रमन वन खोटाङ । खोटाङमा दुई प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको छ। तालिमको शिलशिलामा सुनसरीको दुहवी दंगामा बसेर असोज ११ गते जिल्ला फर्किएका जवानलाई कोरोना संक्रमण पूष्टी भएको हो ।
उनीहरुको असोज १२ गते स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि टेकु पठाइएकामा बिहिबार अर्थात हिजो पोजिटिभ रिपोर्ट आएको जिल्ला अस्पताल खोटाङले जनाएको छ।
अहिले उनिहरुलाई उपचारका लागि आइसोलेसनमा राखिएको छ । यससँगै खोटाङमा पिसिआर परिक्षणमा पठाएकामध्ये कोरोना संक्रमण पूष्टी हुनेको संख्या २३ पुगेको छ ।