ताजा समाचार
६२ अस्पताल र १२० खोप केन्द्रबाट आज कोरोनाबिरुद्वको खोप एकैसाथ || खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध || प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा || प्रदेश नं. १ मा पहिलो चरणमा कुल ३५ हजार ५ || मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर || निर्वाचन आयोगले माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक || स्व. मानबहादुर वस्नेत अक्षय कोषबाट मंगलटारका जेहेन्दार विध्यार्थीहरु पुरस्कृत || साकेला प्रा बि खिदिमाका विद्यार्थीहरुलाई झोला बितरण, दिवाखाजा कार्यक्रम || प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब सम्पन्न || खोटाङ कांग्रेसले पौष २५ गते हरमटार र खोटाङवजारमा संसद || सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह || संसद विघटन विरुद्ध दिक्तेलवजारमा नेकपा (प्रचण्ड- माधव समूह) को वृहत || संसद विघटनका विरुद्धमा खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || ओली पक्षीय नेकपाले पनि गर्यो मोटरसाइकल र्याली || प्रतिनिधि सभा विघटनको असर अब प्रदेश सरकारहरुमा / प्रदेश || संसद विघटनविरुद्ध १३ गते देशभर कांग्रेसले प्रदर्शन गर्ने || झापा, मोरंग र सुनसरीमा २५३ जनाको उद्धार || विप्रेषण सदुपयोग सम्बन्धि ज्ञान दिदै कृषि सामाग्री वितरण || हलेसीतुवाचुङको मंगलटारमा महिला सहकारी सदस्यहरुलाई सहकारी वारेमा अनुशिक्षण दिइयो || खोटाङमा संसद विघटनको विरुद्धमा जसपाको विरोध प्रदर्शन || रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार लगाउने || नेपाली राजनीतिमा निष्ठा र त्यागको सग्लो सगरमाथा सन्त नेता स्व.कृष्णप्रसाद || आफ्नै कोठाभित्र मृत अवस्थामा एक युवती || संसद विघटन असंवैधानिक भन्दै सर्वोच्चमा तीन रिट || वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च खोटाङको जिल्ला समिति गठन || प्रधानमन्त्रि ओलीद्धारा संसद विघटनको सिफारिस || प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए || तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने || साकेलास्थित तावाभन्ज्याङबाट मुन्दुम पदमार्गको निर्माण शुभारम्भ || प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए || मन्त्री त्रिपाठी र भट्ट आन्दोलनरत उखु किसानलाई भेट्न पुगे माइतीघर || रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला || दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको काम अब आफ्नै भवनबाट शुरु || प्रहरीले छापा मार्दा खोटाङमा विप्लवका एक कार्यकर्ता पक्राउ || हलेसी तुवाचङ नगरपालिकाले गर्यो एकैदिन सडक उद्घाटन र पुल शिलन्यास || इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न || मनको आकाशभरि सधैँ सम्झनाको दिप बनेर चम्किरहने नारायण गोपालप्रति श्रद्धासुमन || फोहोर मैला व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राख्यो || अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएको सामाजिक विकास मन्त्री घिमिरेको || प्रदेश १ मा २८७ कोरोना संक्रमित थपिए ||

कोराना संक्रमणका कारण तिहारमा देउसी भैलो गरिएन, आज तिहारको चाथौदिन

कार्तिक ३०, २०७७, Diktel



२०७७ कार्तिक ३०( विहान ७.०० वजे हलेसी एफएमको हलेसीखवरमा प्रशारित) / 
कोरोना संक्रमणको कारण विगतमा जस्तो फूलैफूल र धनधान्यपर्व दिपावली अर्थात तिहार पर्व यो वर्ष उल्लास र  उमंगका साथ मनाउन नपाए पनि साँस्कृतिक परम्परा अनुसार आज तिहारको चौथो दिन  गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
तिहारको चौथो दिन गोवर्द्धनको पूजाआजा गरी मनाइन्छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाईगोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
आजै वर्षभरी जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । 
त्यसैगरी आज म्ह (आत्म) पूजा पनि गरिन्छ ।
गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते  गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।
म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन  पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन् । 
कोरोना संक्रमण समुदायस्तरमै फैलिरहेको कारण आम नेपालीहरुले स्वास्थ्य सतर्कताको मापदण्डलाई ख्याल गर्दै देउसी भैली र तिहार नाचगानलाई भने यस पटक गाउँ शहर कतैपनि आयोजना गरेनन् । जिम्मेवार निकायहरुबाट संचार माध्यममार्फत यसो नगर्न समेत सूचना सम्प्रेषण गरिरहेको पाइएको छ । र, यसलाई समुदायका सबै नागरिकहरुले जिम्मेवारीपूर्वक पालना गरेको पाइएको छ ।

 

Reporter : दिपेन्द्र खनाल

खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध २०७७ माघ १४ बुधवार...

प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा २०७७ माघ १४,...

२०७७ माघ १३, हलेसीन्युजडेस्क // प्रदेश नं १ मा बिरामीको सेवामा...

मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर ■ डा. राजकुमार राई दोश्रो संविधान...

२०७७ माघ १२ सोमवार, हलेसीन्युजडेस्क // निर्वाचन आयोगले माघ १५ गतेदेखि...

२०७७ माघ ११, हलेसीन्युजडेस्क / खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं. ६...

२०७७ माघ १० / हलेसीन्युजडेस्क, खोटाङको साकेला गाँउपालिका वडा नं.ं...

२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क, ...

२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क // नेपाली कांग्रेस जिल्ला कार्य...

२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क // प्रेस काउन्सिल नेपालले सभ्य,...

२०७७ पौष १४, हलेसीन्युजडेस्क // संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...

२०७७ पौष १३, हलेसीन्यज डेस्क // संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...

२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क, प्रतिनिधि...

२०७७ पौष १२/हलेसीन्युजडेस्क, प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...

२०७७ पौष ११,हलेसीन्युजडेस्क // संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // प्रदेश १ को तीन जिल्लाबाट...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...

२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // गत पौष ५ गते प्रधानमन्त्रि...