ताजा समाचार
प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब सम्पन्न || खोटाङ कांग्रेसले पौष २५ गते हरमटार र खोटाङवजारमा संसद || सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह || संसद विघटन विरुद्ध दिक्तेलवजारमा नेकपा (प्रचण्ड- माधव समूह) को वृहत || संसद विघटनका विरुद्धमा खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || ओली पक्षीय नेकपाले पनि गर्यो मोटरसाइकल र्याली || प्रतिनिधि सभा विघटनको असर अब प्रदेश सरकारहरुमा / प्रदेश || संसद विघटनविरुद्ध १३ गते देशभर कांग्रेसले प्रदर्शन गर्ने || झापा, मोरंग र सुनसरीमा २५३ जनाको उद्धार || विप्रेषण सदुपयोग सम्बन्धि ज्ञान दिदै कृषि सामाग्री वितरण || हलेसीतुवाचुङको मंगलटारमा महिला सहकारी सदस्यहरुलाई सहकारी वारेमा अनुशिक्षण दिइयो || खोटाङमा संसद विघटनको विरुद्धमा जसपाको विरोध प्रदर्शन || रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार लगाउने || नेपाली राजनीतिमा निष्ठा र त्यागको सग्लो सगरमाथा सन्त नेता स्व.कृष्णप्रसाद || आफ्नै कोठाभित्र मृत अवस्थामा एक युवती || संसद विघटन असंवैधानिक भन्दै सर्वोच्चमा तीन रिट || वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च खोटाङको जिल्ला समिति गठन || प्रधानमन्त्रि ओलीद्धारा संसद विघटनको सिफारिस || प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए || तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने || साकेलास्थित तावाभन्ज्याङबाट मुन्दुम पदमार्गको निर्माण शुभारम्भ || प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए || मन्त्री त्रिपाठी र भट्ट आन्दोलनरत उखु किसानलाई भेट्न पुगे माइतीघर || रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला || दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको काम अब आफ्नै भवनबाट शुरु || प्रहरीले छापा मार्दा खोटाङमा विप्लवका एक कार्यकर्ता पक्राउ || हलेसी तुवाचङ नगरपालिकाले गर्यो एकैदिन सडक उद्घाटन र पुल शिलन्यास || इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न || मनको आकाशभरि सधैँ सम्झनाको दिप बनेर चम्किरहने नारायण गोपालप्रति श्रद्धासुमन || फोहोर मैला व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राख्यो || अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएको सामाजिक विकास मन्त्री घिमिरेको || प्रदेश १ मा २८७ कोरोना संक्रमित थपिए || कांग्रेसका वरिष्ठ नेता पौडेलद्धारा बुल्दीखोलाको मोटरेवल पुल आज उद्घाटन || कोविड १९का कारण जुम्ला प्रशासन कार्यालय सिल || कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित सबै रिहा/ नेता पौडेललाई || साकेला वडा नं.४ मात्तिममा मंसिर १८ बाट विध्यालय संचालन || त्रिधार्मिक स्थल हलेसी महादेव मन्दिर आजबाट भक्तजनहरुका लागि प्रवेश खुला || खोटाङमा आजै तीन पालिकाहरुमा १५ शैय्या र एक पालिकामा १० || जिल्लास्तरबाट पाइने विशेषज्ञ स्वास्थ्य सेवा अब पालिकाबाट उपलव्ध गराउन सरकारको || ४--प्रधानमन्त्रि तथा नेकपा का अध्यक्ष केपी शर्मा ओलीको ५३ वुँदे ||

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको काम अब आफ्नै भवनबाट शुरु

पौष ३, २०७७, Khotang



२०७७ पौष ३ ,( हलेसीखवरमा प्रशारित), हलेसीन्युजडेस्क //
संघीय पुनसंरचनासंगै स्थानीय तहहरुको गठनपछि आफ्नै भवन नहुदा अधिकांस स्थानीय सरकारले भाडाको घरमा दैनिक प्रशासकीय कामकाज सञ्चालन गर्दै आइरहेको छ । यसवीचमा कतिपय स्थानीय सरकारहरुले आ आफ्नो भवन निर्माण गरी सोहीठाउबाट कार्यालयका कामहरु सम्पादन गर्दै आएका छन् ।

            यही क्रममा करिव तीनवर्षसम्म भाडामा घर लिई काम सञ्चालन गर्दै आइरहेको खोटाङ जिल्लाको सदरमुकाम समेत रहेको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आफ्नै नवनिर्मित प्रशासनिक भवनमा सरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित जिल्ला प्रशासन कार्यालय नजिकै निर्माण गरिएका चार तला भएको १९ कोठे सुविधासम्पन्न प्रशासनिक भवनमा नगरपालिकाले बिहीबारदेखि दैनिक कामकाज शुरु गरेको हो ।
तत्कालिन जिल्ला प्राविधिक कार्यालयका लागि निर्माणाधीन भवन देशमा सङ्घीयता लागू भएसँगै प्राविधिक कार्यालयले निर्माणको काम निर्माणको काम अगाडि बढाउन नसकेपछि  नगरपालिकाको तर्फबाट बाँकी निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । प्रशासनको जग्गामा निर्माण गरिएका नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक कार्यालय भवन प्रतिनिधिसभा सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विशाल भट्टराईले पौष २ गते उद्घाटन गर्नुभयो ।
          नगरपालिकाले भवन निर्माणका लागि रु एक करोड १६ लाख लागतमा बोलपत्र आव्हान गरेकोमा निर्माण कम्पनी शिव खिम्ती कन्ट्रक्शन प्रा.लि.ले घटाघटमा रु ८९ लाख ६१ हजारमा निर्माण सम्पन्न गरेको जनाइएको छ । निर्माण कम्पनीले सम्झौता मितिभन्दा दुई महिना अगाडि नै सम्पूर्ण निर्माणको काम सम्पन्न गरेर नगरपालिकालाई बिहीबार नै चाँबी हस्तान्तरण गरेको थियो । तत्कालीन प्राविधिक कार्यालयको रु ८४ लाख खर्च भएको उक्त प्रशासनिक भवन निर्माणमा रु एक करोड ८८ लाख ६१ हजार खर्च भएको नगरप्रमुख रिजालले बताउनुभयो । आठवटा शौचालय, चारवटा वाथरुम र खानेपानीको समेत व्यवस्था रहेको नवनिर्मित प्रशासनिक भवनमा स्वास्थ्य शाखाबाहेक सम्पूर्ण शाखा सञ्चालमा ल्याइएको छ ।वार्षिक रु १६ लाख ८५ हजार तिरेर भाडाको घरमा सञ्चालन हुँदै आएको नगरपालिका आफ्नै प्रशासनिक भवनमा सरेपछि दैनिक कामकाजमा समेत सहज भएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताउनुभयो । 
            नगरपालिकाको भवन उद्घाटन अवसरमा संविधान सभा सदस्यद्धय दुर्गाजयन्ती राई, सरस्वती बजिमय, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री, नगरपालिकाकी उपमेयर बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतको उपस्थिति रहेको थियो ।

 

Reporter : दिपेन्द्र खनाल

२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क, ...

२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क // नेपाली कांग्रेस जिल्ला कार्य...

२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क // प्रेस काउन्सिल नेपालले सभ्य,...

२०७७ पौष १४, हलेसीन्युजडेस्क // संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...

२०७७ पौष १३, हलेसीन्यज डेस्क // संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...

२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क, प्रतिनिधि...

२०७७ पौष १२/हलेसीन्युजडेस्क, प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...

२०७७ पौष ११,हलेसीन्युजडेस्क // संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // प्रदेश १ को तीन जिल्लाबाट...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...

२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // गत पौष ५ गते प्रधानमन्त्रि...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // खोटाङको रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // आज नेपाली राजनीतिका त्याग र निष्ठाका...

२०७७ पौष ६, हलेसीन्युजडेस्क // खोटाङमा एक महिलाको शब फेला परेको...

२०७७ पौष ६ , हलेसीन्युजडेस्क // प्रधानमन्त्रि केपी ओलीले प्रतिनिधिसभा विघटनको...

२०७७ पौष ५ (वेलुकी ७ वजे हलेसीखवरमा प्रशारित) हलेसीन्युजडेस्क // खोटाङमा...

२०७७ पौष ५, हलेसीन्युजडेस्क // केपी शर्मा ओलीले संसद...

२०७७ पौष ४, हलेसीन्युजडेस्क // पछिल्लो २४ घण्टामा प्रदेश १...

२०७७ पौष ४ , हलेसीन्युजडेस्क // प्रदेश १ सरकारले तीन...