२०७७ मंसिर १८ ( अपरान्ह ४.०० वजे), हलेसीन्युजडेस्क //
नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो बुधबारका दिन उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकास्थित वडा नं.१ र वडा नं. ११ जोड्ने बुल्दी खोला मोटरेबल पुलको आज बिहीबारका दिन उद्घाटन गर्नुभएको छ् । कांग्रेसका सयौं कार्यकर्तासहित वरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न पुग्नुभएको थियो ।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि रिहा गरेको थियो । पौडेल गिरफ्तारीको विरोधमा सरकारको सर्वत्र निन्दा र विरोध प्रदर्शन समेत भएको थियो । तर आज भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा कांग्रेसका कार्यकर्ताले केहीवेर नाराबाजी समेत गरेका थिए ।
२०७३ साल वैशाखमा निर्माणको सम्झौता भएको उक्त पुलको लागत २ करोड ५४ लाख रुपैयाँ रहेको छ ।