ताजा समाचार
६२ अस्पताल र १२० खोप केन्द्रबाट आज कोरोनाबिरुद्वको खोप एकैसाथ || खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध || प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा || प्रदेश नं. १ मा पहिलो चरणमा कुल ३५ हजार ५ || मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर || निर्वाचन आयोगले माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक || स्व. मानबहादुर वस्नेत अक्षय कोषबाट मंगलटारका जेहेन्दार विध्यार्थीहरु पुरस्कृत || साकेला प्रा बि खिदिमाका विद्यार्थीहरुलाई झोला बितरण, दिवाखाजा कार्यक्रम || प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब सम्पन्न || खोटाङ कांग्रेसले पौष २५ गते हरमटार र खोटाङवजारमा संसद || सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह || संसद विघटन विरुद्ध दिक्तेलवजारमा नेकपा (प्रचण्ड- माधव समूह) को वृहत || संसद विघटनका विरुद्धमा खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || ओली पक्षीय नेकपाले पनि गर्यो मोटरसाइकल र्याली || प्रतिनिधि सभा विघटनको असर अब प्रदेश सरकारहरुमा / प्रदेश || संसद विघटनविरुद्ध १३ गते देशभर कांग्रेसले प्रदर्शन गर्ने || झापा, मोरंग र सुनसरीमा २५३ जनाको उद्धार || विप्रेषण सदुपयोग सम्बन्धि ज्ञान दिदै कृषि सामाग्री वितरण || हलेसीतुवाचुङको मंगलटारमा महिला सहकारी सदस्यहरुलाई सहकारी वारेमा अनुशिक्षण दिइयो || खोटाङमा संसद विघटनको विरुद्धमा जसपाको विरोध प्रदर्शन || रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार लगाउने || नेपाली राजनीतिमा निष्ठा र त्यागको सग्लो सगरमाथा सन्त नेता स्व.कृष्णप्रसाद || आफ्नै कोठाभित्र मृत अवस्थामा एक युवती || संसद विघटन असंवैधानिक भन्दै सर्वोच्चमा तीन रिट || वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च खोटाङको जिल्ला समिति गठन || प्रधानमन्त्रि ओलीद्धारा संसद विघटनको सिफारिस || प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए || तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने || साकेलास्थित तावाभन्ज्याङबाट मुन्दुम पदमार्गको निर्माण शुभारम्भ || प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए || मन्त्री त्रिपाठी र भट्ट आन्दोलनरत उखु किसानलाई भेट्न पुगे माइतीघर || रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला || दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको काम अब आफ्नै भवनबाट शुरु || प्रहरीले छापा मार्दा खोटाङमा विप्लवका एक कार्यकर्ता पक्राउ || हलेसी तुवाचङ नगरपालिकाले गर्यो एकैदिन सडक उद्घाटन र पुल शिलन्यास || इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न || मनको आकाशभरि सधैँ सम्झनाको दिप बनेर चम्किरहने नारायण गोपालप्रति श्रद्धासुमन || फोहोर मैला व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राख्यो || अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएको सामाजिक विकास मन्त्री घिमिरेको || प्रदेश १ मा २८७ कोरोना संक्रमित थपिए ||

खोटाङमा आजै तीन पालिकाहरुमा १५ शैय्या र एक पालिकामा १०

मंसिर १५, २०७७, Khotang



२०७७ मंसिर १५(वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित समाचार) हलेसीन्युजडेस्क /
खोटाङको हलेसीतुवाचुङ नगरपालिका तथा अन्य दुई गाउपालिकाहरुमा आज  १५ शैय्याको अष्पतालको शिलन्यास भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको वडा नं ७ महादेवस्थानमा नगरप्रमुख इवन राईको अध्यक्षता, संघीय सांसद विशाल भट्टराईको प्रमुख आतिथ्यता एवं हलेसीतुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विणादेवी राईको विशेष आतिथ्यतामा आज १५ शैय्याको अष्पताल शिलन्यास भएको हो । शिलन्यास कार्यक्रममा  हलेसीतुवाचङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाई एवं नगरपालिकाका कर्मचारीहरु, वडाअध्यक्षहरु , राजनैतिक दलका प्रतिनिधिहरु, जग्गादाताहरु, सञ्चारकर्मीहरु एवं स्थानीयवासीहरुको उल्लेख्य  उपस्थिति रहेको थियो । 

        यसैगरी जन्तेढुङ्गा गाउपालिका तथा ऐसेलुखर्क गाउपालिकामा पनि आजै १५/१५ शैय्याको अष्पतालको शिलन्यास गरिएको समाचार प्राप्त भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीका व्यवस्थापन समितिका अध्यक्ष यमकुमार राईको सभापतित्वमा  भएको शिलन्यास कार्यक्रममा प्रदेश सभा का सांसद रामकुमार राई पासाङ तथा जन्तेढुङ्गा गाउपालिकाका अध्यक्ष शंखरबहादुर राईले संयुक्त रुपमा अष्पतालको शिलन्यास गर्नुभएको  जन्तेढुङ्गा गाउपालिका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले हलेसी एफएम लाई जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद रामकुमार राई पासाङ्ग , पालिका अध्यक्ष शंखरबहादुर राई, उपाध्यक्ष विमला राई, वडाध्यक्षहरु, नेकपा प्रदेश समिति सदस्य अरुणा राई, नेपाली कांग्रेस जिल्ला सदस्य खेमबहादुर खड्का समेतले अष्पताल तोकिएको समयभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याउन शुभकामना दिनुभयो । 
       आजै ऐसेलुखर्क गाउपालिकामा पनि १५ शैयाको अष्पताल र ५ शैय्याको कोविड अस्थायी अष्पतालको शिलन्यास भएकोछ । प्रदेश सांसद राजन राई र ऐसेलुखर्क गाउपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले संयुक्त रुपमा १५ शैय्याको अष्पताल र कोविड अस्थायी अष्पतालको शिलन्यास गर्नुभयो ।

             १५ शैय्याको अष्पताल निर्माणका लागि संघीय सरकारबाट रु १८,०६, ००,००० ( अठार करोड ६ लाख वजेट तोकिएकोमा पहिलो चरणमा रु ३ करोड २३ लाख वजेट निकासा भैसकेको जनाइएको छ । मुलुकभरी ३९६ पालिकामा  ५, १० र १५ शैय्याको अष्पताल स्थापना गरी जिल्लामा उपलव्ध हुने गरेको विशेषज्ञ स्तरको स्वास्थ्य सुविधा पालिकाबाट नै दिइने सरकारी  स्वास्थ्य नीति अन्तर्गत आज खोटाङ्ग जिल्लामा पनि तीन पालिकाहरुमा १५ शैय्याको अष्पताल शिलन्यास भएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले हलेसी एफएमलाई बताउनुभयो  ।
         रावावेशी गाउपालिका खार्पामा भने १० शैयाको अष्पताल र हरमटारमा ५ शैय्याको कोविड अस्थायी अष्पताल शिलन्यास गरिएको रावावेशी गाउपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो । गाउपालिका प्रमुख लिलानाथ निरौलाको अध्यक्षतामा प्रमुख अतिथि विशाल भट्टराईले १० शैयाको अष्पताल शिलन्यास गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथि एवं जनसमुदायलाई वडा नं. २ खार्पाका वडाध्यक्ष कालिदाश पोखरेलले स्वागत गर्दै निर्धारित समयमै अष्पताल निर्माणको काम सम्पन्न भै जनतालाई सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
           केपिलास गढी गाउपालिकामा भने जग्गा व्यवस्थापनका कारण आज अष्पताल शिलन्यास हुन सकेन । केहीदिन भित्रै तोकिएको मापदण्ड अनुसार जग्गा व्यवस्थापन गरी १५ शैय्याको अष्पताल शिलन्यास गरी काम अगाडि बढाइने केपिलास गढी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले हलेसी एफएमलाई जानकारी दिनुभयो ।

 

Reporter : दिपेन्द्र खनाल

खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध २०७७ माघ १४ बुधवार...

प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा २०७७ माघ १४,...

२०७७ माघ १३, हलेसीन्युजडेस्क // प्रदेश नं १ मा बिरामीको सेवामा...

मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर ■ डा. राजकुमार राई दोश्रो संविधान...

२०७७ माघ १२ सोमवार, हलेसीन्युजडेस्क // निर्वाचन आयोगले माघ १५ गतेदेखि...

२०७७ माघ ११, हलेसीन्युजडेस्क / खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं. ६...

२०७७ माघ १० / हलेसीन्युजडेस्क, खोटाङको साकेला गाँउपालिका वडा नं.ं...

२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क, ...

२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क // नेपाली कांग्रेस जिल्ला कार्य...

२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क // प्रेस काउन्सिल नेपालले सभ्य,...

२०७७ पौष १४, हलेसीन्युजडेस्क // संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...

२०७७ पौष १३, हलेसीन्यज डेस्क // संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...

२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क, प्रतिनिधि...

२०७७ पौष १२/हलेसीन्युजडेस्क, प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...

२०७७ पौष ११,हलेसीन्युजडेस्क // संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // प्रदेश १ को तीन जिल्लाबाट...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...

२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // गत पौष ५ गते प्रधानमन्त्रि...