२०७७ मंसिर १७ (विहान ७.०० वजे हलेसीखवरमा प्रशारित) , हलेसीन्युजडेस्क //
साकेला गाउँपालिकाले सबै वडाहरुलाई विध्यालय सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने पत्राचार गरेसँगै वडा नं. ४ मात्तिमले वडा समितिको बैठकबाट विध्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोविड १९ को संक्रमणका कारण लामो समय सम्म विध्यालय सञ्चालन नहुँदा शैक्षिक अवस्था धराशायी बन्न पुगेपछि नेपाल सरकारले विध्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएको छ । यस अगाडि खोटाङका केही स्थानीय तहहरुले स्वास्थ्य मापदण्ड अपनाउदै विध्यालय सञ्चालन शुरु गरिसकेका छन् । यही क्रममा साकेला गाउँपालिका वडा नं. ४ मात्तिमका अध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा वडा कार्यालयमा मंसिर १६ गते वडा समितिको बैठक बसी मंसिर १८ गतेदेखि वडाभरिका विध्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको हो । बैठकमा सबै विध्यालयका प्रधानाध्यापकहरु, विध्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, टोल विकास समितिका अध्यक्षहरु एव स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको जनाइएको छ ।
विध्यालय विहान १० वजेदेखि ३ वजेसम्म मात्र संचालन गरिने , विहान प्रार्थना नगरिने , टिफिन नदिइने, भौतिक दुरि कायम गरी पठनपाठन गर्नु पर्ने जस्ता मापदण्ड तोकिएको अधयक्ष भट्टराईले हलेसी एफएमलाई बताउनुभयो ।