२०७७ मंसिर १७ (वेलुकी ७.००वजे हलेसीखवरमा प्रशारित), हलेसीन्युजडेस्क //
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित प्रहरी नियन्त्रमा रहेका सबैलाई वेलुकी ६.३० वजे रिहा गरिएको समाचार प्राप्त भएको छ ।
व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अवरोध गरेको थियो । प्रशासन लगाएर उद्घाटन रोक्ने प्रयास भएपछि त्यसको विरोधमा पौडेलले जनस्तरीय भेलालाई सम्बोधन गर्ने तयारी गर्नुभएको थियो । त्यहीक्रममा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको नेता पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको थियो ।
व्यास नगरपालिकाले उक्त पुल आज दिउँसो १ बजे वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम राखेको र नेकपा निकट राष्ट्रिय युवा संघले रोक्नुपर्ने भनेपछि पुल उद्घाटन विवादित बन्न पुगेको थियो । पुल उद्घाटन रोक्न प्रशासनले सो क्षेत्रमा १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो । नेता पौडेललाई नियन्त्रणमा लिएको खबर सार्वजनिक भएपछि नेपाली कांग्रेसले उहालाई रिहा नगरे देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिए लगत्तै विज्ञप्ति मार्फत सरकारको अधिनायकवादी आकांक्षाको जगमा यो घटना भएको भन्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभएको थियो ।
यसैगरी सरकारको निर्देशनमा प्रहरी प्रशासनबाट अधिनायकवादी शैलीमा लोकतन्त्रको उपहास गर्दै कांग्रेसका नेता कार्यकर्तालाई प्रहरी नियन्त्रणमा लिएको भन्दै कांग्रेस एवं कांगे्रस निकट भातृसंस्थाहरुले सर्वत्र विरोध प्रदर्शन गरे । खोटाङमा पनि नेपाल तरुण दल र नेविसंघले विरोध ¥याली निकालेकाछन् । दिक्तेल वजारमा राँकेजुलुस सहित विरोध ¥याली निकालेर त्रिवेणीचोकमा समापन गरिएको नेविसंघ जिल्ला कार्य समिति खोटाङका सहसचिव किसन भुजेलले जानकारी दिनुभयो ।
यसैवीच साँझ ६.३० वजे जिल्ला प्रहरी कार्यालय तनहुँले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सबैलाई रिहा गरेको नेता पौडेलका स्वकीय सचिव चिरिञ्जिवी अधिकारीले हलेसी एफएमलाई जानकारी दिनुभएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले भने नेता पौडेलको सुरक्षाका लागि उहालाई प्रहरी कार्यालयमा राखिएको दाबी गरेको छ ।