ताजा समाचार
६२ अस्पताल र १२० खोप केन्द्रबाट आज कोरोनाबिरुद्वको खोप एकैसाथ || खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध || प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा || प्रदेश नं. १ मा पहिलो चरणमा कुल ३५ हजार ५ || मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर || निर्वाचन आयोगले माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक || स्व. मानबहादुर वस्नेत अक्षय कोषबाट मंगलटारका जेहेन्दार विध्यार्थीहरु पुरस्कृत || साकेला प्रा बि खिदिमाका विद्यार्थीहरुलाई झोला बितरण, दिवाखाजा कार्यक्रम || प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब सम्पन्न || खोटाङ कांग्रेसले पौष २५ गते हरमटार र खोटाङवजारमा संसद || सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह || संसद विघटन विरुद्ध दिक्तेलवजारमा नेकपा (प्रचण्ड- माधव समूह) को वृहत || संसद विघटनका विरुद्धमा खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || ओली पक्षीय नेकपाले पनि गर्यो मोटरसाइकल र्याली || प्रतिनिधि सभा विघटनको असर अब प्रदेश सरकारहरुमा / प्रदेश || संसद विघटनविरुद्ध १३ गते देशभर कांग्रेसले प्रदर्शन गर्ने || झापा, मोरंग र सुनसरीमा २५३ जनाको उद्धार || विप्रेषण सदुपयोग सम्बन्धि ज्ञान दिदै कृषि सामाग्री वितरण || हलेसीतुवाचुङको मंगलटारमा महिला सहकारी सदस्यहरुलाई सहकारी वारेमा अनुशिक्षण दिइयो || खोटाङमा संसद विघटनको विरुद्धमा जसपाको विरोध प्रदर्शन || रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार लगाउने || नेपाली राजनीतिमा निष्ठा र त्यागको सग्लो सगरमाथा सन्त नेता स्व.कृष्णप्रसाद || आफ्नै कोठाभित्र मृत अवस्थामा एक युवती || संसद विघटन असंवैधानिक भन्दै सर्वोच्चमा तीन रिट || वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च खोटाङको जिल्ला समिति गठन || प्रधानमन्त्रि ओलीद्धारा संसद विघटनको सिफारिस || प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए || तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने || साकेलास्थित तावाभन्ज्याङबाट मुन्दुम पदमार्गको निर्माण शुभारम्भ || प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए || मन्त्री त्रिपाठी र भट्ट आन्दोलनरत उखु किसानलाई भेट्न पुगे माइतीघर || रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला || दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको काम अब आफ्नै भवनबाट शुरु || प्रहरीले छापा मार्दा खोटाङमा विप्लवका एक कार्यकर्ता पक्राउ || हलेसी तुवाचङ नगरपालिकाले गर्यो एकैदिन सडक उद्घाटन र पुल शिलन्यास || इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न || मनको आकाशभरि सधैँ सम्झनाको दिप बनेर चम्किरहने नारायण गोपालप्रति श्रद्धासुमन || फोहोर मैला व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राख्यो || अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएको सामाजिक विकास मन्त्री घिमिरेको || प्रदेश १ मा २८७ कोरोना संक्रमित थपिए ||

मनको आकाशभरि सधैँ सम्झनाको दिप बनेर चम्किरहने नारायण गोपालप्रति श्रद्धासुमन

मंसिर १९, २०७७, Khotang



२०७७ मंसिर १९, हलेसी एफएम परिवार //
“यो सम्झिने मन छ म विर्सूँ कसरी
तिमी नै भनीदेऊ ओ जाने निष्ठुरी...! ”
समयले आफ्नो पदचापलाई अगाडि वढाउदै जति विस्मृतिको किनारहरु पार गर्दै जान्छ, तर त्यति नै यस्ता कालजयी गीतहरुले स्वरसम्राट नारायण गोपालको स्मृतिलाई झन झन बल्झाइदिन्छ, मनमानसमा कहिल्यै धूमिल हुन नदिने गरी ।

          बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट विसं १९९६ असोज १८ गते काठमाण्डौमा जन्म भएको नारायण गोपाल गुरुवाचार्यकोे वि.सं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो । उहाँका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बद्लिदियो । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उहाँका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएका छन् । उहाँका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन् ।

           नारायण गोपालका गीतको प्रभाव बढ्न थालेपछि हिन्दी गीतको प्रभाव घटेको जानकारहरु बताउँछन् । उहाँले विसं २०१७ मा पहिलो गीत रेकर्ड गरेर साङ्गीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । प्रेम र देशभक्ति गीत गाउन रुचाउने उहाँले शब्द र सङ्गीतलाई निकै ध्यान दिने गरेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) बताउनुहुन्छ । ‘परम्परागतरूपमा चलिआएको सङ्गीतमा नारायण गोपालले आधुनिकता भर्ने काम गर्नुभयो’, उहाँले भन्नुभयो, ‘जति गीत गाउनुभयो सबै उत्तिकै राम्रा छन् ।’ 

           नारायण गोपाल पहिलोपटक त्रिचन्द्र कलेजको वार्षिकोत्सवमा साथीहरुको साथ तबला वादकका रूपमा मञ्चमा चढ्नुभएको थियो । नारायण गोपालले नराम्रा गीत गाउनलाई अस्वीकृत गरेर शब्द र सङ्गीत उत्कृष्ट भएका गीतहरु मात्र गाउने गरेको उहाँले बताउनुभयो । उहाँका गीत अहिलेका पुस्तामाझ पनि कर्णप्रिय बन्न सफल रहेका छन् । उहाँ उत्कृष्ट आधुनिक गीत पस्किएर नेपाली सङ्गीत क्षेत्रमा देखिएको रिक्ततालाई मेटाउन सफल ठहरिनुभयो । प्रेमसम्बन्धी गीत गाएर लाखौँ युवा वर्गको रोजाइमा पर्न सफल हुनुभयो । नारायण गोपालले नेपाली सङ्गीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाउनुभएको छ । साङ्गीतिक जीवनमा उहाँले केही असफलता पनि बेहोर्नुपरेको थियो । पहिलोपटक नै स्वर परीक्षामा अनुत्तीर्ण हुनुपरेको थियो भने चलचित्र माइतीघरको गीत गाउन जाँदा गाउन नसकेर अस्वीकृत हुनुप¥यो । उहाँले भारतको बडोदामा शास्त्रीय सङ्गीतको अध्ययन पूरा नगरी छाडनुपरेको थियो । करिब १०० बढी गीतमा आवाज भर्नुभएका उहाँका सबै गीत कालजयी छन् । अहिलेको समयमा पनि उत्तिकै राम्रा मानिन्छन् । नारायण गोपालको घरमा शास्त्रीय सङ्गीतबाहेक आधुनिक गीतमा रम्न मनाही थियो । बुबाले आधुनिक सङ्गीतलाई हलुका रङ्गीन ठान्नुहुथ्यो पूर्व–पश्चिम राजमार्गको निर्माण कार्य चलिरहेका बेला उहाँले ‘जाग लम्क चम्क हो नौ जवान हो...’ बोलको गीतमा स्वर दिएर ऊर्जा थपिदिने कार्य गर्नुभएको थियो ।उहाँ गायक सङ्गीतकारका अतिरिक्त इतिहासका जानकार, फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा पनि रहनुभएको जानकारहरु बताउँछन् । उहाँले मानविकी शास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

              विसं २०२७ फागुनमा पेमालाका साथ वैवाहिक जीवनमा बाँधिए पनि उहाँहरुबाट कुनै सन्तान जन्मिएनन् । नारायण गोपालको स्मृति दिवसका दिन सङ्गीत कोषले उहाँको सम्झनामा निर्माण हुन लागेको भवनको शिलान्यास, स्रष्टा सम्मान र प्रवचन कार्यक्रमको आयोजना गरेको कोषका प्रशिक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
              ‘एउटा मान्छेको मायाले कति’, ‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिइ’, ‘यो सम्झिने मन त’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘म त लालीगुराँस भएछु’, ‘ल सुन मेरो रामकहानी’, ‘यति चाखो यति मीठो’, ‘तिमीलाई म के भनु’ जस्ता दर्जनौँ अजर अमर गीतमा जादुगरी स्वर दिएर स्वर सम्राट नारायण गोपाल वास्तवमै समयको बहावसँगै झनै संगितानुरागीहरुको मनमानसमा कहिल्यै नविर्सने नायक बनेर रहिरहनुहुनेछ ।
                स्व. नारायण गोपालको ३० औँ स्मृति दिवसको अवसरमा सामुदायिक रेडियो हलेसी एफएमपरिवार यही शव्द—गुच्छाहरुबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ....................!

“आजै र राती के देखेँ सपना मै मरी गएको
वतास दिनु हाँगाको फूल झैँ झरी गएको....!

Reporter : हलेसी एफएम संवाददाता

खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध २०७७ माघ १४ बुधवार...

प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा २०७७ माघ १४,...

२०७७ माघ १३, हलेसीन्युजडेस्क // प्रदेश नं १ मा बिरामीको सेवामा...

मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर ■ डा. राजकुमार राई दोश्रो संविधान...

२०७७ माघ १२ सोमवार, हलेसीन्युजडेस्क // निर्वाचन आयोगले माघ १५ गतेदेखि...

२०७७ माघ ११, हलेसीन्युजडेस्क / खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं. ६...

२०७७ माघ १० / हलेसीन्युजडेस्क, खोटाङको साकेला गाँउपालिका वडा नं.ं...

२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क, ...

२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क // नेपाली कांग्रेस जिल्ला कार्य...

२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क // प्रेस काउन्सिल नेपालले सभ्य,...

२०७७ पौष १४, हलेसीन्युजडेस्क // संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...

२०७७ पौष १३, हलेसीन्यज डेस्क // संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...

२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क, प्रतिनिधि...

२०७७ पौष १२/हलेसीन्युजडेस्क, प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...

२०७७ पौष ११,हलेसीन्युजडेस्क // संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // प्रदेश १ को तीन जिल्लाबाट...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...

२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // गत पौष ५ गते प्रधानमन्त्रि...