयाक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृतु , एक गम्भिर || खोटाङमा थप दुई प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी, || दिप्रुङचुइचुम्मा गाउँपालिकाद्धारा घर विहिन एक महिलालाई आर्थिक सहयोग प्रदान, || केपिलासगढीमा एक वृद्धा मृत फेला, || सडकआश्रित महिलाको उद्धार || मकै जोन खोटाङले २ करोड १० लाखको कृषि कार्यक्रम सञ्चालन || शुनौलो टोलमा कृषक समुह गठन, || एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना , || सोलुखुम्बु : सोलुखुम्बुमा चिहान पनि उत्खनन हुन थाल्यो,कस्ले ग¥यो त || प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा भयो अनियमितता, १२ लाख बजेट || दुधकोशीको पानीबाट ७० मेघावट विद्युत् उत्पादनका लागि अनुमति प्राप्त, बर्खुघाटमा || “आँसु कविता” लेखक : सुस्मा बस्नेत [संयत ] || “मेरो देश”अहिले कता हिँड्दै छ ? || राष्ट्रीय मदरसा संघ नेपालद्वारा प्रहरी निरीक्षक पौडेललाई सम्मान सहित बिदाई || कोरोना संक्रमित मुक्त भयो खोटाङ, हालसम्म कुन स्थानिय तहमा कति || इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पौडेललाई प्रेस क्लबद्वारा बिदाई, || संयुक्त आवाज परिबर्तन समाजद्धारा बाँझेच्यानडाँडाका एक दम्पत्तिलाई आर्थिक सहयोग प्रदान, || नेता केसीले गाउँमा लगेको विद्युत पोल गाउँपालिका अध्यक्षद्धारा लुटियो, सर्बोच्चद्धारा || साउदी अरबको ९०औँ नेशनल डे को उपलक्ष्यमा मौलाना मशहूद र || वनगाँउमा राष्ट्रिय प्रसारण लाईनको विधुत विस्तार,स्थानिय भए खुशी, || काङ्ग्रेस सोलुखुम्बद्धारा थुलुङ दुधकोशी गाउपालिकाको आयव्याय अनुगमन गर्ने तयारी, || स्व :गणेशमान सिंहको २३ औं स्मृति दिवस धुमधामका साथ मनाए || सरकारको काम जनताको विचमा नेकपा महराजगंज पुर्याउने । || कपिलवस्तुमा राष्ट्रिय दलित पत्रकार संघ समिति गठन , || उदयपुरमा चार वर्षिय बालिकामाथि बलात्कार, || सोल्मामा गोठ सुधार सम्बन्धि कार्यक्रम कार्यान्वयनमा आयो, || मन्दिरको बजेट मनोमानी रूपमा अन्तै गाभेको प्रति हिन्दू महासंघको आपत्ति, ||

मकै जोन खोटाङले २ करोड १० लाखको कृषि कार्यक्रम सञ्चालन

आश्वीन १४, २०७७, खोटाङ



दमन राई खोटाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले चालु आर्थिक वर्ष २ करोड १० लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

 नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरोकारवालासँगको समन्वय बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)का बरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले चालु आर्थिक वर्ष चक्लाबन्दीलाई प्राथमिकतामा राखेर मकै खेती कार्यक्रम प्रवद्र्धन गर्ने जानकारी दिनुभयो ।

 कम्तीमा दुई सय रोपनी जग्गामा एकै किसिमका बाली लगाउनेगरी चक्लाबन्दी खेती प्रोत्साहनका कार्यक्रम ल्याइएको परियोजना कार्यान्वयन इकाई (मकै जोन)ले जनाएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा बरिष्ठ कृषि अधिकृत डा. अर्यालले चक्लाबन्दीमा पकेट÷ब्लक÷जोन सञ्चालनका लागि सहकारी र निजी क्षेत्रबाट माग संकलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनका लागि ५० लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो । 

यस्तै, चालु आर्थिक वर्ष स्थानीय तहको लागत सहभागितामा बीउ श्रेत केन्द्र स्थापनाका लागि ३० लाख, भण्डार, प्राथमिक प्रशोधन वा प्रशोधन उदोग स्थापनाका लागि २० लाख, बसन्ते मकैको क्षेत्रफल बिस्तारका लागि १० लाख, हिउँदे मकै क्षेत्र विस्तारका लागि ५ लाख, स्वदेशी हाइब्रिड मकै प्रदर्शनका लागि १ लाख २५ हजार बजेट विनियोजन गरिएको जानकारी दिइएको छ ।

जोन कृषि यन्त्रीकरण सहयोगका लागि २५ लाख, प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायीक उत्पादन कार्यक्रम सञ्चालन अनुदानका लागि १० लाख र गत वर्ष बिस्तार भएको क्षेत्र र नयाँ विस्तार हुने क्षेत्रमा सिँचाई पुर्वाधार निर्माणका लागि ६० लाख बजेट खर्च गरिने डा. अर्यालले जानकारी दिए । 
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायीक, दिगो एबं आत्मनिर्भर कृषि क्षेत्रको बिकासको नारा बोकेको मकै जोन जिल्लामा २०७३ साल मंसिरदेखि सञ्चालनमा ल्याइएको हो ।

 हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १३ वडा र हलेसी तुवाचुङ नगरपालिकाका ६ वडामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) कार्यक्रम सञ्चालन भइरहेको छ । 

कार्यक्रमले ओगटेको क्षेत्रमा सुरुका वर्ष १.९ टन प्रतिहेक्टर मकै उत्पादन भएको ठाउँमा कार्यक्रमपछि गत वर्ष मकैको उत्पादकत्व ३.४७ टन प्रतिहेक्टर पुगेको डा. अर्यालले बताए । 

मकै जोनमा हाल १३४ कृषक समुह, १३ वटा सहकारी, ७३ उद्यमी तथा २ हजार ९१५ जना किसान सहभागी सहभागी छन् । कार्यक्रममा सहकारीले मकै जोन अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा बाँडिएको मकैले उत्पादन नदिएको, दिक्तेलमै किसान भरत राईले ९ वटा प्लाष्टिक टनेलमा लगाएको गोलबेँडा नफलेको गुनासो गरेका छन् ।

 कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर रिजाल, उपमेयर बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, वडाध्यक्ष माधव राई लगायतले परियोजनाका विषयमा धारणा राखेका थिए । 
  

Reporter : रमन वन

२०७७ कार्तिक १०, हलेसीन्युज डेस्क, २०७७ कार्तिक १० गते सोमवार...

२०७७ कार्तिक १०, हलेसी न्युजडेस्क, खोटाङ जिल्लामा थप ३ जनामा...

२०७७ कार्तिक ९, हलेसीन्युजडेस्क, हलेसीतुवाचुङ नगरपालिका वडा नं. ४ वडहरेका एक...

२०७७ कार्तिक ८, हलेसीन्युजडेस्क । हिन्दू धर्माबलम्बीको महान् पर्व बडा दसैंको...

२०७७ कार्तिक ८, हलेसी न्युजडेस्क, हलेसीतुवाचुङ । हलेसी तुवाचुङ नगरपालिकाको...

२०७७ कातिक ७, हलेसी एफएम न्युजडेस्क । खोटाङ जिल्लामा...

. खोटाङ जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको श्रोतले जनाएको...

रमन वन खोटाङ । खोटाङ सहित तिन जिल्लामा विध्युत अवरुद्ध...

रमन वन सोलुखुम्बु । पौडी खेल्ने क्रममा दुधकोशी नदिले बगाउँदा...

रमन वन खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत...

रमन वन खोटाङ-हिमाल मिडिया ग्रुपले खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका ६ वास्थलामा...

साङ्केतिक तस्विर : रमन वन खोटाङ,खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका १ याम्खामा विद्यालय...

रमन वन खोटाङ-आर्थिक अभाव हुँदा महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक...

रमन वन खोटाङ। खोटाङमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान...

रमन वन खोटाङ । खोटाङमा दुई प्रहरी जवानलाई कोरोना संक्रमण...

रमन वन खोटाङ। खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले एक पिँडित महिलालाई आर्थिक...

रमन वन खोटाङ। खोटाङमा एक वृद्धा मृत अवस्थामा फेला परेकी...

रमन वन विराटनगर ।प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज एक...

दमन राई खोटाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई...

रमन वन खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८...