ताजा समाचार
प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब सम्पन्न || खोटाङ कांग्रेसले पौष २५ गते हरमटार र खोटाङवजारमा संसद || सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह || संसद विघटन विरुद्ध दिक्तेलवजारमा नेकपा (प्रचण्ड- माधव समूह) को वृहत || संसद विघटनका विरुद्धमा खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || ओली पक्षीय नेकपाले पनि गर्यो मोटरसाइकल र्याली || प्रतिनिधि सभा विघटनको असर अब प्रदेश सरकारहरुमा / प्रदेश || संसद विघटनविरुद्ध १३ गते देशभर कांग्रेसले प्रदर्शन गर्ने || झापा, मोरंग र सुनसरीमा २५३ जनाको उद्धार || विप्रेषण सदुपयोग सम्बन्धि ज्ञान दिदै कृषि सामाग्री वितरण || हलेसीतुवाचुङको मंगलटारमा महिला सहकारी सदस्यहरुलाई सहकारी वारेमा अनुशिक्षण दिइयो || खोटाङमा संसद विघटनको विरुद्धमा जसपाको विरोध प्रदर्शन || रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार लगाउने || नेपाली राजनीतिमा निष्ठा र त्यागको सग्लो सगरमाथा सन्त नेता स्व.कृष्णप्रसाद || आफ्नै कोठाभित्र मृत अवस्थामा एक युवती || संसद विघटन असंवैधानिक भन्दै सर्वोच्चमा तीन रिट || वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च खोटाङको जिल्ला समिति गठन || प्रधानमन्त्रि ओलीद्धारा संसद विघटनको सिफारिस || प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए || तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने || साकेलास्थित तावाभन्ज्याङबाट मुन्दुम पदमार्गको निर्माण शुभारम्भ || प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए || मन्त्री त्रिपाठी र भट्ट आन्दोलनरत उखु किसानलाई भेट्न पुगे माइतीघर || रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला || दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको काम अब आफ्नै भवनबाट शुरु || प्रहरीले छापा मार्दा खोटाङमा विप्लवका एक कार्यकर्ता पक्राउ || हलेसी तुवाचङ नगरपालिकाले गर्यो एकैदिन सडक उद्घाटन र पुल शिलन्यास || इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न || मनको आकाशभरि सधैँ सम्झनाको दिप बनेर चम्किरहने नारायण गोपालप्रति श्रद्धासुमन || फोहोर मैला व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राख्यो || अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएको सामाजिक विकास मन्त्री घिमिरेको || प्रदेश १ मा २८७ कोरोना संक्रमित थपिए || कांग्रेसका वरिष्ठ नेता पौडेलद्धारा बुल्दीखोलाको मोटरेवल पुल आज उद्घाटन || कोविड १९का कारण जुम्ला प्रशासन कार्यालय सिल || कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित सबै रिहा/ नेता पौडेललाई || साकेला वडा नं.४ मात्तिममा मंसिर १८ बाट विध्यालय संचालन || त्रिधार्मिक स्थल हलेसी महादेव मन्दिर आजबाट भक्तजनहरुका लागि प्रवेश खुला || खोटाङमा आजै तीन पालिकाहरुमा १५ शैय्या र एक पालिकामा १० || जिल्लास्तरबाट पाइने विशेषज्ञ स्वास्थ्य सेवा अब पालिकाबाट उपलव्ध गराउन सरकारको || ४--प्रधानमन्त्रि तथा नेकपा का अध्यक्ष केपी शर्मा ओलीको ५३ वुँदे ||

३ --प्रधानमन्त्रि तथा नेकपा का अध्यक्ष केपी शर्मा ओलीको ५३

मंसिर १४, २०७७, Khotang




 ३ --प्रधानमन्त्रि तथा नेकपा का अध्यक्ष केपी शर्मा ओलीको ५३ वुँदे प्रस्ताव (प्रत्युत्तर) पत्रको बाँकी अंश 

३६. नेपालको विदेश नीति स्पष्ट छ । संविधानको मार्गदर्शन, राष्ट्रिय हित, संयुक्त राष्ट्र सङ्घको बडापत्र, असङ्लग्नता, पञ्चशीलताका सिद्धान्त हाम्रा विदेश नीतिका मुख्य मार्गदर्शक हुन् । सार्वभौम समानता, पारस्परिक लाभ र सम्मान हाम्रो वाह्य सम्बन्धका आधार हुन् । ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ हाम्रो मान्यता हो । कुनै विचारधारा, धर्म या संस्कृतिको सामिप्य या दूरीका आधारमा होइन, राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर वाह्य सम्बन्ध सुदृढ गर्ने हाम्रो नीति हो । समाजवाद, लोकतन्त्र र मानवअधिकारप्रति हाम्रो निष्ठा अटल छ । तर हामी कुनै पनि रुपको सैन्य गठबन्धन, धु्रवीकरण र आग्रहको विपक्षमा छौँ । बिना कुनै वाह्य हस्तक्षेप आफ्ना मामलामा निर्णय गर्ने हरेक राष्ट्रको स्वतन्त्र सार्वभौम अधिकारको सम्मान गरिनु पर्छ भन्ने अडान राख्छौं । भिन्नभिन्न विचार, संस्कृति र प्रणालीबीच सहअस्तित्व र बहुलतामा विश्व अगाडि बढ्नु पर्छ भन्ने मान्यता राख्छौँ ।  यस अवधिमा, नाकाबन्दीको तहमा झरेको भारतसँगको सम्बन्ध नयाँ आर्थिक साझेदारीको स्तरमा उठेको छ । भारतसंगको सहकार्य र समझदारीले उचाई लिएकोछ । उच्चस्तरमा दुईपक्षीय भ्रमणको आदान प्रदानको सघनता उल्लेखनीय छ । चीनसँग ‘हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल’ मार्फत् नयाँ विकास साझेदारी निर्माण भएको छ । नेपालले चीनका ४ वटा समुद्री र ३ वटा सुख्खा बन्दरगाह उपयोग गर्न पाउने गरी पारवहन प्रोटोकलमा हस्ताक्षर भएको छ । २३ वर्षको अन्तरालमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको छ । एक महिनाको अन्तरालमा संयुक्त राष्ट्र सङ्घमा भएका दुईवटा महत्वपूर्ण निर्वाचन– मानव अधिकार परिषद् र महिलाविरुद्ध भेदभाव उन्मूलन सम्बन्धी समिति -CEDAW/Committee- मा नेपालले  पुनः सफलता हासिल गरेको छ । विश्व आर्थिक मञ्चजस्ता स्थानमा नेपाल आमन्त्रित हुन र सुनिन थालेको छ । जलवायु परिवर्तन, समावेशीकरण र दिगो शान्ति स्थापना जस्ता विषयमा नेपाली अनुभव र नेपालले अगाडि सारेका मुद्दाप्रति विश्व समुदायको ध्यानाकर्षण हुन थालेको छ।  यी प्रतिनिधिमूलक उपलब्धिहरुलाई वेवास्ता गर्दै विदेश सम्बन्ध खत्तम पारेको आशयको आक्षेप लगाउन कसरी मिल्छ ? 
३७.  गतः वर्ष भारतले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा राष्ट्रिय हितका पक्षमा अभूतपूर्व जागरण र एकता प्रकट भयो । नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्दै सरकारले आफ्नो भूभागमाथिको स्वामित्व सम्बन्धी अडान स्पष्ट पा¥यो र समस्याको कुटनीतिक समाधानका लागि अथक प्रयाश गर्यो । यसको वेवास्ता गर्दै कोरोना महामारीकाबीच भारतले कथित लिङ्करोडको उद्घाटन गरेपछि हामीले ती भूभाग समेटेर अद्यावधिक राजनीतिक –प्रशासनिक नक्सा प्रकाशन गर्न र त्यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा राख्न संविधान संशोधनका लागि नेतृत्व गयौँ । यस विषयमा प्रकट राष्ट्रिय सहमति अभूतपूर्व छ र नेपालको राष्ट्रिय हित रक्षाका लागि महत्वपूर्ण आधारका रुपमा रहेको छ । इतिहासको यस कालखण्डमा नेतृत्व गर्ने अवसर मैले पाएको भए पनि यसको श्रेय सबै राजनीतिक दल, सिङ्गो संसद र देशभक्त नेपाली जनतालाई अर्पण गरेको छु । उतारचढावको निश्चित कालखण्ड पूरा गरेर दुई देश आज फेरि वार्ताको टेबुलमा बस्ने बिन्दुमा आइपुगेका छन् । मलाई विश्वास छ, आम नेपाली जनताको साथबाट यस विषयको राष्ट्रिय हितमा टुङ्गो हुनेछ र महाकाली वारिको सम्पूर्ण भूभागमा नेपालको स्वामित्व स्थापित हुने छ ।  २०७७ भदौ २६ गते सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकले गरेको निर्णयको बुँदा १०.५ मा यस सम्बन्धमा भनिएको छ– ‘यो बैठक नेपालको नयाँ नक्सा प्रकाशन र यस प्रयोजनका लागि संविधान संशोधन सहितको ऐतिहासिक निर्णयका लागि सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’ यस निर्णयमा हस्ताक्षर गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई महिनापछि २०७७ कार्तिक २८ गते यस विषयमा मेरो निष्ठामाथि प्रश्न उठाउने, ‘राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिएको’, ‘विदेश मामला र कुटनीतिमा नेपालको स्वतन्त्र परराष्ट « नीतिसँग मेल नखाने व्यवहार देखाउँदै ... देश लाई क्षति पु¥याएको’ जस्ता आरोप लगाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये कुन चाहिँ सक्कली र कुन नक्कली हो, म साँच्चै नै कन्फ्युज्ड भएको छु ।  यस सम्बन्धी मेरो एउटा सानो जिज्ञाशाको जवाफ दिनु हुन्थ्यो कि कामरेड ‘प्रचण्ड’ ? कालापानी, लिपुलेक र लिम्पियाधुरा त झण्डै साठी वर्षदेखि भारतको प्रशासनिक र कार्टोग्राफिक नियन्त्रणमै थिए । यस अवधिमा तपाईं दुई–दुई चोटी प्रधानमन्त्री बन्नुभयो । लिपुलेक र लिम्पियाधुराको नाम उच्चारण गर्न तपाईंलाई के कुराले छेकेको थियो? लौ, यी त ठूला विषय भए रे । ‘केपी ओलीले मित्र राष्ट्रहरुसँगको सम्बन्ध बिगा¥यो, हामी सपार्छौैँ’ भन्दै मलाई हटाएर २०७३ साउनमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका तपाईंलाई आफू स्वयंले पहिलोचोटी प्रधानमन्त्री हुँदा कोशीमा आएको बाढीमा सहजीकरण गर्न भनेर अनुमति दिएको विराटनगरस्थित भारतीय सम्पर्क कार्यालय जस्तो मामुली विषय समाधान गर्न पनि किन गाह्रो पर्यो ?  
३८. हामी कुटनीतिक सम्बन्धहरुलाई कसरी अगाडि बढाउँछौँ ? सम्बन्धमा समस्या आएको बेला विभिन्न कुटनीतिक र अन्य च्यानलहरु प्रयोग गर्छौँ कि गर्दैनौँ ? नाकाबन्दी जस्तो कठिन समयमा नेपालले यसो ग¥यो कि गरेन ? विशेष अवस्थामा राष्ट्राध्यक्ष÷सरकार प्रमुखले गैर कुटनीतिक क्षेत्रका प्रतिनिधि पठाउने प्रचलन विश्व राजनीतिमा छ कि छैन ? त्यसरी  पठाइएका प्रतिनिधिलाई उनको पदीय हैसियत सोधेर भेट्ने नभेट्ने तय गरिन्छ ? मलाई निकै दुःख लाग्छ ती साथीहरुको आरोप सुन्दा, जसको विदेशी गुप्तचर पदाधिकारीहरुसँगको अपारदर्शी भेट र सम्बन्धमा एकखालको लत नै बसेको छ । अनि, जसका बारेमा जानकारहरुले अनेकौँ पुस्तक, अनुसन्धान र मन्तव्यमार्फत् खुलासा पनि गरेका छन् । कृपया यस्ता संवेदनशील विषयलाई व्यक्तिगत तुष पोख्ने माध्यम नबनाऊँ । 
३९. तपाईंले एमसिसी परियोजनाका बारेमा पनि मलाई आक्षेप लगाउन भ्याउनु भएछ। तपाईंले उल्लेख नगर्नु भए पनि, यथार्थ यही हो– यो सम्झौतामा तपाईंले नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी–केन्द्र) र काङ्ग्रेसको संयुक्त सरकार हुँदा हस्ताक्षर गरिएको हो । अनि, हस्ताक्षरकर्ता ‘राष्ट्रवादी’ र जसले हस्ताक्षर गरेको भए पनि, नेपालको तर्फबाट गरिएको हुनाले यसलाई कार्यान्वयन गर्रौँ भनेर अगाडि बढाउन कोशिस गर्ने म चाहिँ कसरी ‘राष्ट्रिय हित विरोधी’ ?  
४०. झण्डै आठ वर्ष लामो छलफल, अध्ययन, अनुसन्धान र वहसपश्चात् नेपालको विकासको उत्तोलक बन्न सक्ने उर्जा क्षेत्र र त्यसको पनि महत्वपूर्ण पाटो क्रस बोर्डर ट्रान्समिशन लाइनमा लगानी गर्ने गरी एमसिसीसँग नेपालले हस्ताक्षर गरेको हो । अहिल्यै राष्ट्रव्यापी हाइभोल्टेज ट्रान्समिशन नेटवर्कको अभावमा उत्पादित बिजुली खेर जाने अवस्था आइसकेको छ । आगामी वर्षहरुमा यो समस्या झनै बढ्दै जाने छ । यसका लागि हामीलाई देशभित्र पनि र अन्तरदेशीय पनि हाइभोल्टेज ट्रान्समिशन लाइनको जडान अपरिहार्य छ । विकासका यस्ता रणनीतिक प्रश्नमा गरिने अर्थहीन वहस र खोक्रो ‘राष्ट्रवाद’ ले हामीलाई झनै परावलम्बी बाहेक केही बनाउने छैन । यदि भारतसँगको क्रस बोर्डर हाइभोल्टेज ट्रान्समिशन लाइन ‘गल्ती’ हो भने नेपालले यस्तो ‘गल्ती’ गरिसकेको छ, मुजफ्फरपुर–ढल्केबर लाइन बनाएर र त्यसैमार्फत् सयौं मेगावाट विद्युत् आयात गरेर । मैले एमसिसीसँग गरिएको सम्झौताका सम्बन्धमा पार्टीबाट दिइने सुझावलाई सरकारले ध्यान दिनेछ भनिसकेकै छु । केही कुरा स्पष्ट पार्नु या सुधार गर्नु पर्ने भए त्यसका लागि प्रयाश गरिने छ पनि भनिसकेकै छु । कि त खुलस्त रुपमा यस सम्झौतालाई खारेज गर्नु पर्छ भन्नुस् । होइन भने, कहिले सार्वजनिक मञ्चमा (जस्तै ‘कान्तिपुर कन्क्लेभ’) मा गएर ‘यसलाई पारित गरिन्छ’ भन्ने, कहिले सभामुखलाई अन्यौलमा राखेर, कहिले आफू निकट साथीहरुलाई अतिरञ्जित र भ्रामक प्रचार गर्न लगाएर, मित्र राष्ट्रहरुसँग सम्बन्धमा जटिलता आउने गरी दोहोरो भूमिका खेल्न छाड्नु होस् । विकासका महत्वपूर्ण प्रश्न र देशको विश्वसनीयता जोडिएका विषयमा सस्तो राजनीति धेरै महङ्गो पर्न सक्छ । 
४१. तपाईंले मलाई शान्ति प्रक्रियाका कामहरु अल्झिनुमा समेत दोषी देखाउने दुस्साहस गर्नुभएको रहेछ । म ‘धर्म’ र ‘पाप’मा विश्वास गर्दिनँ । तर यस्ता आरोप सुन्दासुन्दा कहिलेकाँही दिक्क लागेर सोच्ने गर्छु, साथीहरुले यति घटिया ‘पाप’ पनि कसरी चिताउन सक्दा हुन् ? यस्तो सुनेर द्वन्द्वमा ज्यान गुमाएका, वेपत्ता र घाइते पारिएकाहरुको ‘आत्मा’ ले के भन्दो हो ? छातिमा हात राखेर भन्नुस् त, यो विषय यतिका वर्षसम्म कसले अल्झाइरहेको छ ? अस्ति भर्खर मैले भनेको होइन– कि त यस विषयमा मलाई विश्वास गर्नुस्, म सकारात्मक टुङ्गो लगाउँछु । होइन भने मुख्य सरोकार राख्ने तपाइँै दुई पक्ष      तत्कालीन माओवादी  र काङ्ग्रेस) मिलेर जे विकल्प दिनुहुन्छ, म अगाडि बढाउँछु । तपाईँले नै होइन, आयोगमा नाम सिफारिसको प्रबन्ध गरेको ?  मैले त तपाईँहरुका सुझावलाई अक्षरशः कार्यान्वयन गरेको छु । सरकार प्रमुखको हैसियतमा पीडितहरुको सरोकार सुन्नका लागि राष्ट्रव्यापी छलफल र परामर्शको व्यवस्था गरेको छु । यस्तो संवेदनशील विषयमा सत्तापक्ष र विपक्षलाई एकै थलोमा उभ्याएर हरेक विषय सहमतिका आधारमा अगाडि बढाउने काम गरेको छु । यससँग सम्बन्धित संशोधन विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ । मैले अन्तर्राष्ट्रिय मञ्चहरुमा यसको समाधान नेपाल स्वयंले गर्ने र यसो गर्ने सामथ्र्य नेपालसँग रहेकोले यसलाई अनावश्यक रुपमा विवादित विषय नबनाउन आह्वान गरेको छु । सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने बारेमा हाम्रा पाँचवटा नीतिगत आधारका बारेमा स्पष्ट पारेको छु । बेलाबेलामा यस विषयलाई लिएर हुने अनुचित वाह्य टिप्पणीको विधिवत प्रतिवाद गरेको छु ।  यसमा मलाई यत्ति भन्नु छ, यो ज्यादै संवेदनशील विषय हो । नेपालको प्रतिवद्धता र विश्वसनीयता जोडिएको, पीडितहरुको संवेदना जोडिएको र विश्व समुदायको पनि चासो र सरोकार रहेको । तपाईंले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो ? तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस् । खेलबाड गर्ने गल्ती नगर्नुस् । 
४२. कोरोना महामारी अगाडिसम्म नेपाल उच्च आर्थिक बृद्धिदर हासिल गरिरहेका विश्वका १० प्रमुख मुलुकहरुको पङ्क्तिमा थियो । ३ वर्षयता आर्थिक वृद्धि लगातार ६.५ प्रतिशतभन्दा माथि थियो । यस अवधिमा प्रतिवर्ष गरिबी १.५ बिन्दुले घटेको थियो । सरकार सञ्चालनको यस अवधिमा १४ भन्दा बढी विश्वव्यापी सूचकाङ्कमा नेपालले उल्लेख्य सुधार गरेको छ । मानव विकास सूचकांक, व्यवसाय गर्ने सहज वातावरण, भोकमरीको अवस्था, शान्ति सूचक, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता, खुशी मापन सूचक, लैंगिक समानता, महिला, व्यवसाय र कानुनका क्षेत्रमा सुधार गर्ने प्रमुख १० देशमध्ये एक, दक्षिण एसियामा पहिलो खुला दिसामुक्त मुलुक आदि जस्ता सूचक उत्साहवद्र्धक छन् । आयातमा कमी र निर्यातमा वृद्धिसँगै व्यापार घाटा १० प्रतिशतले घट्नु, वैदेशिक लगानी र सहायतामा उल्लेख्य वृद्धि हुनु, वाह्य सहायताको अधिकांश हिस्सा राष्ट्रिय बजेट प्रणालीमा समाविष्ट हुनु, विदेशी मुद्रा सञ्चितीमा उल्लेख्य वृद्धि हुनु हामीले हासिल गरेका उपलव्धिका केही दृष्टान्त हुन् । नेपालको रणनीतिक विकासका महत्वपूर्ण पूर्वाधार, जस्तै केरुङ– काठमाडौं र रक्सौल–काठमाडौं क्रसबोर्डर रेलवे, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, जलमार्ग, दुईवटा नयाँ विमानस्थल, नागढुङ्गा सुरुङमार्ग, काठमाडौँ– तराई द्रूतमार्ग आदिको काम अगाडि बढ्दै छ । टोखा– छहरे र सिद्धबाबामा सुरुङ मार्गको निर्माण सुरु हुँदै छ भने पूर्व–पश्चिम राजमार्गको विस्तारसँगै पुष्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग र उत्तर दक्षिण करिडोरहरुको निर्माण र स्तरोन्नति तीव्रतासाथ अगाडि बढेको छ । प्रदेश दुईका लागि रुपान्तरणकारी परियोजना सुनकोशी– मरिन डाइभर्सन सुरु हुने चरणमा छ ।  नवलपुरको धौवादी फलाम खानी र दैलेखमा पेट्रोलियम उत्खनन हुँदै छ । माथिल्लो तामाकोशी र मेलम्ची परियोजना यसै वर्ष पूरा हुँदैछन् । म यसो भन्दिनँ कि हामीले प्राप्त गरेका यी उपलव्धिहरु पर्याप्त छन् । गर्नु पर्ने र गर्न सकिने कामहरु अझ धेरै होलान्, छन् । तर यी उपलव्धि महत्वपूर्ण छैनन् र? गतः वर्ष माघमा सम्पन्न पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा ‘सरकारले अनेकौं जटिलता, चुनौत ी र प्रतिक ू लताका बाब जुद संविधान कार्यान्वयन, विकास, निर्मा ण, सामाजिक न्याय, सामाजिक सुधार, आर्थिक वृद्धि र वैदेशिक सम्वन्ध विस्तार आदि जस्ता मूलभूत क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको छ ।’ भनेर समिक्षा गरिएको छ । सरकारलाई कमजोरी सच्याउन विभिन्न ६ वटा सुझाव दिँदै प्रतिवेदनले निष्कर्षका रुपमा ‘नयाँ संिवधान, नयाँ सरंचना र नय ाँ अभ्यासका तमाम जटिलताहरूलाई पार गर्दै तथा पार्टी एकताको सत्रंmमणकालिन अवस्थाका समस्याहरू झेल्दै सरकारले गरेका काम र उपलब्धिहरूको पक्ष नै मुख्य पक्ष रहेको तथ्यलाई सि ङ ् गो पार्टी प ङ ् क्ति र आम जनतामा स्थापित गर्नु पर्दछ । ’ भनिएको छ (पृष्ठ १७–२१) । मैले बिर्सेको छैन भने यो प्रतिवेदन अध्यक्षद्वयका तर्फबाट कमरेड प्रचण्डले बैठक समक्ष प्रस्तुत गर्नुभएको थियो ।   आफैले बैठक समक्ष प्रस्तुत गरेको र कमिटीले संस्थागत रुपमा निकालेको यस निष्कर्षलाई बिर्सेर अहिले कसरी तपाईं सरकारको विपक्षमा उभिन पुग्नु भयो ?  
४३. नेपालको युगान्तकारी राजनीतिक परिवर्तनका लागि हामीले प्रतिनिधित्व गरेका कम्युनिष्ट आन्दोलनका दुबै धारको योगदान छ । हाम्रो राजनीतिक प्रतिवेदनमा ‘जननेता मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनका अनुभवहरु, सोभियत समाजवादी व्यवस्थाका अनुभवहरु र सोभियत सङ्घको विघटन एवं नेपाली कम्युनिष्ट आन्दोलनका अनुभवहरु लाई संश्लेषण गर्दै जनताको बहुदलीय जनवादको अवधारणा प्रस्तुत गर्नु भयो, जसलाई नेकपा ( एमाले ) ले पाँचौँ महाधिवेशनबाट नेपाली क्रान्तिको कार्यक्रम र छैटौँ महाधिवेशनबाट नेपाली क्रान्तिको सिद्धान्तका रुपमा अवलम्बन गर्दै आएको छ । कम्युनिष्ट पार्टीको पहिलो लोकप्रिय सरकार बनाएर सामाजिक न्यायका कामहरु अगाडि बढाउन र जनता लाई आन्दोलनमा नेतृत्व गर्दै गणतन्त्रसम्म ल्याइपु¥याउन नेकपा ( एमाले) ले महत्वपूर्ण भूमिका खेल्यो । प्रतिकूल अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन, प्रतिक्रियावादी एवं प्रतिक्रान्तिकारी हमलाबाट आन्दोलनको रक्षा गर्न, पार्टीलाई जनताको बीचमा लोकप्रिय र सुदृढ जनाधारसहित स्थापित गर्न एवं वैधानिक ढङ्गबाट आन्दोलनलाई अगाडि बढाउन नेकपा ( एमाले)को उल्लेखनीय योगदान रहेको छ ’ भनेर मूल्याङ्कन गरिएको छ। त्यसैगरी ‘यसै अवधिमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दीर्घकालीन जनयुद्धका रुपमा बलप्रयोग अनिवार्य रहेको निष्कर्षका साथ नेपालको ठोस परिस्थितिमा राजनीतिक र फौजी रणनीतिको विशिष्ट सन्तुलन कायम गर्दै कमरेड प्रचण्डको नेतृत्वमा नेकपा ( माओवादी)ले २०५२ फागुन १ गते देखि जनयुद्ध को पहल ग¥यो । त्याग र बलिदान का कीर्तिमान कायम गर्दै माओवादी जनयुद्धले नेपाली राजनीतिमा नयाँ तरङ्ग र बहससहित दूरगामी प्रभाव पा¥यो । महिला, दलित, मधेसी, जनजाति लगायतका उत्पीडित वर्ग र समुदायलाई जागृत र सङ्गठित गर्न, राजनीतिमा समावेशीकरणका मुद्दालाई स्थापित गर्न, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार पार्न माओवादी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्यो ’ भन्ने मूल्याङ्कन गरिएको छ । (पृष्ठ ३५) यसरी दुबै आन्दोलनको सन्तुलित मूल्याङ्कन गरिएको छ ।  इतिहासका घटनाक्रमलाई हेर्ने एउटै साझा दृष्टिकोण नहुन पनि सक्छ । आजको हाम्रो आवश्यकता आन्दोलनका दुबै धारका सकारात्मक अनुभवहरुको संश्लेषण गरेर सिद्धान्तको थप विकास गर्नु हो । अगाडिको बाटोका बारेमा हामी स्पष्ट छौँ । पार्टी विधानको प्रस्तावनाले स्पष्ट उल्लेख गरेको छ, —’जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गर्नु र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्य सहितको समाजवादको आधार निर्माण गर्नु’ यस पार्टीको तात्कालिक लक्ष्य हो । त्यसै गरी पार्टीको तात्कालिक कार्यभार्र दलाल नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्नु, आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरूलाई समाप्त गर्नु र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्नु’ हो भनेर स्पष्ट पारिएको छ । त्यसरी नै स्पष्टपारिएको छ– यो पार्र्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिका लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ ।’ यी विषयमा कसैको विमति छैन । तपाईँले कुन दस्ताबेजलाई उद्धृत गरेर्र गणतन्त्र ल्याउन माओवादी जनयुद्धर्को मुख्य योगदान’ भनेर राजनीतिक प्रतिवेदनमा लेखिएको, तर मैले माओवादी आन्दोलनको योगदान अवमूल्यन गरेको आरोप लगाउनु भयो ? तथ्यहरुलाई तोडमरोड गरेर, आन्दोलनमा दुबै धारको योगदानको बारेमा गरिएको विश्लेषणलाई अस्वीकार गरेर तपाईंले के सन्देश दिन खोज्नु भएको हो, मैले बुझिनँ। यसो गर्नु गलत मात्रै होइन, अस्वीकार्य विषय हो ।
४४. राजनीतिक नियुक्तिका बारेमा पनि प्रश्न उठाइएको रहेछ । एउटा कुरा स्पष्ट पारुँ, मेरा कुनै नाता सम्बन्धीहरुले कुनै नियुक्ति पाएका छैनन् । नाता सम्बन्ध भएकै कारणले मात्रै भोलि पनि पाउने छैनन् । मलाई परिबार र व्यक्तिगत लाभमा अल्झिनु छैन । कसैले पनि यसो गर्नु हुँदैन । राजनीतिक नियुक्तिका सम्बन्धमा मेरो मान्यता हो– जिम्मेवारी पूरा गर्ने, काम गर्ने उत्साह, क्षमता र सक्रियता भएकाहरुलाई जिम्मा दिइनु पर्छ । मेरो र तेरोको भागबण्डाका आधारमा होइन । म देशलाई अगाडि बढाउन चाहन्छु, देश समृद्ध बन्छ भन्नेमा विश्वास राख्छु । त्यसमा योगदान गर्नुपर्छ भन्ने ठान्छु । यस भावनासँग सहमत नहुने, सधैभरि निराशा र कुण्ठामात्रै बोकी हिँड्ने तर कुनै नेता विशेषको नजिक भएकै कारण उसले नियुक्ति पाउनु पर्छ भन्ने कुरा उचित हुन्छ र ? मलाई नातावादको निराधार आरोप लगाउनु पूर्व तपाईंले एकचोटी आफैलाई नियालेर हेर्नु भएको भए हुन्थ्यो । तपाईंले गर्नुभएको सिफारिसमा आन्दोलनमा योगदान र त्याग गरेका मान्छे परेका छन् कि अन्य ? न्यूनतम मानवीय सम्बन्ध र मर्यादालाई ध्यानमा राखेर तपाईंले मसँग उम्मेदवारी, मन्त्रिपरिषद् या राजनीतिक नियुक्तिमा भन्नुभएका सबै विषय अहिले सार्वजनिक गर्दिनँ । आज मात्र होइन, भोलि पनि मबाट यस्तो काम हुने छैन । तर तपाईंले एकछिन एकान्तमा बसेर, आफैतिर नियालेर हेर्नुस् त, हिँजो कष्टपूर्ण यात्रामा साथ दिएका साथीहरुमाथि साँच्चै न्याय भइरहेको छ ? सरकार र पार्टी नेतृत्व दुबैबाट मलाई हटाउने म्याराथुनमा कुँदिरहँदा कहिल्यै तपाईंको दिमागमा युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेका साथीहरुको दुखान्त तस्बिर आउँछ ? कहिल्यै यी साथीहरुलाई राहत र पुनस्र्थापनाको विषय एजेण्डा बनाउनु भएको छ ?
४५. संघीयताका बारेमा मेरो निष्ठामाथि प्रश्न उठाउने र मेरा यस सम्बन्धी भनाइलाई विवादित बनाउने चेष्टा भएको रहेछ । सब्घीयता नेपालको संवैधानिक यथार्थ हो र गएको साढे दुई वर्षमा मैले यसलाई कार्यान्वयन गर्न र सफल पार्न दर्जनौँ कानुनहरुको निर्माण, वित्तीय र प्रशासनिक संघीयताको कार्यान्वयन तथा अन्य आवश्यक प्रबन्धको नेतृत्व गरेको छु । त्यसै कारणले नै आज र्ती फंक्सनल’ छन् । प्रदेश राजधानीका विषयमा प्रदेशमा सहमति जुट्न नसक्दा तपाईँसँग मिलेर सहजीकरण गरेको छु । यस सम्बन्धमा केही कुरामा भने स्पष्टता जरुरी छ । पहिलो, मुलुकमा संघीयताप्रति सन्देह गर्ने पब्क्ति छ । त्यसलाई ओठे जवाफ दिएर या सरापेर मात्रै पुग्दैन । सब्घीय प्रणाली स्वयंले डेलिभरी दिनु पर्छ, तब मात्र आलोचनाहरु बन्द हुन्छन् । त्यसैले मैले डेलिभरीमा जोड दिएको छु । दोस्रो संविधानको प्रावधान अनुसार प्रदेशहरुलाई निश्चित स्वायत्तता प्राप्त छ, तर तिनीहरु समग्र राज्य प्रणालीका अब्ग हुन्, ती छुट्टै होइनन् । मैर्ले प्रदेशहरु राज्यका अंग हुन’ भनेर व्यक्त गरेको कुरालाई “प्रदेशहरु” केन्द्र सरकारको प्रशासनिक इकाइ हुन् भन्यो’ भनेर रिपोर्टिङ गर्ने साथीहरुलाई राज्य र सरकारको अन्तरसम्बन्ध र भेदबारे प्रशिक्षण दिनु होला । अर्को कुरा, प्रदेशसभा र प्रदेश सरकार संविधानतः सापेक्षरुपमा स्वायत्त होलान्, तर पार्टीका प्रदेश कमिटी र तिनका नेताहरु स्वायत्त होइनन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय पार्टी होइन, एकीकृत पार्टी हो । कुनै पनि महत्वपूर्ण निर्णय गर्नु पूर्व त्यस कमिटी र त्यसका नेताले केन्द्रसँग परामर्श लिनु पर्दैन ? अनुमति लिनु पर्दैन ? प्रदेशका नेताहरुलाई आफूखुशी चल्ने स्वायत्तता प्राप्त छ ? मैले कर्णाली प्रदेशका नेताहरुलाई यही विषयमा ध्यानाकर्षण गरेको हुँ । तर मेरो विरोध गर्ने नाममा तपाईंले जे जस्ता तर्क अगाडि सार्दै हुनुहुन्छ, ती नजिरका रुपमा स्थापित भए भने कालान्तरमा ती निकै महब्गो साबित हुने छन्।
४६. तपाईंले मलाई “व्यक्तिवादी”, “गुटवादी” र “एकाधिकारवादी” आरोप लगाइरहँदा एकपल्ट आफूले नेतृत्व गरेको अवधिको आत्मसमिक्षा गर्नु भए हुन्थ्यो । जुन व्यक्तिको ३० वर्षे नेतृत्वकालमा सहयोद्धा साथीहरु अत्यन्त पीडाका साथ पार्टी छाड्न विवश भएका छन्, जसमध्ये कतिको दुखद मृत्यु समेत भएको छ, जसको नेतृत्वकालमा पार्टी पटक–पटक विभाजित भएर चिराचिरा भएको छ, जहाँ तजबिजका भरमा कुनै बेला कमिटी दुई अंकमा झर्छ अनि तुरुन्तै ४ हजार सदस्यीय बन्छ, कमरेडले मलाई यस्तो आरोप लगाउन अलिकति अप्ठ्यारो मान्नु पर्ने हो । म त जम्माजम्मी एउटा महाधिवेशनबाट, त्यो पनि प्रतिष्पर्धा मार्फत् अध्यक्ष पदमा निर्वाचित भएर काम गरिरहेको छु । मलाई थाहा छ, हाम्रो सफलता टिमवर्कका कारण संभव भएकोहो । तर मलाई गर्व छ यस अवधिका बारेमा, जतिबेला पार्टीले संविधान निर्माणमा अगुवाइ गर्यो, सरकार गठन र नाकाबन्दीको विरोध गर्यो, जातीय–क्षेत्रीय अतिवादको प्रतिवाद र राष्ट्रियएकताको सुदृढीकरण गर्यो, नेपालको राष्ट्रिय स्वाभिमानको रक्षामा नेतृत्व गर्यो, निर्वाचनमा सबैभन्दा ठूलो पार्टीका रुपमा विकास भयो, पार्टी एकीकरण रदुई तिहाइ बहुमतको सरकार निर्माण सम्पन्न गर्यो । मैले जीवनभरि समाजमापनि र पार्टीभित्र पनि लोकतान्त्रिकरणको पैरवी गर्दै आएको छु । मैमाथि -व्यक्तिवादी’ आरोप लगाउँदा म खिस्स हाँस्न बाहेक के गर्न सक्छु र ?
४७. तपाईँले मलाई कोरोना महामारीका कारण सिर्जित असामान्य परिस्थितिमा विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्न नसकेको जस्तो आरोप पनि लगाउनु भएको छ । कोरोनाको महामारी बढ्दै गएर विभिन्न मुलुकहरु लकडाउनमा गएपछि, अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि हामीले जो जहाँ छ, त्यहीँ सुरक्षित रहने प्रबन्ध गर्यो र यसका लागि समकक्षी सरकार प्रमुख र पदाधिकारीहरुसँग वार्ता गर्यो । परिस्थिति जटिल बन्दै गएपछि हामीले सुरक्षित स्वदेश फिर्तीको प्रबन्ध ग¥यौँ, जस अन्तर्गत चीनको उहानबाट ल्याइएका विद्यार्थीहरु समेत १ लाख ४० हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किसकेका छन् । यो भारतबाहेक तेस्रो मुलुकबाट फर्किनेहरुको संख्या हो । यसभित्र अफ्रिका, ल्याटिन अमेरिका र पूर्वी एसियाका, नेपालसँग सिधा हवाइ सम्पर्क नभएका दूरदराजका देशहरुसमेत पनि पर्छन् । कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारकालागि राजनीतिक दल र राष्ट्रिय जीवनका महत्वपूर्ण महानुभावहरुलाई पटक पटक आमन्त्रण गरी सुझाव लिइएको छ । यस्ता कार्यक्रममा आप्mनै दलका अध्यक्ष अनुपस्थित हुने तर यस सम्बन्धमा कुनै छलफल नगराएको भन्ने आरोप लगाउन मिल्छ र ? विपद्जोखिम न्यूनिकरण र व्यवस्थापनका अर्थात बाढी पहिरो आदि प्राकृतिक विपत्ती सम्बन्धमा गरिएको कुनैपनि बैठकमा उपस्थित हुन तपाईँको रुची रहेन । अबलम्बन गरिनुपर्ने नीति तथा कार्यान्वयन सम्बन्धमा सल्लाह र परामर्शको लागि यस्तो विषयमा पनि “राजनीति गर्ने” धृष्टता गर्नुभएको कमरेड ?
४८.आरोप लगाउँदै जाँदा तपाईंले ममाथि ।।।सब्कटकाल लगाउन खोजेको’, “संसद भंग गर्न खोजेका”, “द्वन्द्वकालीन मुद्दाहरु व्युँताउन खोजेको”, “अख्तियार लगाउन खोजेका”, नेताहरु “लडाउन खोजेको” आदि फरेब तेस्र्याउनु भएछ । लोकतन्त्र मेरो निष्ठा हो, वाध्यता होइन । विधिको शासन मेरो छनोट हो, ओठेभक्ति होइन । सिधा र खुल्ला वहस, अनि आवश्यक परे सिधा लडाइँ लड्ने मेरो विशेषता हो । छलकपट र दाउपेच मेरो स्वभाव होइन । म पार्टीभित्रका समस्याको समाधानका लागि यस्ता हतियारको सहारा लिनु पर्ने कमजोर धरातलमा उभिएको छैन । मैले लडाएर लड्ने त्यति कमजोर हुनुहुन्छ र हाम्रो पार्टीका नेताहरु ? आफ्नै छायासँग पनि तर्सिनु पर्ने अवस्थाबाट मुक्त हुनुहोस ! मेरो विरोध गर्ने नाममा तपाईंले न्यायपालिका जस्तो सम्मानित र संवेदनशीलसंस्थालाई समेत विवादमा मुछ्ने गैरजिम्मेवार काम गर्नुभएको छ । त्यसलाई लिएर म कुनै टिप्पणीसम्म गर्न चाहन्नँ ।
४९. समकालीन राजनीतिका कतिपय विषयमा तपाईंको दोहोरो, अस्पष्ट र
अन्यौलग्रस्त विचारले म घरिघरि चिन्तित हुन्छु । विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन मिल्छ ? मिल्दैन भने, किन स्पष्ट भाषामा खण्डन र भत्र्सना गर्नुहुन्न ? व्यक्तिगत रुपमा विप्लवप्रति मेरो या सरकारको कुनै पूर्वाग्रह छैन । हिंसा छाडेर शान्तिपूर्ण बाटोमा आए उनलाई स्वागत गरिने छ । तर अब पनि समाजमा हिंसा, जुनसुकै आवरणमा किन नहोस्, किमार्थ स्वीकार्य छैन । त्यसलाई सफल हुन दिइने छैन । सरकारको यस्तो स्पष्ट नीतिप्रति तपाईँको द्विविधा किन ? सिके राउतले हिजो गरेको विखण्डनकारी गतिविधि अस्वीकार्य थियो । पछि उनले त्यस बाटोलाई छाडेर संविधान स्वीकारेर अगाडि आए । राष्ट्रिय विखण्डनको प्रयाश छाडेर उनी राजनीतिक मूलधारमा आउने कुरा देशको लागि सकारात्मक होइन ? यो विखण्डनको राजनीतिको पराजय र राष्ट्रिय अखण्डताको जीत होइन ? तर यस्ता प्रश्नलाई विवादित बनाउने काम गर्नुभएको छ, किन ? मुलुकमा आज पनि जातीय र क्षेत्रीय अतिवादी सोचहरु छन्। सामाजिक सद्भाव बिगार्न खोज्ने प्रवृत्तिहरु छन्। त्यस विरुद्ध तपाईंको स्पष्ट अडान किन देखिँदैन ? किन त्यस्ता प्रवृत्तिलाई बारम्बार प्रोत्साहन गर्ने काम हुन्छ?
५०. मैले माथि भने झैँ, हाम्रो अगाडिको बाटो स्पष्ट छ । हामी संविधानले देखाएको बाटोमा हिंड्ने छौँ । शान्तिपूर्ण प्रतिष्पर्धाबाट श्रेष्ठता स्थापित गर्ने छौँ । तर म तपाईंमा यी विषयमा काफी द्विविधा देख्छु । यो राज्यव्यवस्था, तपाईँको दृष्टिमा सुदृढ गर्नु पर्ने व्यवस्था हो कि बदल्नु पर्ने व्यवस्था ? लोकतन्त्रका लागि गरिने आन्दोलन र लोकतन्त्रका निम्ति गरिने आन्दोलनमा भिन्नता हुन्छ कि हुँदैन ? वाह्य सम्बन्धकै कुरा गरौँ, नेपालको वाह्य सम्बन्ध सञ्चालनको आधार के हो– राष्ट्रिय हित, संयुक्त राष्ट्र संघको बडापत्र, असब्लग्नता, पञ्चशीलताका सिद्धान्त कि अन्य केही ? हामी संसारका कुनै पनि देश हाम्रा शत्रु होइनन्, सबै मित्र हुन्, तर इस्युमा हाम्रा समर्थन र विरोध हुन सक्छ भनेर चल्छौँ कि खास देश या देशहरु निश्चित कित्ताका, निश्चित प्रणालीका हुनाले तिनको स्थायी रुपमा विरोध गर्छौँ ? हामी देशभित्रका उद्यमी व्यवसायीहरुलाई लगानी गर्नुस्, पारदर्शी ढङ्गले कमाइ गर्नोस् र तोकिएका कर तिर्नुस्,सरकारले सुरक्षा दिन्छ भनेर आश्वस्त पार्छौ कि मन परेकालाई राष्ट्रिय पुँजीपति भन्दै संरक्षण र मन नपरेकालाई दलाल पुँजीवादी भन्दै खेदो गर्छौँ? हामी साथीहरुलाई उद्यमशीलतातिर प्रोत्साहित गर्छौ कि राज्यकोषमाथि आश्रित बनाउँछौ ? सरकार हाम्रो हो, तर सत्ता हासिल भएको छैन, तसर्थ -राज्यका सम्पूर्ण संरचनालाई गणतान्त्रिक संरचनामा बदल्ने’ भन्दै राज्यका अङ्गहरुमा शब्काको चिसो पसाउँछौँ कि कानुनसम्मत राज्यको नेतृत्व गर्छौँ ? सारमा, पार्टीलाई अब विकास र समृद्धिको संवाहक र अगुवा बनाउँछौँ कि गुटहरुको संयुक्त मोर्चा ?
५१. मैले यिनै केही प्रश्नहरुको सन्दर्भमा जनताको बहुदलीय जनवादको विषय उठाएको हुँ । महाधिवेशनसम्म हामीले यसलाई थाँती राखेको र जनताको जनवाद पदावली प्रयोग गर्ने निर्णय गरेको तथ्यलाई मैले बिर्सेको छैन । तर नेपालको कम्युनिष्ट आन्दोलनलाई यस उचाइमा ल्याइपु¥याउन यसले खेलेको भूमिकाको सकारात्मक चर्चा गर्दा तपाईंलाई हुने छटपटी र व्यग्रता देखेर म अचम्भित हुन्छु । अब हामी हिंड्ने बाटो कुन हो भन्ने कुरा स्पष्ट हुनु पर्दैन ? नेकपाको पहिचान र बाटोका बारेमा उठेका प्रश्नहरुको सैद्धान्तिक जवाफ दिनु पर्दैन ?

(वाँकी भाग अघिल्लो पृष्ठमा पढ्नुहोस)

Reporter : दिपेन्द्र खनाल

२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क, ...

२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क // नेपाली कांग्रेस जिल्ला कार्य...

२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क // प्रेस काउन्सिल नेपालले सभ्य,...

२०७७ पौष १४, हलेसीन्युजडेस्क // संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...

२०७७ पौष १३, हलेसीन्यज डेस्क // संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...

२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क, प्रतिनिधि...

२०७७ पौष १२/हलेसीन्युजडेस्क, प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...

२०७७ पौष ११,हलेसीन्युजडेस्क // संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // प्रदेश १ को तीन जिल्लाबाट...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...

२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // गत पौष ५ गते प्रधानमन्त्रि...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // खोटाङको रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // आज नेपाली राजनीतिका त्याग र निष्ठाका...

२०७७ पौष ६, हलेसीन्युजडेस्क // खोटाङमा एक महिलाको शब फेला परेको...

२०७७ पौष ६ , हलेसीन्युजडेस्क // प्रधानमन्त्रि केपी ओलीले प्रतिनिधिसभा विघटनको...

२०७७ पौष ५ (वेलुकी ७ वजे हलेसीखवरमा प्रशारित) हलेसीन्युजडेस्क // खोटाङमा...

२०७७ पौष ५, हलेसीन्युजडेस्क // केपी शर्मा ओलीले संसद...

२०७७ पौष ४, हलेसीन्युजडेस्क // पछिल्लो २४ घण्टामा प्रदेश १...

२०७७ पौष ४ , हलेसीन्युजडेस्क // प्रदेश १ सरकारले तीन...