२०७७ पौष ६, हलेसीन्युजडेस्क //
खोटाङमा एक महिलाको शब फेला परेको छ ।
साकेला गाउपालिका वडा नं. ५ मात्तिम वोफैँमा एक युवती आफ्नै घरमा मृत पाइएको हो । अन्दाजी २१ वर्षकी मुना चाहार आइतवार वेलुकी ७.०० वजे घरको आफ्नै सुत्ने कोठामा खादाले घाटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको उनको पति उमेश चाहारले बताउनुभयो । मुना र उमेशको एक नावालिक छोरी समेत भएको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धानका लागि स्थानीय प्रहरीका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक सागर शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगिसकेको थाहा हुन आएको छ ।
साकेला गाउपालिका इन्द्रेणीपोखरीबाट माइति पक्षका मानिसहरु आउदै गरेको स्थानीय जीवन खत्रीले हलेसी एफएमलाई जानकारी दिनुभयो ।