२०७७ मंसिर ११ (विहान ७.०० वजे हलेसीखवरमा प्रसारित), हलेसीन्युजडेस्क /
आज बाट २ दिन राष्टिय भिटामिन ए कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत देशभरिका ६ देखि ५९ महिना उमेर समूहका वालवालिकाहरुलाई भिटामिन ए क्याप्सुल खवाइदैछ । त्यसैगरी आज र भोलि १२ देखि ५९ महिना सम्मका वालवालिकाहरुलाई जुकाको औषधि पनि खुवाइनेछ ।
खोटाङ जिल्लामा पनि यसका लागि सबै तयारी गरिसकिएको जनाइएको छ । यसका लागि सबै स्वास्थ्य चौकीहरुमा आवश्यक भ्याक्सिनहरु उपलव्ध गराइसकिएको स्वास्थ्य कार्यालयका प्रशाासन अधिकृत छविलाल आचार्यले हलेसी एफएमलाई जानकारी दिनुभयो । वच्चाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य चौकीहरुमा लैजादा अभिभावकहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरुलाई पूर्ण पालना गर्न स्वास्थ्य कार्यालयबाट निर्देशन दिइएको समेत जनाइएको छ ।