२०७७ पौष ११,हलेसीन्युजडेस्क //
संसद विघटनका विरुद्ध आगामी पौष १३ गते नेपाली कांग्रेसले मुलुक व्यापी विरोध प्रदर्शन गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गरिने कार्यक्रममा आम नेता कार्यकर्ता एवं जनतालाई सहभागी हुन अपिल समेत गर्नुभएको छ ।
सार्वजनिक अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटनको घटनालाई पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सभापति देउवाले सबैलाई आग्रह गर्नुभएको छ ।
उहाले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको समेत प्रष्ट्याउनुभएको छ । पार्टी निर्णयअनुसार कांग्रेसको ध्यान प्रदर्शनमा रहेको देउवाले बताउनुभएको छ ।