२०७७ पौष ५ (वेलुकी ७ वजे हलेसीखवरमा प्रशारित) हलेसीन्युजडेस्क //
खोटाङमा आज युवा नेतृत्व विकाससँग सम्बन्धित एक संस्थाले आफ्नो जिल्ला कार्य समिति गठन गरेको छ । वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च खोटाङले आफ्नो जिल्ला कार्यसमिति आज गठन गरेको हो । प्रजातान्त्रिक धारणालाई आत्मसात गर्देै वीपीको बिचारमा आधारित भएर युवा नेतृत्व विकास गर्ने उद्धेश्य बोकेको मञ्चले खोटाङ जिल्लाको समग्र क्षेत्रलाई समेटेर ३२ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
संयोजक नइन्द्र राईको संयोजकत्वमा गठित मञ्चको जिल्ला कार्य समितिमा क्रमश सहसंयोजकहरुमा धर्मेन्द्र राई तथा जीवन तामाङ, सचिवहरुमा रमेशराज राई तथा दिपेन्द्र श्रेष्ठ, सहसचिवहरुमा दिनाराज कार्की तथा नवीन वस्नेत, कोषाध्यक्षमा सरिता राई, सदस्यहरुमा क्रमश मिलन मिश्र, अनिषा राई, मिना मुग्राती, शान्तिनारायण नेपाली, मुना केसी, पुष्पराज वस्नेत, तेजिना तामाङ, नमी राई, प्रविण राई, नविन श्रेष्ठ, विमल राई, शिव राई, मैया चौलागाई, देवेन्द्र राई, सुपिन खत्री, विमल राई, श्रमिक राई, रुपा राई, निलकण्ठ पोखरेल, विमल लामा, अस्मिता आले मगर, हेमन राई, विभिचन राई, र रामभक्त राई रहेका छन् ।
संस्थाको संयोजक नइन्द्र राईको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस खोटाङ जिल्लाका अग्रज नेता, कार्यकर्ता एवं भातृसंस्थाका नेता कार्यकर्ताहरुहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस खोटाङका पूर्ब सभापति एवं महासमिति सदस्य बिष्णुकुमार राई तथा बिशेष अतिथि महासमिति सदस्य रविप्रकास राईले उद्घाटन व्यानर खोली कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्यद्धय सुमनवावु आचार्य तथा दिनेशकुमार घिमिरे, खोटाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति तिर्थराज भट्ठराई, नेबिसंघ खोटाङका सभापति राजकुमार बस्नेत, तरुण दल उपसभापति सञ्जय राई, नेपाली कांग्रेस दिक्तेलरुपाकोटमझुवागढी नगरपालिकाका नगर सभापति दुर्गाप्रसाद घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।