२०७७ मंसिर २०, हलेसीन्युजडेस्क//
इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति गठन गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकालाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम, याम सुब्बा, ईश्वर भटटराई, हेमकर्ण पौडेल, रोहित प्रसाँई, हेम घिमिरे, भीम पौडेल, धु्रव सुब्बा, मेदनी सिटौला र वजरंग अग्रवाल हुनुहुन्छ । श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपालद्धारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति बनाइएको हो । जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता, प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा, लिलम वस्नेत हुनुहुन्छ । अष्पताल सम्भाब्यता अध्ययन समितिका संयोजक हेम घिमिरेले वैठकमा अष्पतालको अवधारणा पेश गर्नुभयो ।