२०७७ पौष ३, हलेसीन्युजडेस्क //
आन्दोलनरत उखु किसानलाई भेट्न शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट माइतीघर पुग्नुभयो ।
मन्त्री भट्टले त्यहाँ उखु किसानका अगुवालाई भेटेर चिनी उद्योगले रकम भुक्नानी दिन सुरु गरेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गर्नुभयो ।
श्रीराम सुगर मिलले किसानलाई वितरण गर्न मिल्ने गरी १६ करोड रुपैयाँ जम्मा गरिसकेको र सकेसम्म शनिबार देखि नै रकम वितरण थाल्न राष्ट्रिय वाणिज्य बैकलाई अनुरोध गर्ने मन्त्री भट्टले बताउनुयो । उहाँले अरु चिनी उद्योगहरुलाई पनि रकम तिर्न ताकेता गर्ने भन्दै आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको थियो ।
तर उखु किसानहरुले आइतबारसम्म भुक्तानीको अवस्था हेरेर आन्दोलन अघि बढाउने वा नबढाउने निर्णय गर्ने जवाफ दिएका थिए ।
उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले आन्दोलनको समीक्षा बैठक बस्ने र आइतबारसम्मको अवस्था हेरेर आन्दोलन रोक्ने वा नरोक्ने निर्णय हुने बताउनुभयो ।