२०७७ पौष ११, हलेसीन्युजडेस्क //
खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४ वुइपाका बैदेसिक रोजगारमा संलग्न परिवारका सदस्यहरुलाई विप्रेषण सदुपयोग सम्बन्धि ज्ञान दिलाउन साक्षारता कक्षा संचालन गरिएको छ ।
वैदेशिक रोजगारमा संलग्न परिवारका सदस्यहरुलाई विप्रेषण सदुपयोग सम्बन्धी २० हप्ते वित्तिय साक्षरता कक्षा सँगै कक्षामा सहभागीहरु मध्ये उनीहरुकै माग बमोजिम १५ जना सहभागीहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तरकारी खेतीका लागि टनेल वितरण गरेको छ ।
नगरपालिकाको वडा न १४ का सहभागीहरुलाई वडाध्यक्ष दिनेश राईले सामान वितरण गर्नु भएको हो ।
टनेल वितरण पश्चात टनेल घर निर्माण र टनेल घरमा तरकारी उत्पादनका लागि अपनाउनु पर्ने उपाय तथा सावधानी बारे अभिमुखीकरण पनि गरिएको छ । कक्षामा सहभागी भइरहेका बाँकी सहभागीले बाख्रा पालन, कुखुरा पालन, बँगुर पालन लगायत काम गर्ने आफ्नो योजना भएको बताएका छन ।४ वटा समुहमा विभाजित लगभग १०० जना सहभागीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा वडा न १४ मा बालसेवा समाज नेपालले संचालन गरिरहेको वित्तिय साक्षरता कक्षा लिइरहेका छन ।
कक्षामा सहभागीहरुलाई २० हप्ते वित्तिय साक्षरता कक्षाका साथै ४ हप्ते मनोसामाजिक परामर्श पनि दिइएको छ । कक्षामा विप्रेषण सदुपयोग र व्यवस्थापानका लागि व्यवहारीक ज्ञान भएको वित्तिय साक्षरता कक्षा सम्बन्धी पाठ्यपुस्तक साथै दैनिक हिसाबकिताबको लेखाजोखा राख्नका लागि पासबुक समेत वितरण गरिएको छ ।