२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क //
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं ६ मंगलटारमा खोलिएको मंगलटार महिला कृषि सहकारी संस्थाका सदस्यहरुको क्षमता अभिबृद्धि सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
हलेसीतुवाचुङनगरपालिकाले कार्यान्वयन गरिरहेको एक वडा एक सहकारी नीतिलाई प्राथमिकतामा राख्दै गत पौष ५ गते बाट महिला तथा वालवालिका शाखाको आयोजनामा मंगलटारमा सञ्चालन भैरहेकोे अनुशिक्षण तालिम आज सम्पन्न भएको हो । वडाध्यक्ष रमेश राउतको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख विमला राईले यस अनुशिक्षणबाट सहकारीमा आबद्ध महिला दिदीबहिनीहरुले सहकारी सञ्चालनका साथै सहकारीको महत्व, बचत तथा ऋण प्रबाह, महिला उद्यमशिलताका वारेमा केही न केही ज्ञान हासिल गर्न सकेको विश्वास व्यक्त गर्नुभयो । वडा नं. ६ मंगलटारमा स्थापित मंगलटार महिला कृषि सहकारी संंस्थामा ९० जना सेयर सदस्य रहेका छन भने उक्त संस्थामा वचत रु.२,३०,००० रकम जम्मा भैसकेको जनाइएकोछ, जसमा रु १५०,००० वीउपूजिको रुपमा नगरपालिकाले उपलव्ध गराएको उपप्रमुख विमला राईले जानकारी दिनुभयो ।